कबिता ~सहदेव पौडेल
काठमान्डू नगरी
यहा छन देबी देबता,मान्छे अनी मान्छे भीत्रका अ मान्छेहरु,
मुर्ती मन्दीर् अनी मुर्ती भित्रका अ मुर्तीहरु,
र मुर्ती बेचेर फुर्ती लाउने र देबतालाई सुर्ती जसरी चुस्नेहरु!,
यो नगरीमा थरी थरीका खेला हुन्छ,जाल झेल हुन्छ,
जाल झेल गर्नेलाइ न जेल नेल हुन्छ,
लुकामारी जस्तो राजनीतीमा बीमेल हुन्छ!
यो नगरीमा ठमेल छ,अशन छ
भीड,भाडमा ठेलम ठेल छ,
अधीकारको लागी यहा अनशन छ
शिहको दरबार छ,बादरको राज छ
धुलो, मैलो, सफा चकीलो कार छ,
तेसैको लागी मारा मार छ,
तै पनी सब बेकार छ!
आकशे पुल छ,राजनीती को तुल छ,
आडम्बरको झुल छ,सबैको मनमा शुल छ,
लोभ को र्याल छ,न कसैको ख्याल छ
माया प्रेममा गम्भीर चाल छ!
सुकेका पानी पोखरीहरुको आफ्नै ताल छ,
सवारी साधनको न सुरताल् छ,
जसलाई सोधे पनी हाल बेहाल छ,
काठमान्डु शहरमा मान्छेको कोलाहाल छ!
सड़क सुतेको छ..
लाज नभएकाहरुको शीर न त झुकेको छ!
बिदेशी पनले डसेको छ ..सपनाका ब्यापार गर्नेहरुले चुसेको छ.
बिचरी काठमांडू नगरीको आँखा भित्र पसेको छ !
यो नगरीमा हरेक ब्यापार आपार छ,
एक अर्काको झपार छ,छुरा र कुरा बराबर हानाहन छ,
न शान छ,न मान छ, बडेमान को गणेस्थान छ,
न धर्म छ,न छ साथ कसैको!
निधारमा पशुपतीनाथको धुलो छ,
माथी माथी पुग्ने यहा राजनीति कै ठुलो दुलो छ,
मिहेनत यहा अमिलो छ,चोरी चकारी गुनिलो छ,
धान मकैको भकारीमा भोक मरी छ,
अलकापुरी कान्तीपुरी नगरीको थुप्रै जरा र लहरा छ,
सोझा साझा माथी पुग्नै नसक्ने पहरा छ,
टेक्नै नस्कने काडा छ,उकलनै नसक्ने डाडा छ,
हिमाल पहाड़ तराई बेहाल छ,
तर,
नेपाल सधै सधै सीतल छ,
पबित्र छ,मीत्र छ,
नेपाल सधै म भित्र छ,
जय नेपाल!