दोहरी गीत
by Sahadev Poudel
केटा:बिदेशमा भेट भो नेपालकी छोरी
आफनै जस्तो लाग्यो मलाइ गासौ न मायाको डोरी
के छ बिचार?
अमेरीकामानै बसाऔ घरबार.
केटी: बिदेशमा भेट भो नेपालको छोरा
नजानिकनै माया गास्दा चुडी जाने डर
छैन बिचार,
दुई चार सालमा नेपाल फर्की बसाऔ घरबार
केटा:पाहाड जस्तो मन तिम्रो हिमाल जस्तो छाती
मेरो सन्सारमा आए कत्ति हुन्थ्यो जाती
के छ बिचार?
अमेरीकामानै बसाऔ घरबार
केटी:झरना जस्तो रैछ तिम्रो चन्चल मन
पाहाडमा जन्मेकी हु,डुलेकि छु बन
दुई चार सालमा नेपाल फर्की बसाऔ घरबार
केटा:डाडा पाखा दौडेको छु अझै बिझि रा’छ काडा
शहरमै हराये अब सक्दिन जान टाढा
के छ बिचार?
अमेरीकामानै बसाऔ घरबार
केटी:सात समुन्द्र तरि आए पराइको गाउ
नेपालीपन् रै’छ तपै मा के पर्यो त नाम
छैन बिचार,
दुई, चार सालमा नेपाल फर्की बसाऔ घरबार
केटा:नाम मेरो देब हो भन्छन डेबिड
नेपाल फर्के भने त सक्दिन चढ्न चुरे पाहाड
के छ बिचार?
अमेरीकामानै बसाऔ घरबार
केटी:भर्खरै हो आएकी हेर्नुछ शहर
मलाइ पनि गाउ फर्कने त छैन रहर
छैन बिचार,
दुई चार सालमा नेपाल फर्की बसाऔ घरबार
केटा:दु:ख,सुख,काम दाम रमाइलोनै हुन्छ
आफ्नालाइ सम्झ्यो भने मन तेसै दुख्छ
के छ बिचार?
अमेरीकामानै बसाऔ घरबार
केटी:तीमी दिनु साथ मेरो,म दिन्छु तिमिलाइ
बिस्वास गर्छु आफ्नै सम्झी जुनी जुनीलाइ
के छ बिचार?
अमेरीकामानै बसाऔ घरबार
केटा:नेपाल कि छोरी तिमी,म नेपाल को छोरा
सुख दु:ख बाडौला गनौला जुन तारा
के छ बिचार?
अमेरीकामानै बसाऔ घरबार
दुबै:आज हम्रो भेट भो
भाग्यको खेल हो
अमेरीका अ़ब हाम्रो कर्म थलो भो
हाम्रो बिचार
अमेरिकामा नै बसाउने घरबार