सहदेव र श्रृजना ~World of Words by Sahadev~

August 29, 2006

मेरो प्यारो अ्मेरिका

Filed under: Poem

मेरो प्यारो अमेरिका  

तिम्रा ठुला ठुला भवनहरुमा
तिम्रा फराकिलो सडकहरुमा
तिम्रै रुखो बछ्यस्थलमा
यो नेपालीको यौबन काल  बित्यो
काम गर्यो,  खायो, मर्यो मोज् गर्यो
मेरो प्यारो अ्मेरिका

जब म चडेर रैल् र बस्
सैर् गर्छु म्यानह्ययाटन  अनि सेन्ट्रल् पार्क्
स्वप गगनमा छन् चिन्ताको  जल्
एक्लै बस्दा बग्छ आशुको भल्
सुख स्मृति  अनि डलर्  बर्सन्छ रिमझिम  
मेरो प्यारो अ्मेरिका

कालि,मेक्सिकन्  अनि चाईनिज केटीको आँचल पक्री
मैले  कति खोजि’ रहेछु  मेरी मायालु
सपना चुस्नेहरू  उफृ उफृ  
होमलेस्स् ,लफङगा अनि ज्यानमाराहरू हल्लि हल्लि
आतंक    छर्छन्  बादि’हरु
मेरो प्यारो अ्मेरिका

ति अबिरल् परिश्रमी हात  अनि बुद्धिहरु
थाके पनि नथाकेको जस्तो गर्नु पर्ने  शरीर
एउट कुनाबाट आर्को कुनामा,
एउट ठाउबाट अर्को ठाउमा खोज्दै छु
म मेरो  सपना
मेरो प्यारो अ्मेरिका

हड्सन् रिभर्  त्यो लेडि लिबर्टि
त्यो एम्पैयेर स्टेट बिल्डिंग  अनि त्यो कोनि आइलैंड
तर मेरो हृदयमा नेपालको  चित्र
आइ रहन्छ हरदम  पबित्र

भाग्य लहरमा लहरि लहरि
आइपुगे म यस् गजब थलमा कसरि
तर खेद् छैन् तिम्रो आकृति
लेखिएको   छ यो  भाग्य भरि
मेरो प्यारो अ्मेरिका

by Sahadev  Poudel at http://www.nepaliradio.org

August 27, 2006

Express Yourself!

Filed under: Sathi ko Sansar

This Space for you.Please Express yourself!

सुक बहादुर

Filed under: Story

सुक बहादुर SLC पास भए पनि कलेज पढ्न सकेन आर्थिक अबस्थाले गर्दा। ।२, बर्ष गाउघरमै खेतिकिसानी गर्नथाळयो।जागिर पाउन गार्हो

रिष्ट पुस्ट खाइळागदो शरिर।आखिरमाशुक बहादुरले  पुलिसमै जागिर खाने निधो गरयो।देशको सेबा पनि भन्न पाइने  जागिर पानि खान पाइने!भबिष्य राम्रो।

।शुक बहादुर छानियो परहरि जबान को लागि।बुढा का बा आमालाई उसलाई पनि डर थियो माओवादि को फन्दा मा परिएलाकि भन्नेतर धन्न तेसतो भएन॥जागिर पक्का भएपछि बीबाह गर्ने सुर कस्यो तेहिसाल बिहे पनि भयो।बिबाह पछि  नियुक्ति पायो काठमानडूमा।भरखर भित्राएकी दुलहि बोकेर शुक बाहदु हानियो काठमानडू।महगो शहर सागुरो डेरा दिन कट्दै गयो गारो सारो! शुक बहादुर को मुख्य काम बडेमान को लौरो बोक्नु ,हेल्मेट लगाएर आन्दोलनकारीलाई जतिसक्दो पिट्नु तितर बितर पार्नु।थरि थरि को आन्दोलन को ढुगा मुढा खा;को अनुभब शुक बहादुरलाई।आज भोलि पेट्रोलियम पदार्थ को मुल्य बडेको बिरुद्दमा घनघोर आन्दोलन चलिराछ।शहराशुकबहादुर  लाई सास्ति आजभोलि।धेरैलाई पिट्यो शुक बहादुरले यसपालि॥तर आजउसको  दुर्भाग्य कुनै  बिद्याथिनेताले हानेको डुगाले शुक बहादुरको आखामा चोट लाग्यो रगत को धारा बगाउदै भीड बाट अलग पारियो शुक बहादुरलाइ!

साझ घर फिर्ने बेला सम्म रगत बगिरहेको थियो।डेरामा स्वास्नि मट्टितेलको जर्किन बोकेर शुक बहादुरको बाटो हेर्दै थिइन।"मट्टितेलको भाऊ बढेछ,भन्ने बिती्कै पनि पाइन्न रे, पैसा पनि छैन के गर्ने हो भन्दै शुक बहादुरको चोट सुमसुमाउदै  गुनासो पोखन थालिन् शुक बहादुर भन्दैथियो एक दुई दिन बाटो हेरौ ,आन्दोलन चर्किरा  भाउ घटि पो हालछ् कि?!

शुक बहादुरकि बुढिलेजर्किन भुईमा राखेर  शुक बहादुरलाई  काख मा राखेर सुम्सुमाउन  थालिन्।

 

सहदेब

August 26, 2006

Mero pyaro America

Filed under: Poem

timrai aagla aagla Bhaban haruma
timrai Rukho bakchhasthala maa
yo Nepali ko Youban kaal bityo
Khayo,kam garyo maryo moj garyo

mero pyaro America

jaba ma chadhera Train ra Bus
sair garchhu Manhattan ani central park
swapna gagan bata su-sital jal
sukha smriti  ani Dollor  barsanchha rimjhim

mero pyaro America

kali,Mexican  ani Chinese  ko aanchal pakri
malle kati khojira chhu  meri mayalu
Sapana chusne  haru ufri ufri
aru homeless ra lafanga haru halli halli

mero pyaro America

ti abiral parisrami Hattharu
Thake pani Nathake ko jasto garnu parne
resturent ani  store  ko charai kunama
khojdai chhu mero sapana

mero pyaro America

Hudson river  tyo Lady Liberty
tyo Empire state bulding or tyo coney Island
Tara mero hridaya ma Nepal ko chitra
aai rahanchha hardam pabitra

bhagya lahar maa lahari lahari
Aaipuge ma yas Gajabthal  maa kasari
tara khed chhain timro aakriti
lekhiyako chha yo hamro Bhagya bhari

mero pyaro America

म मेरो देश कीन फर्कौ ?

Filed under: Poem

मेरो देश कीन फर्कौ ?

भनत म मेरो देश कीन फर्कौ ?

सगरमाथा र बूद्दन्मेको देश भनेर म कत्तिम्मर्ब रौ?

देश को ळागी थुप्रै मरे म कीन बेर्थमा मरू?

बेर्थमार्न का लागी म मेरो देश कीनं

फर्कौ ?

न म स्बतन्र बोल्न सक्छु न त नीरध्कक कतै डुल्न सक्छु

फुल बनेर कतै फुल्न सक्छु

म आतन्क बन्न कदीन ,कसैको निहत्या हत्या गर्ने शैनिक बन्न सकदीन

लठेत बनेर कसैलाइ मरणास्नन पिट्नै सकछु

नि भनत म मेरो देश कीन फर्कौ

देशै फर्के भनेपनि

म पाला राख्ने बीतीकै रगत रगत देख्ने छु बाटोभरी

ईषाभेट्नेछु आखाभरी

भोक देख्नेछु मनभरी

शोक देख्नेछु आगन भरी

महीनौ देखीको बेबारीशे ळाश को गन्ध पाउनेछु टाढैदेखी

म सक भरी ढूगामुढा देख्ने छु

काला टायरका धुँवाहरुको बीरोध भेट्नेछु

ळाग्ने कतै यिढूगामुढा टायर हरु फर्के को बिरोधमा बरषिरहेछन्

नि भनत म मेरो देश कीन फर्कौ ?

हिडीरहने सडकमा कृशणाभिर तगारो बन्ने

बाटा भरि एम्बुसका तार हरुमा जेलिने छु

थाहै नपाई गृहयुद्द को भुमरीमा फस्ने छु,

जस्को पनि गोलि को शिकार बन्न सक्ने छु,

नि भनत म मेरो देश कीन फर्कौ ?

मेरो गाऊ तर्ने त्यो पुल छैन रे,

बष्रौ भयो ओईलाऐको सयप्रत्री ,जसमा कुनै फुल छैन रे,

मेरो स्कुलमा आर्मि बयारेक बस्यो रे

मेरो घर खालि गरी माओवादी बस्यो रे

नि भनत म मेरो देश कीन फर्कौ ?

मेरो देश जहा हत्याराहरु हत्या गर्न हत्याराहरुको साथ रमाऊछन

शाशकहरु शाशन हैन शोशण गर्न तम्मसिनछ्न

शाशकहरु शोशण गर्न शोशकहरुको हात चाहन्छन्

मर्न सक्दिन शाशक हरुका लागि,

गाऊन सक्दिन भक्ति गित राजाहरुका लागी,

नि भनत म मेरो देश कीन फर्कौ ?

त्यो देश जहा वालबालिकाहरु टूहुरा बनिरहेछन्

आमा बाहरु बेसहारा बनिरहेछन्

बुद्द सदाझै मौन बसिरहेछन

युद्द झन् झन् चर्किरहेछ

हिमाल पलपल गरेर पग्लिरहेछ

मन झन झन् टाढि रहेछ,

नि भनत म मेरो देश कीन फर्कौ ?

सहदेब

Dedicated to Zidane

Filed under: Poem

Poem Dedicated to Zidane

म सपना बोकेर हिंडेको मान्छे,
जीबन को थुप्रै खेल्हरु खेलेको मान्छे,
न्थाकी न्थाकी दौडि रहने मान्छे,
म ईतिहास बनाउन लगेको मान्छे,
तर । । ।आज म । । ।
मेरो आँखा अगाडि मैले थुप्रै हार हरु देखेको छु,
धेरैकोजीत हरु देखेको छु,
उलाह्स् र उमङग देखेको छु,
ईतिहास हरु पढेको छु र त ईतिहास बनाउन लागेको छु,
तर । । । ।आज म । । । ।

म तिम्रो प्रेरणा थिय,
म तिम्रो शाहस् थिय,
म सारा बिश्व को गौरब बनेको मान्छे,
तिम्रो धड्कन धड्कन सँगइ दौडिएको मान्छे,
तर । । ।आज म । । ।

म हारेको मान्छे,
तिम्रो मन्मा चोट पुराएको मान्छे
म तिमीले नसोचेेको खेलाडि बने
म बाहिरिएको मान्छे,म झुकेको मान्छे,
म मेरो ईतिहास बिगारने मान्छे
मैले म सँगइ को सफलता देख्न सकिन
करोडोउ सँग को जीत्मा रमाउन सकिन

म तिम्रो गौरब बनेको मान्छे
म आँफै गौर्ब बन्न सकिन,
नजिकै को खुशी लाई चुम्न सकिन
म मेरो हार मा जितेकोको मान्छे
म तिम्रो मन मन म बसेको मान्छे
तर आज म मैदान बाट बिहेरिएको मान्छे
म हारेको मान्छे

आज आँफै सँग आफु झुकेको मान्छे
म बगैचा को सान बनेको मान्छे,
ठुलै मान पाउन आटेको मान्छे
म एक्कासि चुडिएको फुल
मेरो जीबन को ठुलो भुल
आज म हारेको मान्छे, आँफै सँग आँफै झुकेको मान्छे
तर । । ।आज । । ।

त्यो गोल्डेन कप ले मलाई हेरिरह्यो,माया गरी रह्यो
तर मैले माया फर्काउन सकिन,
म लतृएको मान्छे
ईतिहास बनाउन खोज्ने मान्छे,मैले ईतिहास बनाए,
बिगारेर बनाए
म झरे,मैले हारे,मन जित,आफुलाई जिते । । । । ।तर म हारेको मान्छे, । । ।
आज आँफै सँग आँफै झुकेको मान्छे । । । ।

भावहरु

Filed under: Story

भावहरु

देशको एक चर्चित फोटो पत्रकारलेआफ्नो एकल पोटो प्रदर्शनिको आयोजना गरेछन शिर्षक थियो "भावहरु"।जसमा दु:,पिडा अभाबमा छट्पटाएका बिभिन्न दीन दु:खी व्यक्तित्वहरुका अनुहारनै फोटो बनेको थीयो।फोटो को मुल्य हजार भन्दा माथि थियो।

मोतिलाल सडकमा भारि बोकेर कमाई खाने मान्छे हो। उसलाि कसैले सुनाइदियो" सुनिस् मोतिलाल तेरो फोटो फलानो ठाउमा झुण्डाएर  राखहेको रे,१०हाजर पर्छ रे तेरो फोटोको"उसलाि थाहा थिएन कसैले उसको फोटो खिचेको छन् भनेर।फेरि सोच्यो जस्ता झुत्रे झाम्रे को फोटोको मोल १० हजार!!!उसलाइ कताकता डर लाग्यो,जिन्दगिमा पोटो खिचेको सम्झना छैन

नागरिकता बनाउन बाहेक ।मेरो फोटो कस्ले खिच्यो?किन खिच्यो  कतै केहि अनर्थ पो  हुन लाग्या हो कि भन्दै  सोध्दै खोज्दै प्रदर्शनि स्थल पुग्यो।ढोकैमा बसेको पाले ले भित्र जान पाउदैनस् जा,,,, ,,,,  भनेर  हप्कायो।मोतिलाल भन्दै थियो"भित्र मेरो फोटो रे तेहि हेरौ भनेर को! " जान पाउदैनस् फेरि हेरेर के गर्छस्?किनने होइन क्यारे!टिकट काट्न सक्छस??टिकक पैसा सुनेर थचक्क भुइमा बस्यो।आफ्नो फोटो पनि हेर्न पाइएन भनेर उसलाई कस्तो कस्तो लागि रहयो

भित्र प्रदर्शनि भब्य चलिरहेको थियो।हरेक को हातमा ;गि गी पेय पदार्थ थियो।धेरैजसो चाहि त्यहि फोटोको प्रशशा गर्दै थिय जसमा मोतिलालको भाव थियो।एकजना  बिदेशि पाहुना फोटो पत्रकारलाई स्याबासि दिदै उसको कलाको प्रशशा गर्दै उक्त फोटो तुरुन्तै किन्यो।प्रत्रकार खुशिहुदै  बिदेशि पाहुना लाई बिदा गर्न बाहिर निस्कयो।चौरमा  थच्रक्क बसेको मोतिलाललाई पत्रकारले देखेर तुरुन्तै उसको अर्को फोटो खिचि हाल्यो।पत्रकार खुशि हुदै ल्याब भित्र छिरयो,मोतिलाल थकित हुदै आफ्नो बाटो लाग्यो।

सहदेव

मेरो मकवानपुर!!

Filed under: Poem

मेरो मकवानपुर

मेरो मकवानपुर!
मेरो मकवानपुर!!
मेरो प्यारो प्यारो मकवानपुर!!!

 

कहिले दामन पालुंगको    डाडोमा  गएर शान्ति   खोज्दो हो,
गढीको उकालोमा  दिन भर पसिना बगाउदो हो,
फापरबारिको फाटभरी    आशाको बिऊ  छर्दो  हो,
चेपांग र प्रजा गाऊ पुग्न सकिएन भन्दो हो ,
तर   सबैले माया मारेको देख्दा उसको मन धुरुधुरु रुदो हो!

 

मक्रानचुलि र सामरीको भन्ज्याङ्ग भन्ज्याङ्ग  चहार्दो हो,
माइला काजि र तारा प्रसादहरुको कथा ब्यथा  पनि सुन्दो हो,
चमेली दिदिको सफलता सबैलाई सुनाउदो हो
गाऊ गाऊबाट उठ गीत मिली जुली गुन गुनाउदो हो
 तर सबैले माया मारेको देख्दा उसको मन धुरुधुरु रुदो हो!

 
रातोमाटेमा    बगेको रगत उसलाई पनि दुख्दो हो,
शहिद स्मारक गएर  शहीदको  सपना खोज्दो  हो,
रानीबनकी    चरीसंग साइनो पनि त  गास्दो हो,
हुप्राको चौर होस वा तराईको गौर सबैलाई आफ्नै छातीमा स्वागत गर्दो हो
 तर सबैले माया मारेको देख्दा उसको मन धुरुधुरु रुदो हो!

अनिल  , अनन्त, बिशे संगै कतार मलेसिया पुग्दो हो   
ठूला ठूला देश पुगेकाहरु संग ठुलै आशा गर्दो हो ,
गाऊ घर छाड़ी जानेलाई नजाउ पनि त भन्दो हो
तर सबैले माया मारेको देख्दा उसको मन धुरु धुरु   रुदो हो

भुटनदेबी र चुरियामाई संग हाम्रो सुरक्षाको  भाकल पनि गर्दो हो,
पिपलबोटमा  दिन भरी पर्खेर बस्दो हो,
राप्ती खोलामा कत्ति दुःख पीडा पखाल्दो  हो ,
पदम् पोखरी होस वा   हेटौडाबजार सबै तीर डुलेर सोध्दो हो,
कहिले आउला परदेशी भनि  आँखा तन्काउदो हो ,
 तर  सबैले माया मारेको देख्दा उसको मन धुरुधुरु रुदो हो!

 

मेरो मकवानपुर!
मेरो मकवानपुर!!
मेरो प्यारो प्यारो मकवानपुर!!!

 
 

म गोरु! हामी गोरु!!

Filed under: Poem


Ma Goru! Hami Goru

म गोरु! हामी गोरु!!

फोन बास्,छ घ्डि बास्’छ
उजेलो हुन न्पाउदै कुखुरि का ‘”’आ भनेजस्,तो गर्छ!
ब्टुवाहरु टया""तु तु कराउछन्,
आखा मिच्।दै आग्;तान्दै म जराक जुरुक उठ,छु
नुवाइ धौवाइ गर्,न पर्यो भनि म कुवा पन्धेरा तिर लाग्छु
थाकेका गोरु गाई बाखरा बाखरि पर्खि रहेको देख्छु
म गोरु खेत्मा जान हतारिन्छु।।।।।।।।।।।घोडा जस्तो दौड्न्छु।।।।।।।
ग्धा जस्तो मेह्न्त गर्छु।।।।।।।अनि गोरु जस्तो थाक्छु!!!!!

बिहान यसो तातो पानी खोले खानु पर्यो भन्ठान्छु।।।।।
फेरि हतारिन्छु नारिनलाई जोतीनलाई
एकबिहानै म मेलोमा पुग्छु।।
हाइ हेल्लो गर्छु मन निराश भय्पनि ओठ का दुई छेउलाई बार्म्बार तन्,काउछु
ज्यान लाई स्न्चै छ भन्छु।।।।
यता दौड्न्छु उउता दौड,न्छु।।।।
म दाइगरिरहन्छु>>>>।>पराल जस्तो चुइगम च्पाउछु।
घास्; सालद खन्छु।।।
लुकिछिपि कुनाकप्चाम जिउ बिसौछु!!
लामो श्वास फेर्छु
पेरि म दौद्न्छु दै गर्छु खेत जोत्छु।
घडी दौडयाजस्तै म दौडि रहन्छु!

बिहान य्सै सम्यमा घडि क्राएकोथियो कुखुरा बसे झै मलाई बिउझाएथ्यो

म अन्य गोरु सँग साँझ भन्दा ढिलो मध्यरात भन्दा आगि
लुखुर लुखुर गोठ तिर लम्कन्छु
यात्रा भरि म थाकेको गोरु गधाहरु लाई भेट्छु
लखतरान परेक हरुको दिन सम्झन्छु
म बिउ को साढे झै बुरुक बुरुक उफ्रदै मातिइदै
म बाटमा देखेको गाई लाई हानि हाल्छु जस्तो गर्छु
म गोठ म पुग्छु।।।

गोठ मा म थाकेको आरु गोरु हरु को रमिता देख्छु।।
गोरु हरु गोरु हरुको जात्र पर्ब मा रमेएको देख्छु
म गोरु एकै छिन आज को जय्ला गन्छु।।
भोलि को घडी हेर्छु।।
एकै छिन देश बिदेश को रमिता हेर्छु साथी हरुको चर्तिकला पढछु।।।।
हेर्दा हेर्दै म भुसुक्क निदौछु ।।
बार्म्बार म झुकिन्छु कुखुरा बस्यो कि भनेर मेलो मा जान ढिलो भयो कि भनेर
म गोरु फेरि भुसुक्क निदौछु।।
थाहा नै नपाइ फेरि भोलि जोतीन तयार हुन्छु।।।।

प्लेब्याकका सहदेव

Filed under: Theatre world

प्लेब्याकका सहदेव

नेपाली रङ्गमञ्चमा ‘५० को दशकलाई अध्ययनशील पुस् ता आगमनको दशक मानिन्छ । झन्डै सुतिरहेको रङ्गमञ्चलाई यस दशकको आरम्भदेखि नै ब्यँूताउने रङ्गकर्मीहरूमध्ये पर्छन्, सहदेव पौडेल, २७ ।

२०५२ सालमा सांस्कृतिक संस् थानमा नाटकको प्रशिक्षण लिँदा सहदेवले सोचेकासम्म पनि थिएनन्, थिएटरले एक दिन उनलाई अमेरकिाको ‘स्कुल अफ प्लेब्याक थिएटर न्युयोर्क’ सम्म पुर्‍याउला भनेर । अमेरकिामा अध्ययनरत सहदेव पछिल्लोपटक बिदाको समयमा नेपाल आउँदा सान, हातेमालो, पम्पकिनलगायतका नाट्यसंस्थाका झन्डै ५० जना रङ्गकर्मीहरूलाई प्रशिक्षण दिए । साथै, पीपलबोट प्लेब्याक थिएटर स् थापना पनि गरे । भन्छन्, "प्लेब्याक थिएटरमा दर्शकको कथा सुनी तत्कालै नाटक प्रस्तुत हुन्छ, जसले दर्शकको व्यक्तिगत कथालाई सम्मान गर्छ र आँशु रङ्गकर्मलाई प्रोत्साहन गर्छ ।"

सहदेवले नाचघरका केही साथीसँग मिलेर ०५३ सालमा आख्यान नाट्य समूह पनि खोलेका थिए । आख्यान समूहबाट उनले गोविन्द गोठालेको भोको घर, बालकृष्ण समको ऊ मरेकी छैन, रणदुल्लभ, प्रह्लाद लगायतका नाटकहरू गरे । सुरुवाती दिनमा उनले रेडियो सगर माथा मा लामो समयसम्म बालकार्यक्रम पनि चलाए । होटल बज्रस् िथत स्टुडियो सेभेनका अङ्गे्रजी नाटक मिलारेपा, पञ्चतन्त्र र महाभारत मा पनि अभिनय गर्न भ्याए ।

सहदेवलाई अमेरकिामा रहँदा त्यहाँ पलायन भएका धेरैजसो नेपाली कलाकारहरूले नेपालबाट थिएटर पढ्न आएको भनेपछि अनौठो मान्छन् रे ! भन्छन्, "धेरैजसो मलाई थिएटर छोडेर कमाउनतिर लाग पनि भन्छन् । तर, उनीहरूलाई आफ्नो उद्देश्य पैसा कमाउनुभन्दा पनि विभिन्न ठाउँहरूमा रङ्गमञ्चसम्बन्धी कामहरू ख्ाोज्नु हो भन्दा चकित पर्छन् ।"






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham

Creative Commons License
Sahadev's Creation by Sahadev Poudel is licensed under a Creative Commons Attribution-Noncommercial-No Derivative Works 3.0 United States License.