सहदेव र श्रृजना ~World of Words by Sahadev~

September 30, 2006

रगत The Blood

Filed under: Poem

म रातो रगत… म तातो रगत्,
म नुनीलो रगत ..म गुनीलो रगत
हिड्दा हिड्दै बाटोमा तिमी लड्दा
म बग्ने थोरै  रगत
काडा बिज्दा तिमीलाई चसक्क दुख्ने  रगत्,
घाउ बाट बग्ने म बिषादी रगत्,
म तिमीबाट अनेकौ बाहानामा  बारम्बार बगिरहने रगत

म रातो रगत म तातो रगत्,
म नुनीलो रगत म गुनीलो रगत
म तिमी भित्र भित्र दौडिरहने चन्चल रगत
हत्याराहरुले हत्या गरे पछी तिमीबाट सदा सदा को लागि बिदा हुने म रगत
म युध्दबाट देश देश  बग्ने रगत
धर्मंको नाममा  मन्दिर र मस्जिदमा चढाईने म  रगत 
 आजभोलि म आशु भन्दा पनि  धेरै बगेको
म मान्छे ले नचुस्ने तर अनाहक बगाउँन खोज्ने रगत

My Mistakes…मेरा गल्तीहर

Filed under: Poem

म जन्मनु मेरो पहीलो गल्ती थियो,
जन्मनुको भुलमा निकै बेर रोए
शब्द बिहीन बोली बोलन खोज्नु अनी घर्सीदै घर्सीदै आगडी बड्न खोज्नु मेरो अर्को गल्ती थियो
बिस्तारै बिस्तारै टुकुर टुकुर हिंड्न खोज्ने गल्ती गरे,
बोली र शब्दहरु सिक्ने गल्ती गरे,
बिनकारण हास्ने र रुने गल्ती गरे,
म हुर्कनुनै मेरो गल्ती भो
आमाको काख बाट छुटीएर स्कूल जानु,पढ्नु,
म अगाडि बड्न खोज्न्नु,ज्ञानी हुनु,अनुशासित हुनु,मेरो गल्ती हरु हुन
योवन को सपना बनाउनु,केही बन्छु भन्नु,मैले मेरो देश को लागि केही गर्छु भन्नु मेर अनगिन्ती गल्ती हरु हुन्,
गल्ती नै गल्ती हरुमा मैले कसैलाई प्रेम गर्नु
फेरी अनेक अनेक सपना बनाउनु,बाँच्न को लागि संघर्श गर्नु,आमा बा को सपना लाई बोक्नु, ओ हो अरु गल्तिहरु गरे मैले!
मैले जिम्बेबारी वहँन गर्नु,राम्रो मान्छे बन्ने, भबिस्य उजव्ल देख्नुनै मेरो गल्ती हरु थपिनु थियो,
विवाह गर्नु मेरो अर्को गल्ती भयो,सानो संसार बनाउन खोज्नु
मेरी उनी गर्ववती हुनु आर्को गल्ती भयो!
यती खेर मलाई लाग्यो
यो जिन्दगी नै भुल् हो
सधै फुलेको जस्तो लग्ने तर कहेलै नफकृने फुल् हो सधैं रित्तो खल्ती जस्तो जिन्दगी एएउटा गल्ती भयो!

मेरो गल्ती को शीर्न्खला जारी छ!






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham

Creative Commons License
Sahadev's Creation by Sahadev Poudel is licensed under a Creative Commons Attribution-Noncommercial-No Derivative Works 3.0 United States License.