भावहरु
भावहरु
देशको एक चर्चित फोटो पत्रकारलेआफ्नो एकल पोटो प्रदर्शनिको आयोजना गरेछन शिर्षक थियो "भावहरु"।जसमा दु:ख,पिडा र अभाबमा छट्पटाएका बिभिन्न दीन दु:खी व्यक्तित्वहरुका अनुहारनै फोटो बनेको थीयो।फोटो को मुल्य ५ हजार भन्दा माथि थियो।
मोतिलाल सडकमा भारि बोकेर कमाई खाने मान्छे हो। उसलाि कसैले सुनाइदियो" सुनिस् मोतिलाल तेरो फोटो त फलानो ठाउमा झुण्डाएर राखहेको छ रे,१०हाजर पर्छ रे तेरो फोटोको"उसलाि थाहा थिएन कसैले उसको फोटो खिचेको छन् भनेर।फेरि सोच्यो म जस्ता झुत्रे झाम्रे को फोटोको मोल १० हजार!!!उसलाइ कताकता डर लाग्यो,जिन्दगिमा पोटो खिचेको सम्झना छैन
नागरिकता बनाउन बाहेक ।मेरो फोटो कस्ले खिच्यो?किन खिच्यो कतै केहि अनर्थ पो हुन लाग्या हो कि भन्दै सोध्दै खोज्दै प्रदर्शनि स्थल पुग्यो।ढोकैमा बसेको पाले ले भित्र जान पाउदैनस् जा,,,, ,,,, भनेर हप्कायो।मोतिलाल भन्दै थियो"भित्र मेरो फोटो छ रे तेहि हेरौ भनेर आ‘को! "ल ल जान पाउदैनस् फेरि हेरेर के गर्छस्?किनने होइन क्यारे!टिकट काट्न सक्छस??टिकक पैसा सुनेर उ थचक्क भुइमा बस्यो।आफ्नो फोटो पनि हेर्न पाइएन भनेर उसलाई कस्तो कस्तो लागि रहयो
भित्र प्रदर्शनि भब्य चलिरहेको थियो।हरेक को हातमा र;गि च‘गी पेय पदार्थ थियो।धेरैजसो चाहि त्यहि फोटोको प्रश‘शा गर्दै थिय जसमा मोतिलालको भाव थियो।एकजना बिदेशि पाहुना फोटो पत्रकारलाई स्याबासि दिदै उसको कलाको प्रशशा गर्दै उक्त फोटो तुरुन्तै किन्यो।प्रत्रकार खुशिहुदै बिदेशि पाहुना लाई बिदा गर्न बाहिर निस्कयो।चौरमा थच्रक्क बसेको मोतिलाललाई पत्रकारले देखेर तुरुन्तै उसको अर्को फोटो खिचि हाल्यो।पत्रकार खुशि हुदै ल्याब भित्र छिरयो,मोतिलाल थकित हुदै आफ्नो बाटो लाग्यो।
सहदेव
