सहदेव र श्रृजना ~World of Words by Sahadev~

August 27, 2006

सुक बहादुर

Filed under: Story

सुक बहादुर SLC पास भए पनि कलेज पढ्न सकेन आर्थिक अबस्थाले गर्दा। ।२, बर्ष गाउघरमै खेतिकिसानी गर्नथाळयो।जागिर पाउन गार्हो

रिष्ट पुस्ट खाइळागदो शरिर।आखिरमाशुक बहादुरले  पुलिसमै जागिर खाने निधो गरयो।देशको सेबा पनि भन्न पाइने  जागिर पानि खान पाइने!भबिष्य राम्रो।

।शुक बहादुर छानियो परहरि जबान को लागि।बुढा का बा आमालाई उसलाई पनि डर थियो माओवादि को फन्दा मा परिएलाकि भन्नेतर धन्न तेसतो भएन॥जागिर पक्का भएपछि बीबाह गर्ने सुर कस्यो तेहिसाल बिहे पनि भयो।बिबाह पछि  नियुक्ति पायो काठमानडूमा।भरखर भित्राएकी दुलहि बोकेर शुक बाहदु हानियो काठमानडू।महगो शहर सागुरो डेरा दिन कट्दै गयो गारो सारो! शुक बहादुर को मुख्य काम बडेमान को लौरो बोक्नु ,हेल्मेट लगाएर आन्दोलनकारीलाई जतिसक्दो पिट्नु तितर बितर पार्नु।थरि थरि को आन्दोलन को ढुगा मुढा खा;को अनुभब शुक बहादुरलाई।आज भोलि पेट्रोलियम पदार्थ को मुल्य बडेको बिरुद्दमा घनघोर आन्दोलन चलिराछ।शहराशुकबहादुर  लाई सास्ति आजभोलि।धेरैलाई पिट्यो शुक बहादुरले यसपालि॥तर आजउसको  दुर्भाग्य कुनै  बिद्याथिनेताले हानेको डुगाले शुक बहादुरको आखामा चोट लाग्यो रगत को धारा बगाउदै भीड बाट अलग पारियो शुक बहादुरलाइ!

साझ घर फिर्ने बेला सम्म रगत बगिरहेको थियो।डेरामा स्वास्नि मट्टितेलको जर्किन बोकेर शुक बहादुरको बाटो हेर्दै थिइन।"मट्टितेलको भाऊ बढेछ,भन्ने बिती्कै पनि पाइन्न रे, पैसा पनि छैन के गर्ने हो भन्दै शुक बहादुरको चोट सुमसुमाउदै  गुनासो पोखन थालिन् शुक बहादुर भन्दैथियो एक दुई दिन बाटो हेरौ ,आन्दोलन चर्किरा  भाउ घटि पो हालछ् कि?!

शुक बहादुरकि बुढिलेजर्किन भुईमा राखेर  शुक बहादुरलाई  काख मा राखेर सुम्सुमाउन  थालिन्।

 

सहदेब

Comments »

The URI to TrackBack this entry is: http://eworld.blogsome.com/2006/08/27/p24/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham

Creative Commons License
Sahadev's Creation by Sahadev Poudel is licensed under a Creative Commons Attribution-Noncommercial-No Derivative Works 3.0 United States License.