Say I am You* ~The World of Words by Sahadev

November 21, 2011

मायाको हिमाल

Filed under: Poem

मायाको हिमाल,
सगरमाथा भन्दा अग्लो हुन्छ!
कंचनजंघा भन्दा निश्चल हुन्छ!
सहज हुन्न, 
आधार शिबिर देखि नै उक्लने बाटाहरु, 
तर सुमधुर हुन्छ यात्रा!
एक-अर्काका स्वास प्रस्वास हुन,
अक्सिजनजका ट्यांकीहरु! 
दुई आत्मा हुन 
आपतकालीन औषधिहरु!
आरोहण मात्र गरिन्छ, 
मायाको हिमाल!
अवतरण हुन्न कुनै "एक्सपिडिसन"जस्तो|
शिखर हुन्छ मायाको आकाश छुने,
जहाँ प्रेमारोहीहरु,
अलप हुन्छन 
मेलोरी र ईरभाइन जसरी!
Sahadev © www.nepaliradio.org ,New York

 

September 26, 2011

ज्याक्सन हाइटसको चोकमा

Filed under: Poem

कविता

ज्याक्सन हाइटसको चोकमा
हरबखत छरिएको हुन्छ,
मिठो बासना,
बासमती चामलको र
पिरो स्वाद,
चिकेन टिक्का मसलाको,
ज्याक्सन हाइट्स चोकमा!

नजिकैको भिडियो पसलमा घन्की रहेको,
"शिलाकी जवानी" सुन्दै,
मिठा पान चुस्दै
कुरी रहन्छन बाटो,
मसला चिया खान भेटौं भन्नेहरु|
ज्याक्सन हाइट्स चोकमा !
चिने चिने जस्तो लाग्ने,
अपरिचितहरु,
सिसामा सजिएका,
गोल्डेन गहनाहरु,
ढल्की ढल्की नियाल्दै,
औला भाच्दै,
नजिकैको मनि ट्रान्सफरमा,
डलर घटबडको सुस्केरा सुसेल्छन,
ज्याक्सन हाइट्स चोकमा!
क्रमस:
सडक किनारमा,
अगर बत्तिको राग संगै
"सलाम मालिकम" भन्दै
धार्मिक ग्रन्थ बेच्नेहरु,
"नमस्ते" भन्दै देबी देवताका मुर्तिहरु र
पूजा अर्चनाका सरसामान किन्दे नि हुन्थ्यो
भन्दै अप्ठेरो हासो हास्नेहरु ,
र कुनामा नेपालको झन्डा,
हिमालको तस्बिर ,बुद्धको मुर्ति
र बारम्बार कपि गरेका
गीत संगीतका पुराना सिडीहरु,
किनबेच गर्नेहरु बीच
म पनि मिसिन्छु,
"मिक्स भेजिटेबलस सलाद" जसरी,
ज्याक्सन हाइट्स चोकमा|

२४ सै घण्टा चल्ने ट्रेनको कर्कस आवाज,
र अँध्यारो कुनामा,
"ओला कोमोएस्ता!
चिकीता! चिकीता !!
मुचो बयूतिफुल चिप चिप" भन्दै
काने खुसि गर्दै एक अमिगो
मेरो बाटोमा तगारो बन्छ,
आश लाग्दो अनुहार लिएर,
बगली छाम्छु,
२० डलरको नोट बाहिर निस्किन्छ,
घुटुक्क थुक निल्छ अमिगो,
म २० मिनेटको बासना र
२० छाक बासमती चामलको बिचमा
अल्मलिन्छु ज्याक्सन हाइट्स चोकमा,
र,
पान परागका रंगले रंगिएका टाटे पांग्रे र
पिरो ज्याक्सन हाइट्स चोकबाट
गहिरो टनेल भित्र छिर्छु एकै छिन ,
मधुर उजेलोको आशामा!
ज्याक्सन हाइट्स चोकमा!
************************
सहदेव पौडेल
न्यु योर्क

June 17, 2011

अनगिन्ती तस्बिरहरु

Filed under: Poem

नछापिएका,

जीवनका अनगिन्ती तस्बिरहरु,

आँखा भित्र सजाएको छु,

कुनै दिन,

भित्र गडेका  मेरो आँखा अगाडी  उभिनु

र हेर्नु  मेरा नांगा आँखाहरु,

जहाँ,

पत्र पत्र  भएर,

संगालिएर बसेका,

संग्राहलयका बहुमुल्य बस्तुहरु जस्तै,

तिमीले ईतिहास देख्ने छौ!

ती तस्बिरहरु देख्दा ,

तिम्रो उच्छ्वासले,

अबस्य पनि  च्व… च्व.

ओ.. हो..

वाह …वाह

बाफ्रे बाफ्रे.. भन्ने छन्!

किनभने,

ती तस्बिरहरुको पुछारमा,

लेखिएको शिर्षक तिम्रो र मेरो जीवनका  कथाहरु हुन!

ती नछापिएका जीबनका अनगिन्ति तस्बिरहरु हुन !

©Sahadev 

New York City

March 22, 2011

Yellow Cab

Filed under: Poem

Yellow Cab    

By Sahadev Poudel                                                                                            

In the middle of the Times Square,

I see millions of yellow cabs flying like yellow birds.

They chase each other’s shadows,

And honk like singing a birdsong.

They flock like migrating

to win a long trip,

May be to Jersey or Long Island sound.

Without the silence of respite,

they twitter around the boroughs,

Up and Down town like the homing pigeon,

And take everyone in their destination.

At the edge of the street,

I wave my hands like a conductor,

And they all stop around me

 like I am piece of meat!

In front of their harshly headlight eye,

 I fright they might take my life or

 I may die!

I tensely smile,

 and open the cab door and

Surprisingly,

 I see my fellow with hunting eye! 

And together we fly up to the Broadway high!

New York City

March 2011

February 1, 2011

Man with The flower

Filed under: Poem


Man with The flower

By Sahadev Poudel

I was carrying a bouquet flower,

 from my work station.

 At work, they tried to trash it

 because for them "it’s dying"

but for me “it’s still alive".

So I took it and embraced it like an award.

Because of the snow,

the city looked like it covered with white roses.

I was on the way with my flower,

a woman with a baby asked me,

“is this for someone’s birthday?"

I nodded "yes" and continued my journey.

In the next corner near by the Central Park

 I encountered a young lady like a budding flower.

She asked me, "is this for your lady?"

 I smiled and nodded "yes" and kept my crossing.

At the arctic cold, my hand was freezing

and the flower was fading.

I was nearby the church and I saw an elderly woman like a fading flower.

 She was struggling to cross the icy avenue so I helped her to cross.

She saw the flower in my hand and murmured

"It’s very cold day for ceremony. I pray for you whoever you lost."

I puzzled and nodded.

Some of the flower petals were separating

because of a wintry weather

 but I kept hoping they’d stay alive

so I might decorate "my living room".

I still had to walk few blocks to catch the train.

The Sidewalk was so slippery

and the pile of snow looked like a Himalayan range.

While I was crossing the boulevard,

Suddenly…oh…noo…..aiiyaa!!

 And I stumbled on the road.

The flower spread all over the snow.

 I was completely out in the snow.

It looked like I was praying for help.

I tried to get up but……

Someone noticed that I was struggling to stand up.

She came running near to me

and helped to collect the spread flowers

and gave her hand then I stood in front of her.

She asked me, "Are you alright?"

 I nodded "yes" and after collecting my award

 I gazed her eyes and gave the flowers to her.

And I said Thank You.

 

New York City

January 30th 2011

 

January 28, 2011

A lonely glove

Filed under: Poem

A Lonely Glove

By Sahadev Poudel

I was dropped  innocently as a fallen leaf,

In the arctic cold,

And I feel like a lost traveler in the frozen zone.

Let me hold your finger & palm,

And together we can create peace & calm.

The ache and the asthma of winter,

 is like funeral  pyre.

When someone stared me with their pitiful eye,

I feel like I am an untouchable!

It hurt when I think of another pair;

it must be suffering like me somewhere!

Just imagine a lonely glove’s misery,

It’s feeling like not less than being in a cemetery.

Let me hold your finger & palm,

And together we can create peace & calm.

******

Published on www.eworld.blogsome.com

January 14, 2011

चिसा रुखहरु

Filed under: Poem

चिसा रुखहरु,

सडक किनारमा लस्करै लस्करै हिडी रहेछन,

"यतै कतै जरो गाड्न पाए नि हुन्थ्यो नि,"

सुसाउछन  रुखहरु!

छरपस्टिएका हाँगाहरु

जिन्ग्रिंग परेको स्वरूप,

पातहरु छैन,

चरा चुरुन्गिका बासहरु छैन,

चिसा रुखहरु

ठिंग उभिएर लस्करै हिडी रहेछन!

छाया बन्नु,

माया पाउनु,

अर्कै ऋतुको कथा होला!

चिसा रुखहरु ,

जल्दैनन,

बल्दैनन,

बोल्दैनन रुखहरु

त्यसैले सायद कसैले

बुझ्दैनन् ..

कहिले होला

चिसा रुख हरुमा बशन्त आउने

र एउटा निलो आकाश मुनि,

हरियो  चौरमा,

सुशेली काट्दै,

चरा चुरुंगी संग प्रीत साट्दै,

छहारी दिने   दिन!

by Sahadev Poudel,

New York

October 8, 2010

दशैं- कल्पनाको गगन*

Filed under: Story

दशैं- कल्पनाको गगन*

By Sahadev

अक्टोबर महिना अलि अलि चिसो संगै चाड पर्वको रमझम बोकेर आउछ सायद ! विशेष गरेर ऋतु बदलिन्छ …अस्तिसम्म दुबो झैँ हरिया देखिएका रुख पातहरु जमरा झैँ पहेलिन थाल्छन ..रंगिन देखिन्छ बगैचाहरु..बाटोको दाँया बाँया लटरम्म फुलेका हुन्छन सयपत्री..बिहानीको सिरेटो,हुस्सु र कुहिरोले कतै लगि दिए नि हुन्थ्यो यो ज्यानलाई ! मन यस्तै भनिरहन्छ..यिनै कल्पनाहरुको बिचमा न्युयोर्कमा दशैं झनै विशेष बनेर आउछ !

 

साथीभाईहरु साचेर राखेको बिदालाई यहि दशैमा सदुपयोग गर्दै छन..स्कुलमा हुने छुट्टीले बालबालिकाहरुमा  झनै उत्साह थपेको छ..हरेक बिहान रेडियो र टेलिभिजनहरुमा निरन्तर बज्ने माल श्रीको धुन र दुर्गा भजनले उमंगका साथ् बिउझाउछ!यसपालिको दशैंलाई विशेष बनाउन सबै मन देखि लागेकोले हरेकमा थप उर्जा थपेको छ….केहि समस्या छैन..कुनै पीर ताप छैन.. सब आनन्दित छन!

 

ट्रेनमा चढे पछी दशैंकै गन्थन सुनिन्छ..कोहि भन्छन यसपाली टिका लाउन क्यालिफोर्निया जाने रे..कोहि भन्छन टेक्सास ..अनि कोहि बोस्टन जाने रे..अनि कोहि परिवार सहित क्यानाडा जाने रे..अनि कोहि झनै उत्साहित भएर भन्छन हजुर बा हजुर आमाको हातको टिका थाप्न यसपाली नेपाल जाने रे…दशैँमा जम्मा भएको दक्षिनाले के  किन्ने भनेर अहिले देखि नै सबैले आफ्नो आफ्नो रुचिको आइ पोड टच..डिजिटल क्यामेरा.. भिडियो गेमका कुरा हरू सुनाउछन  ..अनि त्यही भिडमा एउटी सानी नानी भन्छिन…”यसपालीको दशैमा जम्मा भएको दक्षिना मामा घर नजिकैको स्कुलमा दिने रे”..एकै छिन त्यहाँ सोच मग्न सुन्यता छाउछ !

 

कलेजमा बिद्यार्थी साथीहरु दशैंको छुट्टीमा नायगरा फल्स पुग्ने रे..कोहि यतै कतै क्यासिनो जाने रे..कोहि डिज्ने ल्याण्ड जाने रे..अनि कोहि  घरमै यो छुट्टीको मौकामा  पढेर  बस्ने रे.  ..रमाइलो बढेको छ !.सबैतिर बजार लागेको छ ! दशैंको चहल पहल थामी नसक्नु छ न्युयोर्कमा !

 

केहि साथीहरुले ट्रेनको प्लेट फर्म र सडकको चोक चोकमा लंगुर बुर्जा थापी सकेका छन..काम र पढाईबाट फुर्सद पाउने बित्तिकै साथीहरु ब्रूकलिन, क़ुईन्स र न्युजर्सीको खुल्ला चौर तिर चंगा उडाउन दौडीन्छन..म यता हड्सन नदीको किनारमा बसेर आकासमा उडेका रंगिन चंगाहरुमा आफुलाई खोजि रहन्छु !

 

यसपाली न्युयोर्कको टाइम्स स्क्वाएरमा राखेको लिंगे पिंगले धेरैको ध्यान तानेको छ…२/४ मिनेट पिंगमा झुम्न मानिसहरु घन्टौ देखि लाइनमा बसेका छन..पिंग मच्याउदा न्युयोर्कका अग्ला अग्ला भबनहरुको छानो मै पुगे झैँ लाग्छ.. दैनिकी एकदम रमाइलो र व्यस्त छ..साँझमा साथीहरु जम्मा भएर फरास खेल्ने कि म्यारिज खेल्ने रमाइलो हानथाप हुन्छ..जितौरी पैसा नेपालमा पुस्तकालयमा हुन्छ कि..स्कुलहरुमा ..वा बृदाश्रममा पठाउने भन्ने योजनाले सबैलाई जितौ जितौ  लाग्छ !

 

सेन्ट्रल पार्कमा बसेर सामुहिक टिका लगाउने योजनाले दशैले विश्व भाइचाराको संदेश बोकेको आभास मिलेको छ..संयुक्त राष्ट्र संघको भवन आगाडी सबै देश ..धर्म र जातिका मानब हृदय एकै ठाउमा बसेर टिका लगाउने, जमरा थाप्ने अर्को खुशी थपिएको छ..मानब एकता र सद्भाबको यो भन्दा अर्को ठुलो उदाहरण के हुन् सक्ला र !

 

आ-आफ्नो समुदायमा नि:शुल्क आयोजना भई रहेको बिबिध संस्कृतिक कार्यक्रममा दर्शकको घुइचो थामी न सक्नु छ…सांस्कृतिक महोत्सब जस्तो परिचयात्मक प्रस्तुति अरु के नै छ र परदेशमा !न्यु योर्कमा दशैं सुख भएर आएको छ.. शान्ति र संस्कार बनेर छाएको छ !

 

टिकाको दिन झनै कत्ति रमाइलो होला..निधारमा राता पहेला सेता टिका.जमरा..ब्रूकलिन ब्रिजमा देखिने रंगिन भिड…आशिर्बाद…आशिर्बचन ..सबै तिर शुभै शुभ..कत्ति सुन्दर..कुनै पीर ,ताप ,चिन्ता छैन..यात्रीहरू हतार हतार सबै आफ्नो आफ्नो गन्तव्यमा दौडी रहेछन…बाटोभरी शुभ यात्रा..शुभ दिन र शुभकामनाक संदेशहरू गुन्जी रहेछ !

 

                            ……………….अनि म यस्तै दृश्यहरु कल्पिदै एम्पाएर स्टेट भवनको १०२ औ तल्लाबाट नेपाल देखिन्छ कि भनेर पर क्षितिजमा हेरी रहेछु!

 

*कल्पनाको गगन -बच्चु कैलाशको स्वरमा रहेको गीत हो)(सम्पूर्ण साथीभाई/ पाठक लाई यसै लेखको मार्फतबाट धेरै धेरै धन्यबाद दिदै बडा दशैको मङ्गलम कामना!)

न्युयोर्क - सहदेव पौडेल

http://nepalipost.com/index/?a=read&catid=3&id=11727

यो लेख नेपाली पोस्टमा पनि प्रकासित बहेको छ..हेर्नुहोस यो लिंक



October 7, 2010

सुरुंग भित्रका मान्छेहरु

Filed under: Poem

सुरुंग भित्रका मान्छेहरु

सुरुंग भित्र लुकाएर आफुलाई
पर देखिएको मधुर उजेलोले पनि
चिन्लाकी भनेर
अनेक थरि मुखुण्डो लगाउदै
अपरिचित बनेर अभिनय
गरि रहन्छन मान्छेहरु !

खण्ड खण्ड परेका घुम्तीहरुमा
थोरै घामको आभास पाउने बित्तिकै ,
जुर्मुराएर हेर्छन ..आँखा तन्काउछ्न
मौका मिल्यो भने..
मुखुण्डो झिकेर ..
अनुहार देखाउदै
तर्साई रहन्छन मान्छेहरु !

सुरुंग भित्रको बस्ति..
अन्धकारमा सबैको रंग एकै हुन्छ..
तै पनि मुखुण्डो लाउनेहरू
अरुलाई आफु भन्दा भिन्नै रंगको देख्छन..
उजेलोको अभाब ..
प्रदर्शनी नै रहेछ यात्रा ..
मुखुण्डो लगाउदै
अपरिचित बनेर अभिनय
गरि रहन्छन मान्छेहरु!
**
सहदेब पौडेल
न्यु योर्क
अक्टोबर ३,२०१०

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

July 1, 2010

ढोका खुल्लै छ ..आए हुन्छ

Filed under: Poem

ढोका खुल्लै छ ..आए हुन्छ,
भित्र म छु,
एक छिन सुस्ताए हुन्छ,
गीतहरु छन डायरीमा,
यसो पल्टाए हुन्छ ,
तस्बीरहरु आँखामा,
खेलाए हुन्छ,
बांसुरी छ छातीमा,
बजाए हुन्छ,
भित्र म छु..
एक छिन सुस्ताए हुन्छ!
थाकेकी हौली,
ज्यान एक छिन बिसाए हुन्छ..
भोक तिर्खा भए,
केही पकाए हुन्छ,
अप्ठेरो मान्नु पर्दैन,
अब मन फुकाए हुन्छ..
भित्र म छु…
आऊछौ भने आए हुन्छ,
नभए सुस्केराले बोलाए हुन्छ..
एउटा कुनै बिन्दुमा,
बिलाउन मन छ भने,
के सोची रा’की?
मायाको आगो,
जलाए हुन्छ..
पिरतीको पानीले
भिजाए हुन्छ..
भित्र म छु..
भित्र कतै अब,
हराए हुन्छ!
*****
By Sahadev
New York City
July 1,2010

June 14, 2010

सम्झना/बिर्सना

Filed under: Poem

सम्झना/बिर्सना
 
सम्झे हुन्थ्यो भन्नेले बिर्से’कि पो कसो,
बिर्से हुन्थ्यो भन्नेले सम्झे’कि पो कसो!

पर्खी बस्छु भन्नेले बसाईं सरे’कि पो कसो,
बसाईं सरि जानेले बाटो हेरी बसे’कि पो कसो!

नरोई बसे भन्नेले माया मारे’कि पो कसो,
माया मारी जानेले  आँशु झारे’कि पो कसो!

ईतिहास पल्टाएर, कोहि टोलाए’कि  पो कसो,
टोलायर  मायाले मलाई बोलाए कि पो कसो? 

सम्झे हुन्थ्यो भन्नेले….

~सहदेव पौडेल
न्यु योर्क
हिमाली स्वरहरु,
नेपाली अनलाइन रेडियो
www.nepaliradio.org
www.eworld.blogsome.com

May 22, 2010

रक्तरोड

Filed under: Poem

रक्तरोड
By Sahadev Poudel
बन्दुकहरुले पट पट गीत पड़काउन थालेपछी
अश्रुग्यासबाट आँशुहरु बग्न थाल्छन !
ढुंगा मुढा र लाठीहरु बोकेर ताण्डब नृत्य गर्न थाले पछी
रगतहरु बाटो बनाउदै बग्न थाल्छन !

रंगमंचमा आवाजहरु स्वतन्त्र फुल्न थाले पछी
विचार बाट बिचारहरुले परिवर्तन खोज्न थाल्छन..
तछाड मछाड गर्दै आँखा चिम्लेर दौडिन थाले पछी ,
रगतहरु बाटो बनाउदै बग्न थाल्छन !

युद्दै युद्द्द बाट शान्ति खोज्न थाले पछी
लाश हरु गिड़ीन र गाडिन थाल्छन
जग भुलेर "मै खाउ मै लाउ" गर्न थाले पछी
रगतहरु बाटो बनाउदै बग्न थाल्छन !!

मे ५ २००४ मा रचित
सहदेव पौडेल

April 29, 2010

मन बगायो

Filed under: Poem

जब जब शहरमा वर्षा हुन्छ..
बाछिटाले मन भिजाउछ!
भिजेको मन सुकाउन ,
एक चिम्टी घाम,
कत्ति प्यारो हुन्छ..!
त्यहि घाम पनि कहिले ,
बादलले छोपी दिन्छ,
पाहाडमा लुकी दिन्छ ..
गोधुली बनिदिन्छ..
अनि रात बन्दै कतै बिलाउछ!
अनि फेरी शहरमा वर्षा हुन्छ..
बाछिटाले मन भिजाउछ ..
भिजेको मन सुकाउन ,
पात झैँ रुखमा सुसेलिंछ ..
ऋतु बदलिन्छ ..
पात पहेलिन्छ..
सुक्छ..झर्छ ..
रुख रोक्न सक्दैन पातहरुलाई..
पातका साथहरुलाई ..
अनि फेरी शहरमा वर्षा हुन्छ ..
बाछिटाले मन भिजाउछ ..
पानी  बाटो बिराउदै
घर भित्र पस्छ
 बाढी पहिरो जान्छ
बाँध भत्किन्छ
खोला थाम्न सक्दैन पानीलाई
पानीका सीमालाई
अनि सारा   मनै  बगाउछ!
तेस्पछी  शहरमा वर्षा होइन
भयानक खडेरी लाग्छ !!
~सहदेव पौडेल
न्यु योर्क
~सहदेव पौडेल
न्यु योर्क

February 22, 2010

के लेख्छौं भाग्यमा, हाम्रै हातमा कलम हुन्छ,

Filed under: Poem
के लेख्छौं भाग्यमा, हाम्रै हातमा कलम हुन्छ,

के लेख्छौं भाग्यमा,
हाम्रै हातमा कलम हुन्छ,
दुख्यो भने,बिसो पार्ने,
हाम्रै हातमा मलम हुन्छ !

कहाँ पुग्छौं यात्रामा,
हाम्रै पाउमा तय हुन्छ.
बाँच्न जाने जिन्दगि,
हर पलमा सय हुन्छ !

के देख्छौं संसारमा,
हाम्रै नजरको भर हुन्छ,
जान्यौं भने छुनलाई ,
आकास कहाँ पर हुन्छ!

के पाउछौं अन्त्यमा,
हाम्रै कर्मको फल हुन्छ,
मिल्यौं भने खडेरीमा,
खेतबारीमा जल हुन्छ !

के जित्छौं लडाईंमा
हाम्रै स्वार्थको राज हुन्छ
जित्यो अरुले भन्दैमा,
हाम्रो कहाँ हार हुन्छ !

के सोच्छौं मनमा,
हाम्रै बिचारको भार हुन्छ,
बुझ्यौं भने सत्यलाई,
अँधेरो आफै पार हुन्छ !

अस्तु :

सहदेव पौडेल
न्यु योर्क
फेब्रुवरी २१,२०१०

February 14, 2010

Microstory :जीत

Filed under: Story
Microstory :जीत
सहदेव पौडेल
न्यु योर्क
****************
+ए सुनिस त्यसले मेगा मिलियनको चिठ्ठा जितेछ रे..
++ए हो र..मुलाको भाग्य बलेको रहेछ ..
+++ अब जागिर छोड्छ होला..
++ अब घर किन्छ होला…
+पैसा भो अब राम्री केटि खोजे बिहे गर्दो हो..
+++विलासी जीबन जिउने भो मोराले…
++पैसै पैसा मा डुबुल्की मर्ने भो यार तेस्ले..
+ए त्यसले हामीलाई जितौरी बाड्दै छ रे…
++शहरमा त्यसको सान त् स्वातै बढे छ
+++बर्षौ देखि खेली रा छु..म लाई नपरेर त्यसलाई पर्नु पर्ने..
++निभेको भाग्य..
+जागिर पनि कत्ति खानु..
++घर कहिले किन्ने हो..
+++परिवारपनि कसरि पाल्नु ..
++विलासी जीबन कहिले जिउने….
+पैसो खेलौना नि न पाइने भो जीबन मा
++जितौरी पनि के लिनु ..
^^^ए सुनिस त्यसले जितेको होइन रे..खाली हल्ला मात्र गरेको रे^^^
***राम राम !!…ठिकै भो त्यसले नजितेको मा… त्यसले सर्वस्व जित्यो भनेर मेरो त् सातो पुत्लो झन्डै ग’को***
****************

लाग्दैन आगो हिमालमा

Filed under: Poem
लाग्दैन आगो हिमालमा
~~~~~~~~~~~~
लाग्दैन आगो हिमालमा,
लाग्यो भने आगो, निभाउन सकिन्न
जलेर पग्लेको हिमाललाई, फेरी सजाउन सकिन्न!

च्यातिन्न हिमाल च्यातेर,
च्यातियो भने हिमाल,सिला’र जोड्न सकिन्न
धुजा धुजा परेको हिमाललाई,मिला’र मनमा राख्न सकिन्न

दुख्दैन दुख हिमालमा,
दुख्यो भने दुख,हिमाल सम्हाल्न सकिन्न
चुचुरोमा दुखेको हिमाललाई, फेरी सम्झाउन सकिन्न!

त्यसैले,
हिमालको न्यानोपनको उपहास गरेर,
हिमाल जलाउदै,मन सेकाउन खोज्नेहरु..
सुन,
हिमालमा आगो लाग्दैन,
लाग्यो भने आगो,तिमी जलौला.
तर हिमालको सितलता कहिल्यै जल्दैन…
by Sahadev Poudel
New York City

February 9, 2010

तिम्रो शहरमा

Filed under: Poem

तिम्रो शहरमा
~~~~~~
तिम्रो शहरमा प्रवेश गरे देखि,
उजेलो भएको छु..
घाम पानी..भोक तिर्खाको
लेन देन छैन,
तिम्रै आकास ओडेको छु ..

तिम्रो शहरमा प्रवेश गरे देखि
भीडहरु खोला जसरी बगे पनि..
पीरहरुले पाहड उक्ले पनि..
मनमान्य भएको छु
मरी लानु केहि छैन..
तिम्रै जीबन बाचेको छु..
**
तिम्रो शहरमा प्रवेश गरे देखि
बनजंगलको सुसेली हराए पनि
चरा चुरुंगीले गीत भुले पनि…
सुरिलो भएको छु ..
नगाउने नबजाउने केहि छैन..
तिम्रै संगीत बनेको छु..

तिम्रो शहरमा प्रवेश गरे देखि ,
मायालु भएको छु ,
लोभ लालच लुट पाटको
रिसराग छैन..
तिम्रै भावना साचेको छु
**
तिम्रो शहरमा प्रवेश गरे देखि ,
पानी सरी बम बारुदनै बर्षे पनि
हाहाकारको स्वर नै मच्चीए पनि
डर भन्नु केहि छैन
तिम्रै मन भित्र बसेको छु ..
तिम्रो शहरमा,
****
सहदेव पौडेल
******

February 3, 2010

सबै तिमी

Filed under: Poem
(सबै तिमी )
सहदेव पौडेल
न्यु योर्क 
!
सपनीमा तिमी थियौ साथमा ‘नि तिमी..
बिउझिएर् हेर्दा खेरि काखमा’नि तिमी ..

यात्राभरि तिमी थियौ बिसाउदा नि तिमी ..
हासो खुसिको के कुरा रिसाउदा’नि तिमी..

गीत लेख्दा तिमी थियौ गाउदा’नि तिमी..
छिया छिया मनको छानो छाउदा’नि तिमी..

मर्दा पर्दा तिमी थियौ बाटो खन्दा’ नि तिमी ..
लाखौ तारा आकाशको एकएक  गन्दा’नि तिमी ..

                                                                                            

January 8, 2010

I am Locally Global

Filed under: Guff Suff

I am a Nepali who resides in America in a house owned by Polish people. My friends/brothers/Sister are living in Norway,Australia,UK,Iraq, Malaysia, Saudi Arabia and Qatar.

My morning starts with a coffee served by a Bangladeshi bandhu (friend) who works at Dunkin Donuts. 

After the coffee, i rush to my office where I have workmates from Columbia, Brazil, Rep. Dominique, Russia, and Guyana. For our lunch, we sometimes order Italian pizza which is prepared by a Mexican Chef and is delivered by a Puerto Rican man.

Normally, after office I rush to the arms of nature to satisfy my quench for photography. My absolute passion for photography gets accomplished by Sony Camera, made in Japan and those pictures get transferred to my laptop which is a product of Taiwan.

Then I rush to college for my evening classes. In my college, I take classes from Professors who come from countries such as the Philippines, China, Turkey and India. My classmates come from Egypt, Cuba Honduras, Korea, and Tibet.

For rest, my weekends become worthwhile with South African wine.I am enjoying my local life as a member of global community.

Jai Hos!
Sahadev Poudel
New York City

December 26, 2009

भगवान, अब तिम्रो पालो

Filed under: Poem

हे भगवान!
दुःख तिमीलाई’नि होला
चोट तिमीलाई ‘नि लाग्ला
पीडाले पहाड चढेपछि
नाबालक झैँ रुन मन लाग्ला !
दुखमा सम्झने तिमीलाई धेरै होलान..
तिमीले सम्झने कसलाई?
लौ आऊ भगवान!
आज तिम्रो पालो,
मन फुकाएर रोउ
धक खोलेर बोल
जानी नजानी धेरै बोझहरु बोकाए हुँला
आऊ एकै छिन थकाई मार..र पसिना पुछ !!

हे भगवान !
सर्ब शक्तिमान भए पनि
अपरम्पार भए पनि
अविनाशी भए पनि
परमेश्वर नै भए पनि
तिमि भित्र "म" जस्तै "म"पन पनि होला,
त्यो म पनले अलिकति स्वन्त्रता खोज्ला,
बेला मौसममा सुख सयर गर्न खोज्ला !
लौ गर भगवान
आज तिम्रो पालो
अरुले के भन्लान भन्ने सब बिर्सेर
आँखा खोलेर आऊ..
धन्दा नमानी ..
मेरै हात समाऊ..
मन्दिर मस्जिद र चर्चबाट पूजा आरति भएकै छ.
लौ आज तिमी आफ्नै संगीत बजाउ!!

हे भगवान!
बम बारुदको धुवा धुलोले निस्सासियौ कि ..
आत्मघाती हमला ..लुछा चुडी ..
तछाड.. मछाड.. रिस ..राग वैमनस्यता ..
आतंकबाट आजित भयौ कि ..
यस्तो दृस्य हेर्दा हेर्दा कठोर बन्यौ कि
आऊ भगवान ,
एकछिन तिम्रा मन्त्रहरु थाती राख,
धेरै ध्यान गरेको देख्यौ  तिम्रो लागि…
"शान्ति प्रिय"भुमि कतै पाए
आऊ एक छिन, अब तिमी
बुद्ध बनी ध्यान गर

हे भगवान !
यी उपद्रोहरु
तनाब र ताण्डब सैली
जाल साजी ..अभाब र अशान्तिहरु
रोग भोक र भेद भाबबाट अवाक भयौ होला…
एकै छिन दैनिकीबाट फुर्सद निकालेर
लामो शान्ति स्वास फेर्न आऊ.
सहनु सह्यौ तिमीले,
भगवान अब तिम्रो पालो…
आऊ…

आकासबाट होइन
छाती भित्र लुकेर होइन
हवामा बहेर होइन
मन्त्र र घंटको ध्वनिमा पनि होइन
उद्घोष गर्दै ..आवाज निकाल्दै..
कुनै धार्मिक उत्सबको आशा नगरी …
आऊ…
तिमीलाई अंगालो हाल्न
धर्ती घाटी घाटी सम्म डुबेर
आँखा खोलेर बसेकी छ ……

आऊ…

Sahadev Poudel

New York City,December,25th 2009

त्यता/यता

Filed under: Poem

त्यता/यता

तिम्रो मन त्यता दुखे, मन मेरो यता रुन्छ
आँखा तिम्रो त्यता भरिए . आँशु मेरो यता खस्छ..
सुन्यतामा तिमी बहकिए.. एक्लोपनले यता खोज्छ..
हुंक्क हुंक्क तिमीले गरे..ढुकढुकीले यता सोध्छ…
तिम्रो मन त्यता दुखे…..

त्यो नभमा बादल लागे .. घनघोर वर्षात यता हुन्छ.
बिजुली चम्क्यो त्यता भने .चट्यांगले बर्बाद यता गर्छ
तिमीले सोच्न बन्द गरे ..यता बिचारको लाम लाग्छ ।
कतै त्यता हड्ताल भए यता मायाको जाम हुन्छ…
तिम्रो मन त्यता दुखे…

तिम्रो मुहार उजेलो भए… दिन यता घमाइलो हुन्छ
नाचगान तिमीले त्यता गरे..मौसम यता रमाइलो बन्छ
हासो खुशी त्यता गुन्जिए …चाड पर्व को आभाश हुन्छ
सपना तिमीले सुखद देखे ..बिपना मेरो बिशेष हुन्छ
तिम्रो मन त्यता दुखे…

सदेव पौडेल
न्यु योर्क
डिसेम्बर २२

December 5, 2009

तिमी टाढा हुदा …

Filed under: Poem

तिमी टाढा हुदा …
तिमी टाढा हुदा आँखा रसायनन होला…
आकाश हेरेर टोलाइन होला ….
तस्बीर छातिमा राखेर निदाइन होला….
बिछोडको पिडामा आँसु बगेनन होला..
**
तिमी टाढा हुदा मन मुटु दुखेन होला….
औला भाच्दै तारा गनिन होला…
सारा उजेलो हराउदा पनि ..
तिम्रो अनुपस्थिति अनुभब गरीन होला….
एक्लै हिड्दा हराईन होला…
**
तिमीलाई लाग्ला…
यो कस्तो प्रेम!
प्रिय!
तिमी टाढा हुदा मेरो मन, मुटु,
प्राण सबै तिमी संगै गएछ !
अब तिमीनै भन
तिमी नहुदा
के म बाचेको थिए होला र!
सहदेव पौडेल
न्यु योर्क

December 4, 2009

एकलासे बाटो काट्दा..

Filed under: Poem

एकलासे बाटो काट्दा..

एकलासे बाटो काट्दा..
काढे तारमा अल्झेको छु..
नदेखेर ढुंगा मुढा बाटो बिचमा ठोक्केको छु..
हराएर धेरै पटक गन्तब्यनै भुलेको छु..
हात समाउने कोहि थे’ न
लर्बराएर लडेको छु..
एकलासे बाटो काट्दा ….
**
फुङ्ग उडेको धुलो मैलो भोगेको छु
साघुरा गल्लीहरुमा नमज्जाले च्याप्पेको छु
बर्बराएर तारा जुनलाई एकसुरले हेरेको छु
हात समाउने कोहि थे’न
लर्बराएर लडेको छु!
एकलासे बाटो काट्दा.
**
अनगिन्ती जंघारहरू तरेको छु..
मृगतृष्णाको भुमरीमा कत्ति पटक परेको छु
सम्हालेर आफुलाई "जीन्दगी हो" भनेको छु..
हात समाउने कोहि थे’न
लर्बराएर लडेको छु…
एकलासे बाटो काट्दा
**
घनघोर आधि हुरी संग जुधेको छु…
मुशलधारे बर्शाद्लाई हत्केलाले छेकेको छु..
जोगाएर आफुलाई एम्बुशहरु निष्क्रिय पारेको छु.
हात समाउने कोहि थे’न
लर्बराएर लडेको छु…
एकलासे बाटो काट्दा
**
लड्दै पड्दै जिन्दगीको क ख ग घ सिकेको छु..
अब त् …आफ्नो लागि भन्दा पनि तिम्रै लागि बाचेको छु..
संगालेर जिन्दगीको बाकी गीत तिम्रै लागि रचेको छु
हात समाउने कोहि थे’न अब तिम्रो साथ भेटेको छू
**

सहदेव पौडेल
न्यु योर्क
डिसेम्बर ३

November 10, 2009

…तर माया नगर नभन

Filed under: Poem

…तर माया नगर नभन

सजाए दिनुनै छ भने
निर्जन पाहाड तिर जा भन
ढुंगे युगमा बाच भन
काँडे तार वा एम्बुशको बाटो हिड भन
युद्ध मैदानमा लड भन..
तर.. माया नगर नभन !

यात्रामा अबरोध बने.
कुजो बनोस भन..
मायाले स्पर्श गरे..
प्यारालैसिस होस् भन..
आँखामा सजाए .
दृस्टी बिहिन होस् भन..
तर माया नगर नभन…

सपनीमा देखे,
हररात जाग्राम बस भन..
सम्झनामा अल्झे
अल्जाइमर्स होस् भन..
आशु बनेर खसे .
सारा सरिर सुकोस भन
तर माया नगर नभन…

आगमननै पिडा हुन्छ भने.
अदृश्य बनोस भन..
बोलि बिझ्छ भने
जिब्रो नचलोस् भन..
स्वास प्रस्वास अनुभन हुन्छ भने
मुर्दा बनोस भन…
सारा शरीर नै ब्यबधान भए
खरानी बनोस भन…
तर माया नगर नभन….

By Sahadev Poudel
New York City
Nov 8th 2009

October 12, 2009

तिमी हुनुको अर्थ

Filed under: Poem

तिमी हुनुको अर्थ
शहरमा आन्दोलनको हुलदंगानै मच्चोस या..
गाउघरमा हावा हुन्नरीले घरबारी उडाओस..
सुनामीले सारा बस्ती बगाओस या..
भूकम्पले पहाडहरु डगमगाओस ..
बिस्व युद्दमा सबै लडून मरून या..
बसन्तमा फुल्नुपर्ने सारा रुखपात झरुन..
पुर्णिमाको चन्द्रमा हराएर हररात औशिनै बनोस या..
हुनु नहुनु सारा बिपत्ति एकै साथ बर्शोस…
यदि तिमी साथ छौ भने …
यी सब बिपत्तिहरु अनाथ छन्…
तिमी हुनुको अर्थ..
by Sahadev
New York City

मेरो आँखा उघ्रिन लागे जस्तो छ

Filed under: Uncategorized, Poem

खै के भनु
आज दिपावलीको दिन भएर होला
धेरै दिनदेखी बन्द भएको यो आँखा
आज उघ्रिन लागेको छ
शायद लाहुरे दाईको सम्झनाले होला
गुलाबको काँडाले घोचेर होला
सयपत्री फुलको बासनाले होला
म त अनायस झस्किन पुगेछु
चारैतिर अंध्यारो नै अंध्यारो देख्छु
यो टुहुरो समाजको चिच्याहट आवाज यो कानले सुन्छु
तै पनि मेरो आँखा उघ्रिन लागे जस्तो छ
लाहुरे दाई लाहुर गएको पनि ८८ बर्ष भई सकेछ
यहाँको बनले पनि ८८ बसन्त पार गरिसकेछ
लाहुरे दाईको कबिताका मसीहरु पनि उडी सकेछ
उसको दौरा सुरुवाल पनि फाटेर पुरानो भईसकेछ
झन अहिले त उसको नाम नै मेटिन लागि सकेछ
यस्तो दु:खद अवस्थामा पनि
मेरो कोमल आँखाहरु उघ्रिन लागे जस्तो छ
म यो कलम उठाएर "युद्ध जारी छ" भन्न लागे जस्तो छु
उसको आधा सताब्दीको उमेर पनि मेरो जीवनमा जोड्न लागे जस्तो छु
अनि यो बन्द भएको आँखालाई पनि
अब म रंगिन संसार देखाउन उघ्राउदैछु
लाहुरे दाईले लेखेको कबितामा उठेको मसिमा
म मेरो नयाँ मसिले पुरानो अक्षर लेख्दैछु
लियोनार्दो दा भिन्चीले छाँया पारे जस्तै
म पनि यो काँचो कागजको नेपाली अक्ष्यरमा छाँया थप्दैछु
कुहिरो र अन्धकार रातको समयमा म मेरा आँखा मिच्दै
इनार, कुवा, सडक, मैदान र झेलखानाको छेउमा गएर यो आँखा उघार्न लागेको छु
सबैलाई सोध्धै हिड्छु- "यहाँ बाँच्न र मर्न कस्तो छ?"
उनीहरुको उत्तर सुन्छु- "यहाँ बाँच्न र मर्न धेरै सस्तो छ"
यस्तै कुरा सुनेर होला मेरो आँखा उघ्रिन लागे जस्तो छ
लाहुरे दाईलाई बाँच्न यहाँ,
काशी, बनबास, झेलखाना र मसानघाट धाउनु पर्यो
मलाई पनि बाँच्न यस्तै यस्तै गरी चाहर्नु पर्ने त होइन?
तर मलाई लाग्छ-
"मेरो पनि यो जीवन आधा सताब्दी मै बित्ने त होइन?"
"यो रहर लाग्दो जीवन कसैले खोस्ने त होइन?"
धेरै कराउँछु- "लाहुरे दाईलाई खोज्ने त होइन?"
तर उत्तर केवल हावा "सुइय गर्छ"
प्रत्येक बार लाहुरे दाईको सम्झनाले सताइरहन्छ
सम्झनाले छट्पटिएको मेरो आँखा अब उघ्रिन लागे जस्तो छ
तर मेरो लाहुरे दाई मलाई सम्झेर कहिल्यै आउँदैनन्
आउँछन्, मेरो लाहुरे दाई हरेक बर्ष यही समयमा यही आउँछन्
बिडम्बना भनु कि या नियती केवल उनको फोटो मात्र
मेरो लाहुरे दाई कोही होइनन् तर एक लक्ष्मी हुन्
उनी यहाँ आएपछि मेरो धन होइन,
मेरो मन बढ्छ।
लाहुरे दाईको सम्झनामा दुई शब्द बेलुनमा भरेर पठाउँछु
"तपाईं लाई कस्तो छ?"
अब, धेरै समय बाँकी छैन, मेरो आँखा उघ्रिन लागे जस्तो छ
केवल लाहुरे दाइको रुप, गुण, बिद्या र एश्वर्यलाई हेर्न
अनि केवल लाहुरे दाईको बिडो थाम्न
त्यसैले त भन्दै छु-
"मेरो आँखा उघ्रिन लागे जस्तो छ।"

-सहदेब पौडेल

कक्षा- १०
रोल नं- २
मिती २०५१/१/८ बिहीवार ११: ३९ बजे
his poem is written by Sahadev..He wrote and recited this poem about 14yrs ago..to be exact..BS 2051/1/8 on the occasion of 88th Birthday of Mahakabi Devkota…He recited this poem after 14yrs..yesterday on the 101 Birthday of Mahakabi Devkota..
-http://www.usnepalonline.com/literature/poetry-mero-aakhaa-ughrina-laage

-jasto-chha-by-sahadev-paudel.html

August 24, 2009

ए हजूर ढोका खोल्नुस न!

Filed under: Poem

ए हजूर ढोका खोल्नुस न!

ढक!ढक!!ढक!!!
ए हजूर ढोका खोल्नुस न!
बर्षौ देखि बाहिर उभिएको छु
पीर चिन्ताको पोका पन्तराहरू भिरेको छु,
पाहड देखि मरुभूमि हुदै
हिमाल देखि गहिरा गहिरा सागर र सुरुन्गहरू
पार गरेर आई पुगेको छु
कयौ "म"हरु सागरमा डुबेको छु
मरुभुमिमा सुकेको छु,
पाहडहरुमा बिलीन भएको छु ,
ए हजूर एउटा सुख सपना देख्नलाई ढोका खोल्नुस न!

**
आए हुन्थ्यो जस्तो गरेर मूल ढोका खोल्नु भो,
आगनमा छिरे पछि न’चिने झै गर्नु भो ,
बर्षौ भो हजूर तारा गनी बसेको,
हजुरको घरबारी गोड़मेल गरेको
पसीना बगेका छन…. यौबन बगेका छन!
रातको सितले भिजयो हजूर
असिना पानीले चुट्यो
ताता घामका किरनहरूले डडियो..
हिउहरुमा कठायग्रींए हजूर
एउटा न्यानो सपना देख्नलाई ढोका खोल्नुस न!
***
हजुरले नै भन्नु भा हो…
हामी इश्वरका समान श्रृस्टि हौ भनेर
रंग भेद हुनु हुन्न
सपना देख्नु पर्छ..खुशीको खोजी गर्नु पर्छ..
यो मेरो मात्रै होइन .
हामी सबैको हो…
मिली जुली बनाउनु पर्छ ..
बाढि चुढि लिनु पर्छ ..
हजुरले नै सिकाउनु भा’हो..
तेसैले त हजूर
सपनाको भारी बोकेर आइयो
तर हजूरले भनेको र मैले भोगेको कस्तो फरक पाइयो.
लौन ..हजूर भीत्र बसेर कुरा गरौ
ढोका खोल्नुस न!
**
म कुनै आतंक बादी/ अपहरण कारी होइन.
म एक एलियन हु
आफ्नो देशको पीर बोकर आएको छु..
गाउ घरको ऋण बोकेर आएको छु..
हजुरको कुनै बिगार नगरी..
आफ्नो संसारमा ख़ुशी जम्मा गरेको छु
हजुरकै आदर्शको पछि लाग्दा
मैले मेरो आदर्श बिर्सेको छु..
बर्षौ बर्ष हजुरको आगनमा टहलिदा
म आफ्नो आगनमा बिरानो भएको छु..
लौन हजूर अब मलाई "म" भएर बस्न दिनुस
ढोका खोल्नुस न हजूर..
**
ठीकै छ हजूर नखोल्ने भए
बहिर किन बर्षौ कुराउनु भो?
आगनिमा भीड़ बड़े पछि किना "जा"
भन्नु भएन ?
आशाको किरण बा’ले जस्तो गर्नु भो..
सान्त्वनाको स्वर बोले जस्तो गर्नु भो..
सम्झनुस त हजूर….
हजूर पनि त सागर तरेर नदी नाला…
पाहड र मरुभूमि हुदै
आउनु भा’ हो..
अहिले हजूर भीत्र
म अलपत्र!
हजुरको समान अबसरको कुरो अली मिलेन!
लौन हजूर ढोका खोल्नुस न!
"ढोका खुलेको छैन…..संघर्ष जारी छ"

 ~सहदेव पौडेल

New York City, August 2009

 

August 18, 2009

….तर अल्झे तिम्रो मायामा!

Filed under: Poem

….तर अल्झे तिम्रो मायामा!

हिड्दा हिड्दै ठेस लागे जस्तो,
लड्न त लडिन …तर अल्झे तिम्रो मायामा!

बोल्दा बोल्दै प्रित बसे जस्तो,
समिप त पुगिन..तर अल्झे तिम्रो मायामा!

कुर्दा कुर्दै बिहानी भए जस्तो
आशा त साचिन..तर अल्झे तिम्रो मायामा!

हेर्दा हेर्दै आँखा टोलाए जस्तो,
बोल्न त सकिन…तर अल्झे तिम्रो मायामा!

हास्दा हास्दै मोहनी लागे जस्तो,
साइनो त गासिन…तर अल्झे तिम्रो मायामा!

पिउदा पिउदै गिलास रित्तिए जस्तो,
नशा त लागेन..तर अल्झे तिम्रो मायामा!

लेख्दा लेख्दै शब्द हराए जस्तो,
प्रेम पत्र त कोरिन..तर अल्झे तिम्रो मायामा!
**********
सहदेव पौडेल
न्यु योर्क
अगस्ट १७
(सुन्नु होला हिमाली स्वरहरु अनलाइन रेडियो)
sahadev’s more creation on http://www.eworld.blogsome.com
Himali Sworharu Radio at http://www.nepaliradio.org
be in touch!

August 12, 2009

मौनता

Filed under: Poem

):मौनता:)~
आधि आएको छैन,हुरी चलेको छैन
किन हुन्छ दियो निभ्ला निभ्ला जस्तो.. ?

बादल मडारेको छैन,बिजुली चम्केको छैन
किन हुन्छ पानी पर्ला पर्ला जस्तो…?

कथा सुनेको छैन,ब्यथा बुझेको छैन..
किन हुन्छ आशु झर्ला झर्ला जस्तो..?

सागर तरेको छैन,गहिराइमा पुगेको छैन
किन हुन्छ मन डुब्ला डुब्ला जस्तो ..?

आँखा बोलेको छैन,स्पर्श गरेको छैन.
किन हुन्छ जीबन बित्ला बित्ला जस्तो..?
by Sahadev Poudel
New York City
August 10th
http://www.eworld.blogsome.com
http://www.sahadevision.com

July 31, 2009

कता परयो परयो ?

Filed under: Poem

नेपाल बन्दमा फस्यो की,
हुलदंगामा पो परयो?!
खडेरीले सुक्यो की,
न बाढी पहिरोमा पो बग्यो?!

मनबार छाड़ी बसाई सर्यो की,
बेमौशममै झरयो?!
डडेलोमा डड्यो की ,
न हावा हुन्नरी संगै उडयो?!

कतै ग्रहणले छेक्यो की,
न रावणले पो हरयो?
एउटा शान्तिको  फूल फूलेको थियो,
लौन कता परयो परयो?

By सहदेव
New York City,

July28th

July 4, 2009

एउटी सानी चरी

Filed under: Poem

एउटी सानी चरी

एउटी सानी चरी भुर्र उडदै
बगैचामा आई ..
कसैलाई खोजे जस्तो गरी आँखा डुलाई ..
आँखामा आँखा मिल्दा खुबै लजाई  ..
चिर बीर गर्दै जीबन सुनाई..
सानी चरीले मेरो मन भुलाई …

एउटी सानी चरी भुर्र उडदै
बगैचामा आई…
पिंजडामा राख्लाकी भनेर खुबै डराई ..
पिंजडा छैन भन्दा कस्तो रमाई!..
दुःख पीर लुकाई प्रेम बर्षाई ..
जीबन जंगल तीर एकै छिन डुलाई..
सानी चरीले मेरो मन भुलाई…

एउटी सानी चरी भुर्र उडदै
बगैचामा आई…
झरेका पतिंगरको एक रास उठाई ..
जीबनको रित यही हो भन्दै गीत गुनाई ..
फेरी आउछु भन्दै मागी बिदाई …
एउटी सानी चरी भुर्र उडी …
आँखा मेरो भिजाई …
सानी चरीले मेरो मन भुलाई…

By sahadev
New York City
July 3rd

June 30, 2009

हजूर बा भन्नु हुन्छ…

Filed under: Poem

हजूर बा भन्नु हुन्छ…
By Sahadev
यात्रामा मन पट पट फूटन सक्छ,
बाढी पहिरोले मन बगाउन सक्छ ,
आन्दोलनमा असफलताको ढुंगा मुड़ा खा’को हुन सक्छ,
हजूर बा भन्नु हुन्छ "हीडने मान्छे लड़न सक्छ" !

यात्रामा मन ,
बारम्बार हराउन सक्छ,
डडेलोले सपनाहरु डडाउन सक्छ,
युद्ध्मा चोट पटक ला’को हुन सक्छ,
हजूर बा भन्नु हुन्छ " दुखेको मनलाई मलहमको सीतलताले सेक्नु पर्छ "

यात्रामा मन
मन भित्र नियंत्रित नहुन सक्छ,
मृग तृष्णाले यता उता दौडाउन सक्छ
चोइटा चोइटा मन टुक्र्या हुन सक्छ
हजूर बा भन्नु हुन्छ," आफ्नो बाटो आफै बनाउदै हिड्नु पर्छ "
**
New York
June 29th

हजूर बा भन्नु हुन्छ…..Part 2
By Sahadev

हजूर बा भन्नु हुन्छ…..
फलानोले घोड़ा चढे .
आफु धुरी चढ्नु हुन्न
अरुको लागी सोच्नु पर्छ,
आफ्नो ख़ुशी गर्नु हुन्न ..

हजूर बा भन्नु हुन्छ…..
नाच्न नजाने
आगन टेडो भन्नु हुन्न,
भीड़हरुमा तेसै तेसै
भेड़ो जस्तो बन्नू हुन्न ….

हजूर बा भन्नु हुन्छ….
नजाने गाउको
बाटो तेसै सोध्नु हुन्न
घुम्दै फिर्दै जहा पुगेनी
आफ्नो माटो भुल्नु हुन्न

हजूर बा भन्नु हुन्छ…
न चिन्ने मान्छेलाई
मन मुटु दिनु हुन्न.
मन मुटु दिए पछि
दोमनमा बस्नु हुन्न
***
New York City
June 29th 2009

 

 

June 21, 2009

Do not Enter

Filed under: Story

~Do Not Enter:~(
one life’s short story
By Sahadev Poudel

त्यो दिन यसरीनै शुरू भएको थियो.
रात भर गड्याङ्ग गुडुङ्ग र पानी पारी रह्यो.सबेरै काममा पुग्नु पर्र्थ्यो तर टेलीफोनमा सेटअप गरेको अलार्मले धोका दियो.काममा ढिलो पुग्नु भन्दा बिरामीको निहु पार्नु सजिलो भएकोले काममा गईएन.कोठामा कम्प्यूटर खोलेर भान्छामा चियाको लागी दूध र पानी बसाले.कम्प्युटरको जालोमा अल्झिदा उता भान्छाको दूध पानी उम्लेर गएको बास्ना कोठामा प्रबेश गर्यो हतारिदै भान्छामा पुगेर बाकि रहेकोसेतो दूध पानीलाई चिया र चिनीले रंगाए.यता जालोमा देखिएका साथीसंगीहरू एकैछिन मेसेज फ़र्काउन ढिलो भएकोमा कराउदै थिए…उनीहरुलाई मेरो परिबेशमा गड्याङ्ग गुडुङ्ग छ .केही डढेको छ. केही तातो पनि छ भन्ने आभाष समेत थिएन

खाना खाने समयमा चोकको चाइनीज रेस्टुरेंट बाट चिकेन तेरियाकी मगाए.खाना आयो डेलिभरी कर्तालाई ७५ रुपैया टिप्स दिए उ नियाउरो मुख लागाउदै फर्कियो.खानाको बट्टा खोल्छु त चिकेनको सट्टा बीफ रहेछ के गुनासो गर्नु भनेर
बिफलाई पन्छाएर बाकि रहेको सागपात र भात खाए.खाना पछि म बाहिर निस्किए सहरको रमझम हेर्न. तर ट्रेन चढेको केहि समयमा ट्रेनमा खराबी आयो भनेर भित्र सुरुंगमा आधा घन्टा जस्तो सस्ती खाइयो.पछि आपतकालीन अबस्थामा
बस लिएर जानु पर्ने खबर आए पछि अलपत्र यात्रुहरू बसको खोजीमा भोतारिए.
हो त्यहि अलमलमा उनिसंग भेट भो,

उनले कहा जान लागेको भनेर सोधिन मैले यतै कतै भने पछि उनले पनि यतै कतै भनिन.हामी बस चढेऔ .बसबाट फेरी ट्रेनमा चदनु पर्छ रे..बसको हल्लाले मैले उनको कुरा तेती बुझ्न सकिन तर भिडहरुमा मैले उनको भाब भने प्रस्ट बुझे. बसबाट ओर्लेर हामी अर्को ट्रेन चढेऔ.ट्रेन एकोहोरो कर्कसलाग्दो आवाजमा दौडी रहेको थियो भने हामी बिचमा मौनता थियो. ट्रेन कहिले जमीन मुनि कहिले जमीन माथि दौडिन्थ्यो तर हाम्रा आँखा हामी बिचमा मात्रै सिमित थियो
हामी ट्रेनबाट ओर्लियौ एउटा पुरानो बस्ती नजीक. ट्रेन हाम्रो टाउको माथिबाट दौडी रह्यो.उनले मलाई उनको गुड तीर लगिन.घरको पछाडी पट्टी उनको गुड्मा छिर्ने ढोका रहेछ,

उनको घरको पर्खालमा बिभिन्न होर्डिंग बोर्ड र सुचानाका पोस्टरहरू थिए.उनको गुडको बहिर do not enter भने ट्राफ़िकको साइन बोर्ड थियो.छेउमै no parking र तेसै गरी all vehicle will be towed by owner एक्स्पेंसेस ठुलो अक्षरमा लेखिएको थियो .

हामी भित्र छिरेपछि पानी दर्कीयो.गयाङ्ग गुडुंग बढ्यो.केहि बेर पछि पानी रोकियो.उनी त्यहि बसिन
म बाहिर निस्किए.उनको गुंड बाट निस्कदा one way लेखिएको साईन आँखामा ठोकियो. रात पर्यो .
त्यो दिन त्यसै गरी बितेको थियो..

****
New York
June 20th 2009

June 17, 2009

~मकै बारी~

Filed under: Story

~मकै बारी~
लोकको कथा
सहदेव पौडेल
न्यूयोर्क

एकादेशमा यताकतै "मकैबारी’नामको एउटा गाऊ थियो.गाऊमा बारैमासा मकै पाक्थ्यो.मकै खाना स्याल,चराहरू,बादरहरू,सुगाह

रू जहिलेपनि उत्तेजित हुन्थे.मकैबारीका बोटहरु जब कम्मर माथि माथि आउन शुरू हुन्थ्यो मकै बारीका गाउलेहरुमा एक किसिमको खुशीको फूल फुल्थ्यो र आफ्नै स्वबिबेकले मकै बारीको रक्षा गर्थे ,पूजा पाठ गर्थे किन भने मकै उनिहरुको धर्म थियो.परम्परा थियो . एक मौसमको मकै पाकेर अर्को मौसमको मकै सुरु हुने बेलामा भने गाऊमा छोटो सुन्यता छाउथ्यो . कतै मकै फेरी नफ़ल्ने हो की भन्ने त्रास हुन्थ्यो तर त्यस्तो कहिल्यै भएन.

समयक्रममा खोलामा थुप्रै पानी बगे, मकैका थुप्रै जन्म -पुनर्जन्म भयो,यो मकैबारीको अनौठो बिशेषता के थियो भने मकै रोप्नु पर्दैन थियो, आफै क्रमश पलाउथ्यो ,पाक्थ्यो . मकै पाके पछि पनि गाउलेहरुले कहिले अतिरिक्त मकै घरमा भण्डार गरेनन, जुन बेला चाहिन्थ्यो,त्यहि दिन ल्याउने,खाने गर्थे, रित यसैगरी चली रह्यो.

क्रमश गाउलेमा मकै खान आउने चरा चुरुंगी, बादर, स्याल माथि,जिज्ञाशा बढ्यो,यिनीहरू किन मकै खाना आउछन भन्ने प्रश्न भीत्र कतै उब्जियो,र मकै महत्वपूर्ण चीज पो हो की भन्ने लागेर पालै पालो दिन रात मकै बारीमा पहरा दिन थाले, क्रमश बिभिन्न समूह बनेर गाउलेहरुले मकैबारीको रछ्या गरे. त्यसपछि चरा चुरुंगी, स्याल,बादरहरू धेरै समय सम्म मकै बारीमा आएनन.मकैबारी शान्त थियो !

त्यसपछि गाउलेहरु बिस्तारै घर फिर्दा दुई चार घोगा मकै बोकेर फर्किन थाले, दैनिक जसो बिभिन्न समूहले पालै पालो सके जती आफ्नो घरमा मकै लान थाले, कसैले कसैको बिरोध गरेनन. बास्तवमा उनीहरुलाई बिरोध के हो पनि थाहा थिएन.सातै दिन सात थरीका समुहले मकैबारीको पालो गर्ने र मकै लान थाले !मकै सबैलाई पूगी रहेको थियो!

बर्षौ बित्यो, नया पुराना पुस्ताहरू आए गए, परम्परा बिस्तारै परिवर्तन हुदै गयो.एक दिन अर्को गाऊबाट कोही घुम्दै फिर्दै, मकैबारी गाउमा आइपुगे, मकै बारी धन धान्य भएको गाऊ देखे पछि ती गाउलेले मकैबारीको सूक्ष्म निरीक्षण गर्यो. सोझा गाउलेको जीबन परिबेश यी पराई मान्छेले बुझी हाले. उनले मकैबारी गाउको सातै समुहलाई पालै पालो भेटेर मकैको महत्व बुझाए.उनले गाउलेलाई यसरी बताएकि, यी सात समुहले एक अर्कालाई नबुझेको अथवा थाहा नभएको जस्तो गरेर बुझाए.सबैले केही थाहा नपाएको जस्तो गरे.
केही दिन भीत्र क्रमस मकैबारीका गाउलेहरु बिच नजनिदो किसिमको सित युध्द चल्यो,त्यों दिन देखि सबैले आफुले सकेको मकै बोकी घर फर्कन थाले,पहिले मकै पाके पछि टिपिन्थ्यो भने अब दुधिलो मकै नै टिपेर लेराउन थाले,शांत देखिएका मकैका बोटहरू पछि पछि लुछिएका जस्ता देखिंथे. यी सात समुहले जबरजस्ती मकै जम्मा गरेर त्यों अर्को गाउलेको गाऊ तीर पठाउन थाले, बेच बिखन सुरु भो. पैसाको लेन देन भो, हिसाब किताब सुरु भो, मकै बारीका गाउलेले अर्को गाऊ देखे,अर्को संसार भेटे,
समुह्हरू बलियो हुदै गए, त्यो मकैबारी गाउलाई यी सबै समुहले आफ आफ्नै कब्जामा राख्न खोजे, रिश राग बढ्यो, क्रमश यी गाउलेले सहयोगको लागी फेरी स्याल,सुगा,चराहरू र बादरहरू सबैलाई बोलाउन थाले, मकैबारी अब मकै बारी जस्तो नभएर युद्ध बारी जस्तो देखियो.

ऋतू बदलियो. गाउलेहरु ईर्ष्यालु बन्दै गए.कसैले कसैलाई कहिल्यै केही भनेनन. एक दिन यी सात समुहले आफ्नो आफ्नो समुहमा गोप्य रुपमा छलफल गरेछन .त्यो साझ कुनै पनि सूमह मकैबारीको सुरछा गर्न गएनन.बिहान सबेरै सातै समूह सात धुरबाट एकै समयमा मकैबारीमा जम्मा भए..मकैबारी सातै धुरबाट जल्दै आई रहेको थियो …मकैबारी जल्दै गयो..अन्तमा यी सबैले एक अर्कालाई एउटै थलोमा भेटे.. तर त्यति खेर आगोको धुवा धुलोले उनीहरूले एक अर्कालाई चिनेनन..
*************************

June 13, 2009

Two Poems

Filed under: Poem


By Sahadev Poudel 

Transformation

Oh my lover!

to declared  our love and reunion,

you created the deep relation with the ocean,

the ocean took you to the clouds,

the clouds carried you to the depths of the sky,

you retold our love tale to the sky, 

after listening our love tale,

sky expressed his cheerfulness as lightning and thunderstorm,

and sky showed  the pathway of my world,       

you befell hastening ,

parting the heat and the ray of the sun

oh my dear,

to end with me,

you plunged into my world,

and I so much soaked with your  love!

thank you for coming as rain

if truth be told you are really born for me!

and I love you in any form!

 
 

I,

By Sahadev Poudel

 
 

I

I wanted to be a seagull, 
in the middle of the crows, 
but crows made me colorless! 
 
I wished to walk smoothly, 
in the village of the cripples, 
but the cripples made me motionless!

 
I dreamed to be a Voice, 
in the crowd of the muter,                     
but the muter made me speechless. 


That’s why, 
Today,

I couldn’t be myself because,

In your world I had to convert myself like you. 

and my color, my motion and my speech despaired!

and I became like you.

 

June 12, 2009

भगवानलाई कहा राख्ने?

Filed under: Guff Suff

भगवानलाई कहा राख्ने?

Blog~Thought

By Sahadev Poudel
आज भोली शहरमा गंभीर बहसचलेको छ .शहरमा थरि थरिका बहस चली रहन्थे तर यसपालीको बहस हाम्रो बारेमा  भन्दा पनि भगवानको लागि भई रहेछ  .परदेशमा भगवान भेटेमा  छाती र निधारमा हात पुराउने   नेपाली यती खेर केही महिना  देखि  बेसमेन्टमा  बसी रहेका  भगवानको बॉस उठने भएपछि  उनको पुनर्बासको  खोजीमा   दौडेका छन .कतै तपाई संग पनि भगवानको लागि ठाउ छ की?
 न्यूयोर्क शहरमा धेरै नेपालीहरु एकमुस्ठ   एकै छेत्रमा बस्ने एउटा छेत्र छ रिजवुड .त्यहिका नेपालीहरूले भगवानलाई आफ्नो वरी परी राख्न  नेपालीहरुकै एउटा घरको बेसमेन्ट खाली गरी  राख्न थालीयो.भगवान बेसमेन्टमा बस्ने भए पछि रंग रंगका बिचारहरू पोखिए.कसैले भने मान्छे माथि बसेर भगवान तल राख्नु  हुन्न …… कसैले भने भगवान देखिनु पर्छ .. लुकाउनु हुन्न ..कसैले भने जे भए पनि  भगवान आई पुगेका छन ..   पूजा पाठ गर्न पाईएको छ ,  ठीकै छ  राम्रो भो.भने ..
तर भगवानले कुनै  प्रतिक्रिया दिएनन.
भगवान नेपालबाटै आएका हुन. लामो दुरी बाट आएका भगवानलाई  पूजा अर्चना गरेर  धार्मिक रुपमा  बस्नको लागि  बन्दों बस्त गरियो. पूजा पाठको बेलामा भगवान भन्दा पनि बड़ी भक्तहरु ख़ुशी देखिन्थे.धुप बत्ति बाल्ने…पूजा पाठ हुने क्रम चली रह्यो.
एक दिन कसैबाट शहरको  अधिकारी कहा नेपालीको घरको बेसमेन्टमा   भगवानहरू बस्छन, साझ बिहान मान्छेहरु जम्मा हुन्छन भन्ने   सन्देश पुगे छ .अधिकारीले यो सन्देश पाए पछि तुरुन्तै आएर   "यो घरमा  भगवान बस्न कानूनले दिदैन, यो मान्छे बस्ने ठाउमा भगवान बस्न सुहाउदैन,बेसमेन्टमा भगवानहरू निसास्सिन्छन  तुरुन्तै ठाउ सारी गर्नु पर्यो भनेछन ".
अब भक्तजनलाई बित्यास पर्यो.कती दुःख गरेर  जम्मा भएका भगवानलाई  कहा राख्नु ?भक्तजनहरुले आफ्नो आफ्नो रूचि अनुसारका भगवानहरु राखेका थिए.. अब  कहा लैजानु?
शहरमा  फेरी बहस चलेको छ. भगवानलाई  कहा राखने भन्ने  बिषयमा.यस्तो हल्ला सुनिन्छ  आज भोली
-भगवानलाई  भण्डार राखने स्टोरेज घरमा  बाक्सामा बन्द गरेर राख्ने.
-होइन होइन भगवानलाई भक्तजनकै जिम्मामा फिर्ता पठाई दिने.
-कहा हुन्छा तेस्तो…अब भगवानलाई ठुलो ठाउमा र सबैको हुने गरी सबैले देखिने गरी बाहिर राख्ने
-ठुलो ठाउ खोज्न ठुलै  मेहनत गर्नु पर्छ  बरु कसैको घरको बुईगल वा चोटा कोठा वा ग्यारेजमा लगेर  राख्ने —
    - कस्तो कुरा गरेको  मेरो आस्थाको भगवानलाई यस्तो बिजोक गर्न पाइदैन
बहस चली रहेको छ .  भगवानले भक्तजनका समस्या बुझेका  छैनन , भक्तजनहरू  भगवानको   समस्या बुझेर   नया ठाउको खोजीमा लागेका छन.लौन भगवानलाई कहा राख्ने होला?

June 6, 2009

यो कस्तो प्रेम तिम्रो!

Filed under: Poem

यो कस्तो प्रेम तिम्रो!

By Sahadev Poudel

हाम्रो मिलन असम्भब छैन भन्ने देखाउन
तिमीले सेती संग मीत गासेछौ,
सेतीले तिमीलाई  बादालू संग परिचय गराईछ,
बाद्लुले तिमीलाई आकाश संसारमा पुराईछ,  
आकाशलाई तिमीले निर्धक्क संग हाम्रो प्रेम गाथा सुनाइछौ,
हाम्रो प्रेमगाथा सुनेर आकाश खुशिले गडगडाएछ,
आकाशले तिमीलाई म सम्म पुग्ने बाटो देखाई दिए पछि ,
तिमी हतारिदै हतारिदै ,
चर्को घामका किरणलाई पनि पन्छाउदै पन्छाउदै ,
मलाई भेट्न आई पुगेछौ.
म तिम्रो आगमनको खुशिले आज  निथ्रुक्क भिजेको छु,
 यो कस्तो प्रेम-बर्षा तिम्रो!

May 30, 2009

पश्चिमतिर,

Filed under: Poem

पश्चिमतिर,
सहदेब पौडेल
न्युयोर्क

 पश्चिमतिर,

चराहरू चाराको खोजीमा निस्कन्छन.
सामाजिक प्राणीहरु बसाई सर्छन
किनभने पश्चिममा
चारा छ बॉस छ भनिन्छ

पश्चिमतिर,
छालाका रंगहरू छ,
बुझ्ने नबुझ्ने भाषा  भंगीमा छ
किनभने पश्चिममा
सभ्यता छ संस्कृति छ भनिन्छ

पश्चिम तिरै,
रोल्पाका गाऊ बेशी छ,
बाटो घाटो बिनाको कर्णाली छ
किन भने पश्चिममा
नदेखिने डर बसेको छ भनिन्छ

पश्चिमतिर,
बलुवाका घरहरू छ,
समुन्द्रिक सपनाका लहरहरू छ
किन भने
पश्चिममा भबिश्य छ भनिन्छ.

पश्चिमतिर,
दिन पहेलिदै गएको छ,
थकानहरु पसिना बन्दै  पग्लेको छ,
पश्चिम बिश्राम गर्न खोज्दै  छ रे!
किन भने पश्चिममा
साँझ परेको छ.

May 25, 2009

“शिर्षक” ~तिमीनै राख

Filed under: Poem

"शिर्षक" ~तिमीनै राख

म तिम्रा ब्यथाहरू संगालेर अब कुनै कथाहरु लेख्ने छैन,
भावनामा खेलेर कबिता बुन्ने छैन,
तिम्रा आंखाका सीतहरु बटुलेर
प्रतियोगीतामा सहभागी हुन कुनै गीत लेख्ने छैन.

म तिम्रा हिउ~मनहरुलाई अब क्रूर~मसिले लतपताउने छैन,
बनावटी शब्दाकार उपहार पठाउने छैन
काला प्रेमाछरको अलंकार बनाएर,
तिम्रो मन~राज्यमा प्रीति आक्रमण गर्ने छैन,

अब म
सके सम्म तिम्रो हराएको "दिनको" खोजी गर्ने छु,
आकाश~गंगामा छोपिएको तिम्रो "जून" खोतल्ने छु,
धरातलमा कतै छौ भने म मायाले अंगाल्ने छु.
बादलू आकाशबाट प्रेमबर्षा गराउने छु ,
र तिमीले भनेको तिम्रो "अन्धकार" जीबनलाई
म संग भएको प्रेमदियोले उजिलाउने छु,
बस् "उजेलो" बनाउने छु,

@मायाधिकार तिमी र म मा सुरछित
By Sahadev Poudel
New York City
http://www.nepaliradio.org

May 22, 2009

Filed under: Poem


म कागको हुलमा बकुल्ला बन्छु भन्थे
तर  कागेहरुले मलाई काले बनाईदिए,

म लाटोको देशमा गांडो तन्नेरी हुन्छु भन्थे
तर लाटाहरुले मलाई झनै   बुंगो   बनाईदिए,

म लंगडाको देशमा खुट्टा खोच्याउदिन भन्थे
तर लंगडाहरुले मलाई झनै कुजो बनाईदिए

यहाँ म
म भएर ज्युन  सकिन किन भने तिनीहरूले मलाई तिनिहरू बनाईदिए
त्यसैले आज म ,
म हुन नसकेर  नै म भएको छु.

May 10, 2009

म आउदै छु

Filed under: Poem

By Sahadev Poudel

पर्ख, नेपाल आमा! म  आउदै छु
थाहा छ तिमीले कुरेको धेरै भो,
औशीको रातमा हराएकी पनि बर्षौ भो,
कोही आउलानकि भनी बाटो हेरेकी उहेल्यै हो,
पर्ख म   आउदै छु !

तिमीलाई पूर्ण चंद्रको उजेलो ल्याउदै छु
पाखा पखेरामा बिकास फुलाउने योजना बुंन्दै छु
तिम्रा  बादलु  निधारमा आशाको बिऊ उमार्दै छ
पर्ख अब म  आउदै  छु
गाउबेशिलाई जोड़ने पुलको समस्या सुल्झाउने छु
रोई बसेकी  सबै आमालाई  सुम्सुमाउने छु
ओइलाएकि फुलबारीलाइ गोड्मेलगरी बिउताउने छु
हो त्यसैले त भन्दै छु म  नेपाल आउदै छु

मेरा जान बुझका  अनुभव तिम्रो पखामा रोप्ने छु
पहाड़को  ढ़ुन्गा माटोमा राम्रो नेपाल खोप्ने छु
बर्शौदेखी भुलेको तिम्रो काखमा रमाउदै
म तिम्रो आँखा वारी परी नाच्ने छु
लौ अब चिन्ता नगर म  आउदै छु
बहिरा हेर त  हो म …. उ त्यो चन्द्रमा झै
पूर्ण चन्द्र भएर  तिम्रो अँधेरी रातलाई जुनेली बनाउदै
एता उता हराएका  ताराहरुलाई  आऊ है आउ है   चम्क भन्दै
म  नेपाल आउदै छु

April 28, 2009

कसरी?

Filed under: Poem

कसरी?

तिमी हास्नु भन्छौ म  हासु कसरी?
जीबनका गीतहरु म गाऊ कसरी?
          एक्लै हिड़्दा हराउछु  म जहिले पनि
             भीड़हरुमा तिमीलाई खोजू  कसरी?

दुख पीडा बिर्सनु भन्छौ म बिर्सु कसरी?
अँध्यारोमा  आंशुहरु म लुकाऊ कसरी?
                एक्लै हिड्दा हराउछु म  जहिले पनि
                  भीड़हरुमा तिमीलाई खोजू कसरी?

 जे हुन्छ राम्रै हुन्छ भन्छौ तर हुन्छ कसरी?
ख़ुशीहरु बसाई सरिसके  फर्कन्छन कसरी?
          एक्लै हिड्दा हराउछु म  जहिले पनि
                  भीड़हरुमा तिमीलाई खोजू कसरी?

By Sahadev Poudel

http://www.nepaliradio.org

April 10, 2009

शुभकामनाका सुखहरु

Filed under: Poem

By Sahadev Poudel

म ,
बर्षौ देखि शुभ-कामना गर्दै छु
दीर्घायु र सु-स्वास्थको प्रार्थना गर्दै छु
आज यो घडीमा एक पटक टक्क अडिएर
हेर्न मन लागेको छ..
बुझ्न मन लागेको छ…
मेरा शुभकामनाका प्रभाबहरु पढन मन लागेको छ!

मैले सम्झे सम्म सु-स्वास्थ्यको कामना गरी रहेछु
सर्वे:भवन्तु:सुखिन: जपी रहेछु ,
तर तिमी पल पल कमजोर बन्दै गई रहेछौ,
शुभ लाभले बास गरोस चाहना यही गरी रहेछु ‘
तर अपहरण,हत्या र गोलीका छिर्काहरूले तर्साई रहेछन ,
स्वतन्त्र हुनु संसारमा .. कामना यही गरी रहेछु
तर पाईला पाईलामा परिबन्धमा परी रहेछौ!

मेरा निस्वार्थ कामनामा कुनै दोष थिएन
तिम्रो सफलतामा म गर्बनै गर्थे
किनकी,
तिम्रो सुख …मेरो शान्ति थियो
तिम्रो स्वतन्त्रता …मेरो संसार थियो
तिम्रो दीर्घायु ….मेरो आयु थियो
तिम्रो शान्ति …मेरो सुख थियो

तर खै त,
मेरो शुभकामनाका प्रभाबहरु?
यदि मेरो शुभकामनामा साच्चै शक्ति भै दिएको भए,
तिमी  संग मलाई नचाउने खबर हुनु  पर्थ्यो,
मिठो उत्साहका गीतहरु लेख्न प्रेरित हुनु पर्थ्यो
तिम्रो तस्बीर हेरेर म आल्हादित हुनु पर्थ्यो
छातिमा राख्दा मन शान्ति हुनु पर्थ्यो
तिमीलाई मेरो शुभकामनाले प्रभाब परेको भए
तिमीलाई अंगाल्दा
मनले ढुक्क अनुभब गर्नु पर्थ्यो
साच्चै शान्ति हुनु पर्थ्यो
थोरै भए पनि शक्ति संचार तिमीबाट सबैले पाउनु पर्थ्यो!

अब भन म के गरु?
यो साल तिम्रोलागी शुभकामनाका
शब्दहरु कोरु की नकोरु?

सहदेव पौडेल
 न्यु योर्क

February 16, 2009

अरु के नै माग्या’ छु र!

Filed under: Poem
अरु के नै माग्या’ छु र!
@ Sahadev Poudel

जिन्दगी देखि थाकेको बेला,
तिम्रो छातिमा बिश्राम खोजेको हु.
आंशुहरुको आगमन हुदा,
तिम्रो अंगालो  रोजेको हु
हारहरूले लखेटी रहदा ,
तिमी संग गुहार मागेको हु
"अरु त के नै माग्या’ छु  र!

सफलताले ताली बजाउदा
तिमीसंगै मुस्कुराउन खोजेको हु
जितहरूले माला लगाईदिदा ,
तिमी संगै गीत गाउन चाहेको हु
दुनियाले शोध खोज गर्दा,
तिमीलाई आफ्नै भनी चिनाउन खोजेको हु
"अरु त के नै खोज्या छू र!

सपनीको कुरा गर्दा
तिम्रो स्पर्स नछुटोस भनेको हु
एक बार जिन्दगीमा
तिम्रो माया नगुमोस भनेको हु
हर रात तिम्रा हातहरु मेरो सिरानी बनोस भनेको हु
"अरु त के नै भन्या छु र!

जिन्दगी देखि थाकेको बेला,
तिम्रो छातीमा बिश्राम खोजेको हु
रात बीत्न लागी सक्यो जिन्दगीको,
खाली तिम्रो मनमा जीबन भरको बास मात्र  मागेको हु
‘अरु त के नै माग्या ‘ छु र!

February 1, 2009

ओबामासंगको मेरो भेट

Filed under: Guff Suff

ओबामासंगको मेरो भेट

सहदेब पौडेल

न्यूयोर्क सन

२००६ तिरकै कुरा हो ,अमेरिकाको रास्ट्रपति निर्बाचनको चर्चा चली रहदा एउटा अग्लो अग्लो, पातले पातले, कालो कालो बर्णको ब्यक्ति निकै नै चर्चित थियो.टेलीभिजन पत्र पत्रिकाले उनका बिचारहरू निकै नै प्राथमिकताको साथ छापथे र दाबी गर्थे यो मान्छे भोली अमेरिकाको रास्ट्पति बन्ने छ तर मलाई लाग्थ्यो यो मान्छे कसरी रास्ट्रपति बन्ला….भरखरको छ.. परम्परागत उसको छाला छैन..कपाल पनि सेतो खैरो छैन. तर पनि सबैले उनलाई आशाबादी दृष्टिले हेरेको हुनाले मलाई उनका बारेमा जान्न मन लाग्यो. एकदिन मैले मेरो बिदेशी साथिलाई सोधे."यो बाराक ओबामा भनेको कस्तो मान्छे हो? को हो उ "?साथीले भन्यो "उ तिमी जस्तै हो".मेरो साथीले बराक ओबामा "म जस्तै हो" भन्नुको अर्थ थियो युवा जोश जागर भएको , परिबर्तन मन पराउने र जे पनि गर्न सक्छु भन्ने सकारात्मक सोच भएको ब्यक्ति ! मेरो साथीले ओबामा म जस्तै हो भने पछि मलाई झन ओबामाको बारेमा थप कुरा जान्न, पढ्न मन लाग्यो.पुस्तकालयमा गएर उनका जीबनी,उनका पुस्तकहरु र दैनिक जसो हुने भाशणहरुलाई ध्यान दिएर सुन्न थाले….र बिस्तारै…. ओबामामा मैले आफुलाई देख्न थाले.. र म भित्र ओबामा देख्न थाले..बास्तवमा धेरै समानता थियो. अहिले त्यहि ब्यक्ति बाराक ओबामा अमेरिकाको रास्ट्रपति भएका छन. बिस्वको शक्तिशाली नेता बनेका छन र म उनको सम्पूर्ण समर्थक बनी सकेको छु ,उनी मेरो प्रेरणा बनेका छन र म मा उनको प्रभाब बढेको छ.तेसैले त जसरी भएपनी म बाराक ओबामालाई भेटन चाहन्थे.झन उनी रास्ट्पति भएपछि त उनलाई भेटने र नजिक बसेर कुरा गर्ने उत्साह निकै नै बढेको थियो .सपथ ग्रहणको दिनमा जसरी पनि वॉशिंगटन पुग्छु भन्दा भन्दै पनि जान पाइएन.म यो नया युगको नया नेतालाई जसरी पनि भेट्छु. मैले दृढ निश्चय गरे र यो मेरो सपना भयो. तर कसरी भेट हुन सक्छ ? संसारका शक्तिसाली नेतालाई म जस्तो एउटा साधारण नेपालीले कसरी भेटन सक्छ?केही उपाए छ त? मैले कामना गरी रहे…उनको यो कार्यकालमा जसरी पनि भेटन पाऊ भनेर…

म उनको वेबसाइटको सुरुदेखिकै पाठक हु. हरेक दिन नया नया ईमेल अथवा भिडिओहरु इमेलमा आई रहन्छ . यस्तैमा ओबामाको कार्यक्रमको बारेमा.एक दिन एउटा यस्तो ईमेल आयो….ओबामाले रास्ट्रपति पद भार सम्हालेको उपलक्ष्यमा आफ्नो अनलाईनका पाठकहरु मध्ये १०० जनालाई व्हाइट हाउसमा भेट घाट गर्ने रे. र जसले चाडो ईमेल मार्फ़त चाढै रेस्पोन्स गर्छ अर्थात सुरुको सयजनाले यो मौका पाउने छ भन्ने ईमेल रहेछ.मैले तुरुन्तै यो ईमेलको रेस्पोन्स गरी हाले.करोडौ पाठक भएको यो साईटमा मेरो ईमेल ले के मौका पाउला र….यो कुरा यत्तिकै भयो…..भोली पल्ट बधाई भन्दै अर्को ईमेल आई पुग्यो. खोलेर हेर्छु त मेरो नाम त्यो सय जनाको सुचिमा परेछ.ओ हो यो ईमेल पाए पछि मेरो खुशीको सिमानै रहेन..रास्ट्रपति संग भेट गर्ने दिनको निम्तो र मिति र समय सहित निमन्त्रणा पत्र हुलाक बाट आउदै छ रे….भने पछि त मेरो सारा सरीर खुसी ले नाच्न थाल्यो.अनेक थरि कल्पनाले म प्रफुलित भए.जे सोचेको थिय त्यहि पुरा हुने भयो.मैले यो कुरा मेरो त्यहि साथिलाई खुसी हुदै सुनाए र भने म व्हाइट हाउस जादै छु रास्ट्रपतिलाई भेटन…सुरुमा उसले पत्याएन.. पछि निमन्त्रणा पत्र देखाए पछि उसले पत्यायो र के गर्ने होला…कस्तो लुगा लगाउने होला..कसरी हात मिलाउने होला जस्ता बिषयमा मैले उ संग छल फल गरे…उसलाई रास्ट्रपति मानेर मैले हात मिलाउने र छोटो कुरा गरेको जस्तो अभिनय पनि गरे..मेरो खुसीमा मेरो साथी झन धेरै खुसी भयो.. पहिलो कुरा त के लगाएर जाने होला भनेर सोचे…राम्रो कोट किन्नु पर्ला र कोट र पाइंट नै लगाउनु पर्ला जस्तो लाग्यो तर दोस्रो बिचार आयो यो म संग जोडिएको कुरा हो…म संग मेरो देश नेपाल जोडिएको छ… नेपाली पन देखाउने मौका पनि त हो नि यो अन्तररास्ट्रीय स्थरमा . नेपाल छाडदा बोकेर आएको दौरा सुरुलाई सम्झिए .निकै राम्रो थियो…ढाका टोपी पनि थियो..कोट चाही नया किन्नु पर्ने भयो दौराको रंग संग मिलने… यी सबै तयारी एकै दिनमा सकेर म रास्ट्रपति भेटन उग्र प्रतिक्षामा बसे .

भोली पल्टै व्हाइट हाउसबाट सहभागीहरुलाई लिन लिमो कार आउने कार्यक्रम थियो. म सम्पूर्ण तयारीका साथ बसे…. साथीलाई फ़ोन गरे र उसले "good luck" भन्दै भन्यो be your self and don’t be so excited. मैले thank you भन्दै फ़ोन राखे… तल सडकमा लिमो कार आएको ख़बर आयो म मेरो डिजीटल कैमरा फोन र रास्ट्रपतिको लागी उपहार बोकेर लिमो चढे..ओ हो यो छ्ण मेरो जीबनको महत्व पूर्ण छ्ण थियो.जे जे अहिले भई रहेको थियो यो सबै मेरो जीबनमा पहिलो पटक हुदै थियो. म खुसी र उत्साहले प्रफुलित थिए…लिमो कार बिस्तारै व्हाइट हाउस तीर बढ्यो.कारमा भएका बिशेष सुरक्षा कर्मीहरुले मेरो उत्साह सजिलै पढे. र सोधे यो हात को के हो? मैले भने "यो रास्ट्रपति को लगी उपहार हो". उनिहरूले मलाई कैमेरा र सेल फ़ोन लिएर जान नमिल्ने कुरा येसैबेला बताए. अब के गर्नु आफ्नै कैमेराले रास्ट्रपतिको फोटो खिचौला भनेको कस्तो नमज्जा हुने भो…तर केही छैन त्यहि व्हाइट हाउसका फोटो ग्राफरले हाम्रो फोटो त खिचिदी हाल्छ्न होला नि भन्ने सोचे .लिमो कार व्हाइट हाउस नजिकैको रास्ट्रपति निवासमा रोकियो. त्यहा म जस्ता ९९ थरि ब्यक्तिहरु एक दमै उत्साहित भएर बसी रहेका रहेछन.

म लिमो बाट ओर्लने बित्तिकै सबैले पहिला मेरो ढाका टोपि र मेरो लवाई हेर्दै मेरो अनुहार हेरे.मैले सबैलाई मन्द मुस्कानका साथ हेरे. यो भिडमा त बाल बालिका,ब्रृद्द, महिला, युवा सबैको उत्तिकै सहभागिता रहेछ. त्यति मात्र कहा हो र? उपस्थित अनुहारहरु कोही कोरियन,चाइनीज , भारतीय,अफगानी,ईरानी,इराकी, प्यालेस्टैनी,इजराइली , मेक्सिकन सबै थिए…म बिस्वको बहु भाषी बहु सांस्क्रृतिक सहरमा बसेकोले उनिहरुको घर देश ठम्याउन गाह्रो भएन….यी सबैले आफ़्नो घर देशको परिचय दिने पोशाक लगाएका थिए..आफ्नो अनुहार कालो बुर्काले छोपेकी महिलासंग मेरो आंखा जुध्यो र हेल्लो भन्दै परीचय गरे. उनको नाम त बिर्से तर उनी हालसालै प्यालेस्टाईनको गाजांबाट अमेरिका शरणमा आइपुगेकी रहिछन आफ्नो जिउ ज्यान जोगाउदै.उनको आखामा परिवार र देश घर गुमाएको भाब सजिलै पढ्न सकिन्थ्यो . उनी मसँग धेरै बोल्न चाहिनन .त्यसपछि म अली बढि उमेर देखिने दारी जुंगा पनि नकाटेको अली मैलो मैलो देखिने कम्बल जस्तो गम्लन्ग ओडेर बसेको मान्छेको छेउमा गएर हेल्लो भन्दै मेरो नाम बताए….उसले पनि आफ्नो नाम र देश बतायो. उ अफगानी रहेछ. उसले युद्धमा आफ्नो घर परिवार सबै गुमाएको रहेछ…अहिले बाराक ओबामालाई भेटेर येस्तै घटना अर्को परिवारलाई नहोस भन्न आएको रे! अर्को एउटा मान्छे म संग how are u भन्दै हात मिलाउन आई पुग्यो मैले हात मिलाए र मैले उसको नाम र देश सोधे उ इराकी रहेछ मलाई उसंग धेरै कुरा गर्न मन लागेन. तर उ भने म संग कुरा निकै गर्न उत्सुक जस्तो देखिथ्यो. मलाई त्यहि घटनाको यहाँ सम्झना भयो…..जुन तपाई कालो दिन भनेर सम्झनु हुन्छ . उ संग मलाई कुरा गर्न मन लागेन. त्यहि भीड़मा एक बुवा आफ्नी घाइते छोरी बोकेर उभी रहेका रहेछन आत्मघाती बम हमलामा अनाहक परेको रे पकिस्तान मा ! आफ्नो सानो अनुहार सेतो बुर्काले छोपेकी र आफुलाई ईरानी बताउने एक बालिका हातमा सेतो गुलाबको फूल बोकेर उभिरहेकी थीईन. अन्य ब्यक्तिहरुमा अमेरिकन युवा युबतीहरु हातमा कागज पत्र र फाइलहरु र बोकेर उभी रहेका थिए भने रोगी र बृद्दहरु व्हील चियरमा बसी रहेका थिए. . मैले यो बाहिर उभिएको समयको राम्रै संग सदुपयोग गरे.अहिले यहाँ भेट भएका धेरै ब्यक्तिहरुको सम्पर्क ठेगाना केहि टिप्न पाईएन किन भने हामीलाई कापी कलम केहि लान दिएको थिएन….सम्झना भयो त केबल यी सबैको देश र परिबेश. लाग्थ्यो यी सबै संग ओबामालाई सुनाउने धेरै कुराहरु थिए…हामी सबै उत्साहको साथ रास्ट्रपतिलाई भेटन पर्खि रहेका थियौ….

अबको केहि मिनेट्मै बैठक कोठाको ढोका खुल्ने छ र हाम्रो भेट हुने छ आशाको साथ उदाएका ओबामासंग. बिस्तारै बैठक कोठाको ढोका खुल्यो रास्ट्रपति ओबामा स्वयम् ढोकाबाट निस्केर सबैलाई अगाडि आउन आग्रह गरे.हामी बिस्तारै लाममा बसेर अगाडी बढेऔ. रास्ट्रपतिले हसिलो पाराले भने" यसलाई आफ्नै घर सम्झनु होला र एता उता घुम्नु होला तर केहि पनि सामानहरु चलाउने र फ़ुटाउने चाही नगर्नु होला ".. अबको यो दृश्य मेरो मानस पटल सदा सर्बदा रही रहने छ मेरो पालो आयो म मुसुक्क हास्दै…मैले बर्षौ देखि देखेको चिनेको जस्तो मेरो मिल्ने साथी संग भेट्न अगाडि बढे झै … एउटा साधारण देखिने तर महत्व पूर्ण मान्छे अमेरिकाको रास्ट्रपति संग अत्यन्त आत्मियताका साथ हात मिलाए . उनले पनि मलाई बर्षौ देखि जानेको चिनेको जस्तै गरी हात मिलाउदै भने how are you buddy ?मैले i am doing great .. we all are doing great भने..त्तेत्तिनै बेला उनले मेरो टोपी प्रति इंगित गर्दै भने "nice hat " मैले thank you भने र i have gift for you भनेर आफ़्नो उपहार अगाडि राखे…मेरो उपहार थियो त्यहि ढाका टोपी! मैले टोपि दिदै भने यो संपूर्ण नेपालीको तर्फ़बाट तपाईलाई बधाई स्वरुप उपहार… म तपाईलाई टोपी लाइदिन दिन चाहन्छु भने र उनले सहर्ष स्विकार गरे र मैले टोपी लागाई दिए…र तुरुन्तै उपस्थित फोटोग्राफरहरुले हाम्रो फोटो पनि खिचिदिए… यो बिचमा उनले मेरो बारेमा भन्दा पनि नेपालको बारेमा सोधे..कस्तो छ आज भोली भनेर…मैले भने…राम्रो हुदै छ…पहिले जस्तो युद्ध छैन तर पनि जनताहरुको अनेकौ बहानामा अपहरण र हत्या भई रहेछ..तपाईले जस्तो परिवर्तन र आशाको संचार कसैले गर्न सकिरहेको छैन……नेताहरु देश कमजोर बनाएर पार्टी बलियो बनाउदै छन… लेख्ने र बोल्नेहरुले अझै पनि डराई डराई लेख्नु परी रहेको छ… आदि आदि. यो २/३ मेनेटको समयमा मैले के के भने के के ! तर यही बिचमा ओबामालाई एक पटक नेपाल आउन निमन्त्रणा दिन भने भुलिन .मेरो निमंत्रणा सहर्ष स्वीकार गर्दै उनले हुन्छ पनि भने ..मेरो खुशीको सात समुन्द्र पारी पुग्यो …सात माहादेश डुल्यो मेरो खुशिले ..यो मेरो लागी मात्र होइन एक नेपाली भएकोले यो संपुर्ण नेपालको गर्बको कुरा थियो…मेरो खुसीको कुनै देश थिएन…. म अगाडी बढे..छेउमा फर्स्ट लेडी मिसाइल ओबामा र छोरीहरु हातमा डिजीटल कैमरा बोकेर उभीरहेका थिए…मैले फर्स्ट लेडी मिसाइल संग पनि हात मिलाए र छोरीहरुलाई हेल्लो गरे….ओ हो मेरो सुद्धि!! मैले फर्स्ट लेडीलाई उपहार लान भुसुक्कै बिर्से छु…कम से कम एउटा पस्निमाको सल मात्र लिएर गएको भए पनि कस्तो राम्रो हुन्थो …के गर्नु यसरी उपहार लिएर जाने संस्कार बिस्तारै सिक्दै छु…तर मैले केहि उपहार नदिए पनि उनको मन्द मुस्कानमा कुनै कमी थिएन…..उनी thank you for coming भन्दै सबैलाई ककटेल लाउन्ज तीर जान आग्रह गर्दै थिइन …

म बिभिन्न कुराहरु मनमा खेलाउदै र त्यो ठुलो बैठक कोठाको दृश्यहरु हेर्दै अगडि बढे….र कल्पिये… .म एउटा साधारण मान्छेले आज अमेरीकाको रास्ट्रपतिलाइ भेटन पाए….मेरो खुशीमा सारा नेपालीहरु कति खुशी र गर्बित भए होलान….ओबामाले ढाका टोपी लगाएर म संग खीचेको फोटो भोली सारा पत्र पत्रिका, टी भि सबै तीर आउछ होला….कतिले मेरो अन्तर्बाता पनि लिन्छन होला..नेपाल सरकारले पनि सम्पर्क गरेर के के सोध्छन होला…..ओ हो म त कति महत्वपूर्ण ब्यक्ति हुने छु.यस्तै कुरा मनमा खेलाउदै म बिस्तारै ककटेल लाउन्जमा पुगे जहा थरि थरिका पिय पदार्थ र स्नायाक्सहरु थियो. सफा र सुन्दर टेबल कुर्शीले कोठा सजिसजाऊ थियो….. साधारण भेटघाट सकिए पछि सबै ककटेल लाउन्जमा जम्मा भए …रास्ट्रपति पनि आई पुगे र सबैलाई यसरी भेटन पाएकोमा र सबैले आफ्नो समय निकालेर भेटन आएकोमा धन्यबाद भने.स्याम्पेन्को ग्लास समाउदै! म पनि उत्साहित हुदै स्याम्पेनको ग्लास समाते………..

. …………तर दुर्भाग्य बस मेरो हातबाट स्याम्पेनको ग्लास चिप्लियो र भुईमा ठुलो आवाज निकाल्दै झ्यारम्मssss फुट्यो…….. …….. म झसंग भएर बिउझिए… यती खेर मेरो अलार्म घडीमा बिहान ५ बजेको घन्टी एक सुरले बजी रहेको थियो…………..

January 12, 2009

…जिन्दगीमा….

Filed under: Poem

मरुभूमि जिन्दगीमा तिमी, बादल बनी गड्ग़डायौ
बर्षन्छौ की भन्दा भन्दै तिमी आकाश मै बिलायौ

काडै कांडा जिन्दगीमा तिमी फूल बनी मुस्कुरायौ
सुबाश छर्छौ की भन्दा भन्दै तिमी झरेर नै  गै’गयौ

अन्धकार जिन्दगीमा तिमी उजेलो  बनी झुल्कियौ
झिलिमिली पार्छौ की भन्दा भन्दै तिमी साँझ बनी ढल्कियौ
मरुभूमि जिन्दगीमा ………..

January 3, 2009

– माटो र मन

Filed under: Poem

माटो र मन

By Sahadev

म मनको कुरा गर्छु.
तिमी माटोको कुरा गर्छौ,
समग्रमा हामी मन भित्र ,
माटो बोकी हिड्छौ !

म किनाराको कुरा गर्छु.
तिमी छालहरुको कुरा गर्छौ.
त्यहि हजारौ छाल भित्र,
 हामी आफुलाई खोज्छौ!

हामी जीबनको कुरा गर्छौ.
जीबन भित्रको जीबन खोतल्छौ
र त रुख,पात,बतास हुदै
पहाड़ भित्र बिलीन हुन्छौ.
अनि कहिले   सागर मन लिएर
 छाल बन्दै उन्मुक्तिको बाटो नाप्छौ,
र फेरी  मन भित्रको माटो  खोज्छौ!

म स्वतन्त्रताको कुरा गर्छु,
तिमी उडी हिड्ने कुरा गर्छौ.
र  त्यही  स्वतन्त्रता र उडी हिड्ने रहरले,
 छाल बन्दै फेरी किनारामा ठोकिन्छौ!

म जीबन संघर्षको शृंखला थप्छु
 तिमी  भावनाले  आँशु खसाली  मन पखाल्छौ,
र  आफुलाई त्यहि भब सागरमा  मिसाउछौ
अनी   छाल बन्दै फेरी उन्मुक्तिको बाटो खोज्छौ !  
यहाँ,सागर र मन,मन र माटो,
तिमी र म
सबै  एकै  हुन!
कोही  कोही किनारा सम्मको यात्रा तय गर्छन,
र किनारमा भिज्दै सुक्दै गरेको बालुवामा
 पानी  हराए जस्तै बिलीन हुन्छन्!
अनि थोरै कोही किनारा भन्दा बाहिरी संसारको कल्पना गर्छन,
र बादल बर्षा बनी निश्चल  आकाश बाट   झर्दै
धर्तिमा बिलीन हुन्छन् …..
र  माटोमा   मन बिसाउछन !!

December 17, 2008

रित्ता बट्टाहरु !

Filed under: Poem
रित्ता बट्टाहरु
अस्ति घर आउदा म भरी थिए
तिनीहरूले जतन गरी राखे!
खसेर म फुटुला वा कुचिउला भन्ने चिन्ताले होइन की,
म भित्रको "म" पोखिएला भनेर,
जतन गरी राखे!
एक दिन दुई दिन गर्दै ….
एक एक चम्चा ..एक एक मुठी म भित्रबाट झिकी रहे,
म रित्तिदै गए…खाली भए,
म त बट्टा न हु
तिनीहरूले फाली दिए,
अर्कैले उठायो!
राम्रो देख्यो,पुछ पाछ गर्यो
अनि आफ्नै रोजाईको "म " भित्र राख्यो.
जतन गरी राख्यो.
खसेर फुटुला वा कुचिउला भन्ने चिन्ताले होइन की.
म भित्रको त्यों "म" पोखिएला की भनेर!
फेरी त्यसै  गरी एक एक चम्चा..एक  एक मुठी
म भित्र बाट झिकिरहे!
म रित्तिए ..म बट्टा  न हु…तिनीहरूले फेरी फालिदिए..
यो क्रममा म कोत्रिए,कुचिए!
लाग्यो अब त जीबनमा प्वाल पारिदिउ  
अनि कसैले केही राख्नै    नसकोस !
तर रित्ता बट्टाहरुमा सानो प्वाल परे तिनीहरु प्वाल भन्दा ठुलो "म" राखी दिन्छन!
फेरी तेसै गरी सजाउछन रित्ता बट्टाहरु !
सायद रित्ता बाट्टाहरुको आफ्नो खुशी छैन!
आफ्नो पन छैन!
आफ्नो भन्ने त शुरुकै "तिनीहरूले"
एक एक गरी रित्ताई सके ,
अब त केबल कच्याक कुच्चुक हुनु छ.
थोत्रो हुनु छ…पुरानो हुनु छ…प्वाल पर्नु छ.
अनि मात्र तिनीहरूले आफ्नो "म" राख्न  पाउने छैनन,
सजाउन पाउने छैनन् !
तर सुनेको छू…
रित्ता बट्टाहरु प्वालै परे पनि कच्याक कुच्चुक परे पनि
पुन प्रयोग गरिन्छ रे….नया बनाईन्छ रे!
र फेरी भरी पूर्ण गरेर जतन साथ नरित्तिउनजेल  सजाइन्छन रे!
रित्ता बट्टाहरु !

आशा अमेरिकामा

Filed under: Guff Suff

                                            

आशा अमेरिकामा
                                                                                                                                सहदेव पौडेल

दिपा भाउजुले  भोट हाल्न नपाएपनि बाराक ओबामाले रास्ट्रपति चुनाब जीते हुन्थ्यो भनेर कामना गरेकी थिईन  किनभने ओबामा  रास्ट्रपति भए दिपा जस्तै लाखौ आप्रबाशिहरू जो बर्षौ देखि परिवार र देशसंग टाढिएका मात्रै छैनन यो स्वप्न भूमिमा कानूनी कागज़ पत्र बिना काम गर्नु परेको छ, बस्नु परेको छ जसको कारण कामबाट हुने तनाब देखि अन्य मानसिक डरले दिन बिताउनु परेको छ.अमेरिका छोडेर गएपछि पुन फर्केर आउन पनि सकिन्न.उनी जस्तै धेरैको एउटै उद्देश्य छ यहाँ कानूनी रुपमा बस्न र काम गर्न पाइयोस .समय समयमा आफ्नो जन्म देश पनी जान पाइयोस.  सकियो भने आफ्ना मायालुहरुलाई यसै देशमा लेराउन  सकियोस जसको लागी ग्रीन कार्ड पाइयोस र कतै बराक ओबामाको कार्यकालमा यहाका लाखौ यस्ता बासिन्दाले केही न केही राहत पो पाउछन की?
      दिपा भाउजु नेपाल छाडदा  छोरा छोरी ६,७ कक्षामा  पढ्थे .आज उनीहरूले १०+२ पनि सकिसके.नेपालमा हुदा राम्रै काम भएपनि बहिनीको बिबाहको लागी अमेरिका आइसकेपछि  नेपालको तत्कालीन युद्द  मौशम देखेर फर्कन मन लागेन.यतै बसी केही कागज पत्र बने सबैलाई राम्रो हुन्थ्यो भन्ने चाहका साथ   बस्दा बस्दा समय बितेको पत्तै भएन .दिपा भाउजु एक उदाहरण मात्र हुन उनी जस्ता थुप्रै  आमा ,श्रीमती,छोरीहरू परिवार बिछोड भएको बर्षौ  भई सक्यो.यसरी बिछोड भएर बस्ने हरुमा हाम्रै  दछिण एशियाली देशको कुरा गरौ वा मेक्सिको वा चीनका लाखौ आमा-बा साना छोरा छोरीलाई छोडेर परदेश लागेको  वा युवा छोरा -छोरी  आफ्ना बुढा आमा-बालाई छोडेर बसेको अनी कुनै दिन देश फर्किने बाटोको कानुनी काडा वा इम्मीग्रेशनको अमिल्दो बादल हटने प्रतिक्षामा छन.
       यहाँ हरेकसंग आफ्ना मार्मिक कथा ब्यथाहरू छन.हरेकको  कथामा समानता भनेको बिछोड नै छ.नेपालबाट अमेरिका जान्छु वा जादै छु भन्ने उत्साह भिसा लिएको बेलामा  हुन्छ त्यो उत्साह एयरपोर्टबाट अमेरिकाको शहरतीर पस्दा बिस्तारै कमी हुदै जान्छ अनि थाहा हुन्छ अमेरिका एउटा यस्तो फल हो जुन नखादा सम्म पनि के हो के हो  खाऊ खाऊ  लाग्छ ,खाई सके पछी पनि के खायो के खायो जस्तो लाग्छ.
           सामान्यतया नेपालीहरु कि त डी भि भिसा परे पछी वा बिभिन्न कार्यक्रमको शिलशिलमा ट्राभल अथवा बिजनेस भिसा वा  बिद्यार्थीहरु  अध्ययनकोक्रममा स्टुडेंट भिसा मार्फत अमेरिका आइपुग्छन.अमेरिका आउदा लिएको  दुईतर्फी हवाई टिकट प्रायको लागी एक तर्फीनै साबित हुन्छ. त्यो फर्कने  दिन थोरैलाई मात्र थाहा हुन्छ अमेरिका आईसके पछि.
अमेरिका आएर केही सिकेर पढेर  नेपाल फर्कनेहरु अहिले सम्म गन्ति गरेर सकिने सम्मको छ भने अमेरिका आइसके पछि फर्किने टिकट लाईमात्र नेपाल पठाउनेहरु म सहित अनगिन्ति छन.अमेरिकाको माटोमा टेक्नु नै  संपूर्ण धन, ज्ञान प्राप्त गर्नु कै रूप हेर्नु हुन्छ मेरा साथिहरु,दाई,बहिनी र आमा-बा.अमेरीका प्रबेश गरी सके पछि मात्र बुझछ्न अमेरिका महाभारत भन्दा पनि कठिन छ.यो कुनै साधारण लोक कथा जस्तो छैन जुन सजिलै बुझियोस !अमेरिका त बिसंगतिबाद उपन्यास जस्तो पनि छ जसका थुप्रै चरण र उपकथाहरु  छन  यो पढ्दा पढ़दै  हामी सबै हराउछौ.
         डी भि भिसा परेर अमेरिका आइसकेकाहरूले धेरै किसिमको दुख भोग्नु पर्छ. डि भी  परेकाहरुलाई सुरुका केही महिना सोइसियल सेक्यूरिटी ,स्टेट आई डी , र ग्रीन कार्ड हात पर्ने चिन्ता हुन्छ र त्यस पछिको  चिन्ता भनेको कामको नै हो.डी.भि. परेपछि काठमान्डौमा चलाई रहेको  प्राथमिक स्तरको बोर्डिंग स्कुल  छोडेर  धुर्बदाई  अमेरिका आउनु भयो.नेपालमा आफुले प्राप्त गरेको  शिक्षा डिग्री, अध्ययन अनुभब आदि इत्यादिले यती खेर कुनै सहयोग गरेन अमेरिकामा काम पाउन लाई.यहाँ अरु शिक्षा  लिएर केही गरौन  त भन्दा उमेरले ४० काटी सक्यो , छोरा छोरी श्रीमती छन पढ़न जाऊ खर्च चाहिन्छ नपढौ  अन्य शिप छैन के गर्ने त ?सजिलो काम की त सुपर मार्केटमा क्याशिएर बनेर पैसा गन्ने वा रेस्टुरेंटमा काम गर्ने..जहा जे  गरे पनि ग्राहककों सेवा गर्ने काम बाहेक  अर्को अबसर छैन.त्यही काम गर्दा गर्दै धुर्बदाईको दैनिकी बिती रहेछ.भाउजु पनि त्यस्तै ग्राहक सेवा नै गर्नु  हुन्छ. छोरा छोरी स्कुल जान्छन.मुश्किलले यो ४ परिवारले एकै साथ खाना खान्छन.भेट हुने त झन टाढाको कुरा!यहाको स्वरुप नै यस्तो छ.छोरा छोरीको स्कुल बिदाको दिन आमा बाको काम हुन्छ.आमा बाको छुट्टीको दिन छोरा छोरीको स्कुल हुन्छ. लोग्नेको बिदा हुदा श्रीमतीको काम.श्रीमतिको बिदा हुदा लोग्नेको काम!हेर्दा सामान्य लाग्ने तर धेरै दुख लाग्दो  दैनिकी छ ध्रुब दाईको.बिहान ९ बजे कामको लागी हिडे पछि  राती ९ बजे घर फर्किदा छोरा छोरीहरु भोली बिहान समयमै स्कूल पुग्न  सूती सकेका हुन्छ्न.
यतिखेर धुर्ब दाई छोरा छोरी कै लागी भए पनी अमेरिका छोड़न सक्दैनन.
           भिजिटर भिसामा  ६ महिनाको अमेरिका भित्र बस्न अनुमति पाएका शेखरको कुरा गरौ.अमेरिकामा बेरोजगारी बढ़ी रहेको छ.लाखौले रोजगार गुमाई रहेका छन.आर्थिक मन्दि छ.ग्राहकहरु खर्च कम गरी रहेका छन तै पनि  शेखर आएको १ हप्तामै  एउटा स्टोरमा काम पाए.बस्नलाई साथिभाई पनि भेटे.कुनै समस्या भएन २,४ महिना बितीसक्यो पत्तै नपाई.तर उनी चिन्तित छन कसरी कागज पत्र बनाउन सकिन्छ र अमेरिकाको ग्रीन कार्ड पाउन सकिन्छ भनेर .अब बल्ल बल्ल आइएको छ फर्कने त कुरा हुदैन नया नेपाल को लहर चले पनि त्यो उनको लागी नया भएन उनी अब के गरेर हुन्छ यतै बस्ने जोर जाम गर्दै छन.के के गर्न सकिन्छ त्यस्को बारेमा पाछिल्लो लेखोटमा चर्चा गरौला.
          सबिताले काठमान्डौ भिसा लिदा अमेरिकाको राम्रै नाम चलेको बिश्व बिध्यालय मार्फ़त आई २० पाइन ,भिसा लिइन र पढ़न भनेर उक्त बिश्व बिध्यालय पनि पुगिन .एकसेमेस्टर सक्न पनि उनलाई धौ धौ भयो खर्चको कारणले . अब उनी बिस्तारै न्यूयोर्कको सामुदायिक कलेजमा स्थान्तरण गर्दै छिन जहा उनी थोरै खर्चले पढ़न पनि सक्छिन र  काम पनि सजिलोसंग पाउन सक्छिन.तर पनी ४, ४ बर्ष कसरी पढेर साध्य हुन्छ भन्छिन न राम्ररी पढ़न सकिन्छ न केही कमाउन नै.सजिलो छैन बिद्यार्थी जीबन !पढाईको लागी सम्पूर्ण समय दिनुनै पर्छ नत्र बिद्यार्थी स्टाटस  कायम नहुन सक्छ.उनी फेरी यहाको डिग्री लिएर  नेपाल फर्किने  सुरमा पनी छैनन . डिग्री लिएर नेपालनै फर्किने भए नेपालको एउटा डिग्री हुदा हुदै किन फेरी पढ़न आईन्थो यहाँ!कसरी हुन्छ यतै घर जम गर्ने हो  सबिता सुनाउछिन तर कसरी ?त्यो बाटो उनले पनि सजिलै भेटन सकेकी छैनन.
       यसरी अमेरिका प्रबेश पछि अनेक थरि दुःख चिन्तामा हरेकको दिन बित्तछ.कागज़ पत्र नहुनेहरु कागज़ पत्र ,कागज़ पत्र हुनेहरु  राम्रो र धेरै पैसा आउने काम,कागज़ पत्र र राम्रो काम हुनेहरु  आफ्नो नाम र यी सबै हुनेहरु  कसरी बिभिन्न संघ सस्था मार्फ़त रास्ट्रीय अंतरास्ट्रीय स्तरमा आउन सकिन्छ भन्ने चिन्तामा लागी रहन्छन र थोरैले नेपालको बारेमा सोच्छन.
      तर बर्तमानमा आफ्नो बारेमा सोची दिने कोही नभएको बेलामा नेपालको बारेमा सोच्न अझै केही बर्ष अमेरीकाको प्राय जसो हरेक शहरमा  नेपालीहरु नेपालीमन र नेपालीपन लिएर बसी रहेका छन. 

हराउदा

Filed under: Story

कथा

हराउदा
सहदेव पौडेल
 


 
……………………र आज म फेरी हराए.जती जती यो शहरमा पुरानो हुदै गैरहेछु म त्यति त्यति हराइरहन्छु.धेरै कारणहरुले म फराकिला सड़कहरुमा अल्मलिरहदा बाटामा हिडेकाहरु     "can i help you?" भनी सोध्छन.हो मलाई help चाहिएको छ तर मलाई चाहिएको help को फेहरिस्त सुनाउन थाल्दा उनीहरु मलाई "Are you crazy?" भन्लान भन्ने डरले म "No Thanks " भन्छु र  आफ्नु ठाऊ भेटिए जस्तै  अगाडी बढ्छु.सड़क यती फराकिलो छ की  बाटो काटने बत्ती बलेको छ तर हिड्दा हिड्दै  बिचमै रातो बत्ती  झ्याप्प बलिदिन्छ र म बेगबान संग दौडेका मोटर कारको बिच सडकमा डर पुर्बक  उभिन्छु.र  फेरी बाटो काटने बत्ती बले पछि    पहिलाकै स्थानमा फर्किन्छु .मलाई जानु कही छैन ..पुग्नु पर्ने कही छैन ..ठुलो हिउको बर्षा भए पनि मेरा आफ्नाहरू बाटामै  अडकिएकि भने डर  मलाई छैन ..अथवा निरन्तरको झरीले घर कोठाको छानु रसाउला  वा भित्ताहरु  मक्काउला भन्ने चिन्ता पनि छैन .म एकलास हिडी  रहेछु ..लाग्छ हराई रहेछु  तर होइन वास्तबमा म पहिला कहिल्यै नपुगेको ठाउमा पुगिरहेछु .

                 मौसमको पनि ठेगान नहुने यो शहरमा  एक्कासी पानी बर्षि दिन्छ.म पानीमा रुझ्दै ओत लाग्ने ठाउको खोजीमा दोड्न्छु . पानीको दर्कन दरिलो छ . मन मनले एउटा छाता पाए पनि हुन्थ्यो भन्ने कामना गर्छु…फटाफट  अगाडी बड़दा   फोहर फाल्ने  कन्टेनरको छेवैमा अलीकती बांगिएर  फलिएको  छाता भेट्छु  जुन म  भोकाएको बेलामा खानेकुरा भेटे जस्तै टिप्छु  र  एउटा आकर्षक  भब्य भवनको  अगाडी उभिन्छु ..म मेरो अगाडी उभिएको भब्य भबनको  बारेमा जिज्ञासु बन्छु ….थाहा लाग्यो यो भवन एउटा संग्रहालय रहेछ.पानीमा बाहिर रुझेर बस्नु भन्दा संग्रहालयको दर्शन गर्नु  उचित ठानी म भित्र छिर्छु. आफ्नो खुशिले जति पनि प्रबेश शुल्क  तिर्दा हुने  रहेछ .म पनि गच्छे अनुसार  तिरेर  भित्र पसे . अन्तरास्ट्रिय  स्थरको अति भब्य  संग्रहालय भित्र छिर्दा मलाई आनन्दको अनुभब भयो.तथापि म कलाको कुनै पारखी थीईन.   म क्रमश संग्रहालय भित्र राखिएका बिबिध   सामग्री संग संगै  संग्रहालय हेर्न आउनेहरुको  पनि अध्ययन  गर्न थाले.सफा शान्त र सुन्दर देखिने युवा युवती  प्रौढहरु शान्त स्वरमा  गुनगुनाई रहेछन  कलाको बोली.म यसै उसै अलमली रहेछु ,कल्पिन्छु यसै ठुलो  भवनमा एउटा सानो कामनै पाए पनि कस्तो सौभाग्य हुन्थ्यो होला ..सफा ठाउमा ,सफा सुन्दर मान्छेहरु आउने ठाउमा काम गर्दा मन पनि शान्त होला …अली अली भए पनि कलाको बारेमा जानिथ्यो होला.  अन्य ठाउमा  भन्दा दुई चार पैसा बढि पनि पाईन्थ्यो होला …आदि यस्तैमा मन डुलाउदै डुलाउदै म संग्रहालयको   माथिल्लो तलामा  उक्लिन्छु.
                              
       मधुरो प्रकाशमा म हाम्रै गाउ घर तिरको  देबताका मुर्तिहरुलाई सफा सुग्घर  गरी कुनै शिशाको बाकश भित्र  शान्त बसेको देख्छु. हातले तत्काल छाती र निधार छुन पुग्छु. ओ हो म कस्तो खुशी भएको!  अपरिचित शहरमा कहिलेकाही नेपाली आवाज अथवा नेपाली साथी भाई भेटे जस्तो !कत्ति खुशी हुदै कुरा गर्छौ नि हामी एक्कासि परदेशी शहरमा नेपालीहरु भेट भयो भने …ओ हो तपाइपनि  नेपाली हुनु हुदो रहेछ ….कहा हो नि नेपाल घर…..ए   ..त्यहा त मेरो पनि अफन्त छन नि……ए ..हो नि…चिन्छु नि…….अनि हामी कती चाढै परिचित आफन्त हुन्छौ …
मलाई यी देबताका मुर्तिहरू भेट्दा पनि त्यस्तै लाग्यो..म एक्लै बोले.ओ हो.. गणेश भगवान..!तपाई यहाँ?!मलाई चिन्नु हुन्छ नि..?.. म… तपाईलाई  बेला बेलामा  पूजा गर्न आउथे…घर बजार गर्दा दिनकै  दर्शन गर्थे….चिन्नु हुन्छ नि होइन?तपाई त पुरा बदलिनु भएछ. शहरमा सफा सुग्घर हुनु भएछ. निधारमा टिका अबीर पनि छैन  ..फूल अक्षता  पनि देख्दिन ..न त  मुखमा लड्डू नै छ..धुपको मिठो बासना पनि आउदैन तपाईको  वरीपरी !
म एकोहोरो बोली रहे  गणेश भगवानको मूर्ति अगाडी .तपाई त निकै भाग्यमानी हुनु हुदो रहेछ.महँगा महँगा मान्छेहरु भेटन आउछन..तपाईको  बारेमा जान्छ्न बुझ्छन …खोइ त तपाईको को वरि परी   भेटीहरु देखिन्न नि ? गाउघर तीर तपाई चोकमा उभिनु भएको छ भने सात गाउलाई थाहाहुन्छ तपाई त्यहा हुनु हुन्छ भन्ने.!   तपाई यस्तो भीड़ भाडको  शहरमा  बसेको ख़बर यहि  बाटो हिड्ने बटुवालाई पनि थाहा हुदैन.खै तपाईको दैबि शक्ति?    म गणेशको मुर्तिलाई वरीपरी  बाट नियाल्न थाले!मैले यती नजिक भएर गणेशको दर्शन गरेको थीइन.उनको लामो  शुंणले   दुख सुखको भाब लुकाएको थियो.जसरी म परदेश जादै छु भन्ने सुन्दा मेरी आमाले आखाबाट आंशु लुकाएकि थीईन छाती दरिलो परेर .
                      .अब त बाहिर  पानी पनि रह्यो होला  भनी म पुन छाती र निधार  हातले छुवाउदै  गणेशको मूर्तिबाट बिदा लिदै फर्किए .. एक्कासी मेरो नाम लिएर मलाई कसैले बोलायो.यो अपरिचित शहरमा मेरो नाम जान्ने को होला र?र फेरी यो संग्राहलयमा? मलाई अचम्म लाग्यो…वरि परी तुरुन्तै कसैलाई देखिन….सायद भ्रम थियो.म पुन अगाडी बड़े .फेरी तेही लवजमा मेरो नाम लिएर मलाई बोलाइयो.ओ हो  अचम्म!गणेश भगवान त्यो बन्द शिशाको बाकसबाट  बहिर निस्कदै मलाई बोलाउदै रहेछन म अचम्मित भए ..त्यो छणमा अगाडि बढेर गणेशको पाऊ छुनु बाहेक मेरो मनमा तत्काल अरु केहि आएन!
गणेशले मन्द स्वरमा भने"सहदेव ,तिमी पनि खाली हात आयौ? येसो अबीर केशरी,फूल  अक्षता ,लड्डू धुप बत्ती केहि ल्याएनौ?"
म शब्द हीन भए.के भन्ने? के बोल्ने ?म अल्मलिए …र भने तपाई यहाँ हुनु हुन्छ भनेर थाहापनी थिएन.र तपाईलाइ भेट्न भनेर म यहाँ आएको पनि  थीईन .म त यसो घुम्दा घुम्दै हराएर   भित्र छिरेको थीए.तपाई संग भेट भो.
गणेश मन्द स्वरमा भन्दै थिए."मलाई यहाँ बस्नु छैन…म यो शिशाको बाकस भित्र बस्दा बस्दा  सार्है कमजोर भईरहेछु.धुप बत्ती फूलको बासना र रंगहरु नहुदा  देबत्वहिन भएको छु."
मैले निर्दोषी भाबमा  भने"हेर्नुस मैले चाहेर पनि तपाईलाई यहाँ फूल अक्षता  चढाउन सक्दिन.धुप बत्ती बाल्न सक्दिन.र   यो शिशाको घरबाट बाहिर लाने कुरा त सोच्न पनि सक्दिन .
"म यहाँ नियास्रिएको छु" सहदेव.भजन नसुनेको जुगौ भयो.हरेक बर्ष म मेरो जन्म तिथि पनि बिर्सन्छु.कसैले कुनै चाढ पर्बको सम्झना गराउदैनन. यहाँ बस्ने वातावरण नै छैन", गणेशले भने.
"हो तपाई मन्दिरमा हुनु पर्थ्यो.यो परदेशको  संग्रहालय  त तपाईको लागी एउटा शरणार्थि शिबिर जस्तै छ,लाग्थ्यो हामी मात्रै  यहाको शरण मा छौ….तर तपाई पनि हामी जस्तै  हुनु हदों रहेछ….म केहि गर्न सक्दिन…भगवान !
गणेशले  मलाई एकोहोरो सुनु रहे .मैले पनि  एकोहोरो सुनी रहे.
जब हामी हाम्रो माटो बाट टाढिन्छौ   त्यहि माटोको गन्ध जहा पनि कहा पाउछौ र ?त्यहि माटोको हिलो पानी लागोस भन्छौ  र फेरी माटोबाट टाढिन्छौ पनि!गणेशले  मेरो आँखाको भाब  पढि रहे…म पनि गणेशको  आखा भाब पढि रहे.साच्चै  उनको आखामा कुनै देव भाब थिएन.मेरो पनि त  पीडा गणेशको  भन्दा कहा कम छ र?मेरो   हात र निधारहरुमा अबीर केशरी, नलागेको बर्षौ भई सक्यो.धुपको मिठो बासना  पनि हराएको छ..
               हाम्रो  भावना मिले पछि हामी साधारण कुरा कानी गर्न थाल्यौ.मैले सोधे" नेपालमा तपाई कहा बस्नु हुन्थ्यो?
काठमांडौ कै  कुनै प्राचीन मन्दिरमा  गणेशले भने.
कती बर्ष देखि हुनु हुन्थ्यो त्यहा?मैले थप जिज्ञास राखे. त्यस्तै १५औ /१६औ  सताब्दी देखि . गणेशले सम्झिदै भने.
अनि यता आउनु भएको कत्ति भयो नि? मेरो प्रश्न नसकिदै गणेशले भने "म यता आको होइन मलाई कसैले ल्याएको हो."
                          हो नि.. म मेरो सपना ले  यहाँ आई पुगे….तपाई अरु कसैको सपनाले यहाँ आइपुग्नु भयो.तपाई नेपालमै हुनु भएको भए पनि अहिले  सम्म अन्य कतैको शरणमा पुराईनु हुन्थ्यो..अहिले तपाई र म दुबै यहाँ छौ.सुरक्षित छौ शरणमा ….तर आफ़्नो  खुसी र रहरमा छैनौ.   हामी सबै तपाई जस्तै शिशाको बाकसबाट बहिर निस्कन चाहन्छौ.तर निस्केर कहा जाने?देशबाट आज भोली थुप्रै  तपाई जस्तै देबता र म जस्तै  जनता परदेशमा  शरणमा छौ.हामी एकछीन बहकिएर कुरा गर्यौ.मैले गणेशलाई सान्तवना स्वरुप भने "हेर्नुस म एउटा साधारण मनुवा हु.मेरो आफ्नै पीडा छ.म आफै हराएको छु.तपाईलाइ यहा बाट बहिर लगेर म सुरक्षा दिन पनि सक्दिन.देशै फर्काए भने पनि फेरी भोली कसैले तपाईलाई फेरी अन्यत्र   कतै   सुरक्षाको नाममा लगिने छ.म पनि तपाई संगै फर्के भने फेरी  अर्को सपनाले र सुरक्षाले अन्त कतै शरणमा पुग्नु पर्ने हुन्छ.यति खेर म तपाईलाई मन बाट मात्रै पूजा गर्न सक्छु.
                          गणेश र म निकै बेर सुस्त सुस्त  एक अर्काको  पीडा सुन्दै सुनाउदै   थियौ. यसो आंखा उठाएर हेर्छु त  वरी परी  कृष्ण,राम सीता,लक्ष्मी,बिष्णु, लगायत  अन्य देबी देबताहरू वरी परी  नियाउरो अनुहार बनाएर  हाम्रो पीडा-लाप सुँदै रहेछन  सबैको आखामा एउटा आशा लाग्दो हेराई   थियो म   माथि !कुनै युद्द ग्रस्त गाउमा सहयोगको लागी पुगेको शान्ति सेनाको युवकलाई  युद्द पीड़ितहरुले केहि पाउने आशाले हेरे जस्तै मलाई यी देब देबिले हेरी रहे.म त रित्तो थीए..हराएको थिए.म उनिहरुको उद्दार गर्न असमर्थ थिए .  यी संपूर्ण  देबी देबतालाई अकस्मात    यसरी भेट्दा मैले थुप्रै थुप्रै आशिर्बचन  माग्नु पर्थ्यो. तर उनिहरुको आँखामा  कुनै देव शक्ति थिएन…जसलाई म आफु  हराएर भेटेको थिए…..उनिहरु पनि हराएर मलाई भेटेका थिए.हामी सबै बिहीन थियौ.हाम्रो शब्द बिहीन  बर्तालाप निकै बेर चल्यो.बर्षौ पछि भेटेर निशब्द भएका प्रेमीहरू जस्तै !
मन मनले भने  म घरमा गएर तपाईहरुको नाममा  धुप बत्ती बालौला अनि …..अरु के के   बोल्दै थिए….संग्राहलयमा  एक्कासी बत्ती निभ्यो र आवाज आयो"The Museum is Closed Now"
                   म फर्की फर्की देबी देबताको अनुहार हेर्दा   हेर्दै सबै अन्धकारमा हराए.म छाम छाम छुम छुम गर्दै बाहिर निस्किए.पानी रोकिएको थियो.साझको झिलिमिलि बत्ती बाटो भरी बलि सकेको रहेछ …..तर पनि म हिड्ने बाटो भने अझै अन्धकार थियो…..






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham