सहदेव र श्रृजना ~World of Words by Sahadev~

April 26, 2007

टुक्रिएका कबीताहरु

Filed under: Poem

टुक्रिएका कबीताहरु

रक्सी खाँदै कबीता लेख्ने मेरा साथी हरु हो सुन्
आज मैले कबितलाई रक्सी खुवाइदिए
कति गुनासो पोखी मलाई तिम्रा बारेमा
"हरेक साझ् तिमी पिऊथेउ रे र कबीतालाई सधैं सत्र बर्से तरुनी को रुपमा व्यबहार गर्थेउरे"
कबीता बिबस थीइरे कर्म् गर्नै पर्थ्यो।
आज हेर कबिता मात्तीएकी छे तेही सत्र बर्से तरुनी झै
र मलाई जिस्काइ रहीछे
म् कबीता मत्तीएको फाईदा उठाउँदै छु र
सोच्दै छु कबिताको होश् नहुन सक्छ 
म कबी न जो हु
मैले यही मौकामा कबितालाई जबरजस्ती गरे भने सन्तुस्टी पाउन सक्छु
कबिता:कहीले कबि मत्तीएर दु:ख् पाउछे
कहीले आँफै मत्तीएर् दु:ख् पाउछे

छुटीनु को पिडा त अङ्गुर लाई सोध
त्यो पनि अझै वाईन् पिउदै सोध,
"जुन् दिन देखि अङ्गुर आफ्नो हांगा बाट् छुट्टीएर्,
बाफिएर्,कमलो मन जस्तो शरीरलाई फुटाएर
नचिने झै गरी बोत्ल मा बस्यो"
महिनौ बर्शौ पछी तिमी वाईन् पिउछौ।
र अङ्गुरको पिडा सम्झदै आफ्नो पिडा विरसन्छौ।
छुट्टीएकाहरुले छुटीएकाहरुको पिडा बुझ्छ्न

कहिले कही सुर्योदय- सुर्यास्त जस्तो लाग्छ
चाराहरुको खोजीमा निस्केका चराहरु गुड फर्कीए जस्तो लाग्छ,
गैइ रहेछ न् कि फर्की रहेछ न्
म् ठ्मायाउन सक्दिन्
र सुर्य लाई हेरी बस्छु


तिमी आयौ,थाहानै नदीइ
सोचेउ तिमी म् भित्र छौ
तर पाइनौ अनी छुराले मेरो छातीलाई छिया छिया पारेउ
अझै खोजी रहेउ आफुलाई तर पाईनौ  अनी मेरो मुटुलाई टुक्रा टुक्रा पारेउ
तिमी ले बुझेनौ र मलाई तहस् नहस् पारेउ
सोधेको भ ए के हुन्थ्यो?
थाहा छ? मैले तिमीलाई मन भित्र सजाएको थिए  !
तर तिमीले मनभित्र खोजी गरेनौ

कस्तो माया लाइएछ्-नक्कली नोट् जस्तो
निधारको खोट् जस्तो
बर्षौ पुरानो कोट् जस्तो,
 कस्तो माया लाइएछ् 
   नदुखेको घाउमा मलम् पट्टी बाधे जस्तो
 -गुन्द्रुकलाई चुक् अमिलो हालेर साधे जस्तो
आफुले आँफैलाई जबरजस्ती बाधे जस्तो।
कस्तो माया लाइएछ्!

भन्छौ माया छैन
फक्री  रहेछ मेरो माया तिम्रो मायाको कुना बाट्- हेर् त
भन्छौ माया छैन
बोलिरहेछ मेरो माया तिम्रो आँखाको गहिराई बाट-सुन त
भन्छौ माया छैन्
देखिरहेछ मेरो माया तिम्रो छातीको बिचबाट- चिहाउ त
भन्छौ माया छैन
आई रहेछ मेरो माया तिम्रो सम्झनाको सागरबाट- छाम त
माया तिमी भित्रबाट् मलाई बोलाई रहेछ।
तिमी भन्छौ माया छैन!
 @सबै कबिता सहदेवको

April 12, 2007

शुभकामना

Filed under: Uncategorized

नया बर्षमा,
आओस आधिबेहरी खुशिको, उडाओस् दु:ख पीडा सबैको
उर्लोस् खोला नाला,गाओस गीत उमङगको
नया बर्षमा,
उभियोस् पाहड सुरछाको,रोकोस् युद्धको तीर
ठडीयोस् फेरि गर्बले,हामी नेपालीको शीर
नया बर्षमा,
अग्लियोस हिमाल सम्पनताको,देओस् सितलता शान्तीको,
फैलियोस् तराई छातीसरि,बाटो रोकोस् क्रान्तीको

नया बर्षमा,
गाओस् मनले भक्ति गीत सबै धर्म को,कामना गरोस् दिर्घायुको,
छानो बनि रहोस् नेपाल,काखमा खेलि  रहौ आमाको,
शुभकामना  सहदेब को!

April 11, 2007

“बर्षा”

Filed under: Story

कथा ~~बर्षा
सहदेव पौडेल

      मैले उनलाई पहिलो पटक देखेको हु वा उनले मलाई!सायद हामी दुबैको आखाको मिलन एकै पटक भएको हुनु पर्छ।ट्रेनबाट घर फर्कदै गर्दा एउटी सुन्दरी रुप,हशिली अनुहार थकीत देखिन्थ्यो।आखालाई यता उता डुलाउदै उनी बसिरहेकी थिइन।म सधै जसो उभिन मन पराउने बसे भने पनी कोही बुढा बुढी अशक्त चढे  उनीहरुलाई  आफ्नो सिट छडिदिन मलाई आनन्द   लाग्थ्यो। ।म "The inheritance Of Loss  " किताब हातमा बोकेर तेसैको कथामा हराइ रहेको थिए।उनलाई देखेपछी किताबका पन्नाहरु अगाडि बढ्न सकेन।आखाहरु लुकि लुकि उनीमाथी घुमिरहे।उनले कुन बेला कुन बेला मेरो किताबमा आखा डुलाइसकिछिन।अप्रत्यासित रुपमा आखा जुधे पछि म भित्र सपनाका बादलहरुले बिभिन्न रुप आकृती हरु बनाउन थाल्यो।म त्यो आकृतीलाई बिभिन्न रुपले कल्पना गर्न थाले। तेसपछीका थुप्रै दिन,हप्ता हरुमा मैले उनलाइ देखिन।धेरै दिन पछी ट्रेनबाट बाहिरिदै गर्दा मैले उनलाइ देखे।उनि अघि म पछि।स्टेसनबाट निस्कने बितिकै मेरो कोठाको ढोका म पुगिन्छ तर म आफ्नो ढोका तिर नलम्केर उनको ढोका खोज्न पछी लागे।उनको हिडाइ मन्द भयो सायद मेरो उपस्थिती उनले महसुस गरेको हुनु पर्छ।म अगाडी बढे उनि पछि।फर्केर हेर्छु त उनी आफ्नो घर को ढोका खोल्दै थीइन।म अलि कती अगाडि बढेर आफ्नै ढोका तिर फर्किए।सपनाका बादलहरु मडारिरहे। बसन्त ऋतुको सुरुवात भएपनी जाडो भागि सकेको थिएन,म हातमा किताब बोकेर ट्रेन कुरि रहेको थिए।एउती परिचित(परिचित यस् अर्थमा कि हाम्रो देखा देख भएको थियो २,३ पटक)अनुहार मुस्कुराउदै मेरो नजिकै रोकियो।मैले किताबबाट आखा हटाउदै चिने जाने झै गरि सोधे"सन्चै हुनुहुन्छ?"उनले मुस्कुराउदै भनिन"हजुर्"! अब मेरा आखाहरुले किताब भनदा पनि उनलाइ पढ्न थाल्यो।ओ होSS  मेरो सपनाको बादल घुमि रह्यो वरी परि।उनि नजिकै उभिरहिन!कुरा त सुरु गर्नै पर्यो मैले उनको टोपिको प्रसशा गरे।टोपि(Cap) त मलाई पनि मन पर्छ थरी थरी को-आफ्नो बारेमा धेरै बोल्ने नराम्रो बानिको सुरुवात गरे मैले।हाम्रो कुराकानीमा अबरोध खडा गर्दै ट्रैन आइपुग्यो।हसिली ,रशिली,मिजाशिली ओ हो हामी एउटै सिटमा बस्यौ।आखाको कालो चस्मा खोलेर मन उजेलो बनाए।किताबलाइ हातैमा घोप्टाए।कती राम्रो हासेर बोल्ने बानी।रमाइली! कुरा त साधारण शैली बाटनै सुरु भयो।किताब पढ्ने मेरो बानीको प्रशसा गरिन।धेरै अघि मैले पढेको कितब "The Inheritance  of Loss उनले याद गरेकी रहिछिन।हामी रमाइलो सहित्यको कुरा गर्दै एक अर्कालाई हेर्दै मुस्कुराई   रह्यौ ।म भने भित्र भित्र सपनाको संसारमा  बादलको घर बनाउदै रहे।मैले सोधे "हामीहरु एक अर्कोसङ परिचित छौ?"उनले भनिन "येसो २,३ पटक देखा देख भएको हो"।मैले जान्ने भएर आफ्नो नाम बताए"सागर"।आफुलाइ खोतल्ने बानीको दुरुपयोग गर्दै आफ्नो कुरा हरु सुनाउन थाले-उनलाइ आकर्षित गर्न।उनि आकर्सित पनि भैइन।उनको कुरा पनि सुने। मैले भने "आइतबार छुट्टि छ भने मेरो नाटक छ हेर्न आउनु नि!"ओ हो उनी त्यो सुनेर खुशि भइन  र भनिन"हुन्छ नि"!मैले नाटकको ब्रोस्चर दिए।उनले मेरो फोन न मागिन।साहित्य र कला प्रती आफ्नो रुचि रहेको बताइन।मलाइ मेरो सपना सकारै होला जस्तो लाग्यो!म भित्र भित्र नाचि सकेको थिए।उनले मुस्कुराउदै भनिन"म परिवार सहित आउछु श्रीमान  र छोरा लाई पनि लेराउछु" मैले अफ्ठेरो मान्दै केहि गुमाए जस्तो गरि "हुन्छ नि" भने।मेरो सपनाको बादल कालो भैसकेको थियो। धन्न छुटिने बेला भयो मैले उनको नाम सोधे उनले भनिन"बर्षा"।हामी छुट्टियौ।तेसपछि बाटा भरी मेरो सपनाको बादल "बर्षा"मा बदलियो र बर्शि रह्यो  अनि  म सागर झै बगि रहे।

April 4, 2007

सुन्दर् फुल्!

Filed under: Poem

जब काडै काडा को बिचमा गुलाब हासेको देख्छु लाग्छ

जिन्दगि कठोर भैकन कति सुन्दर् छ
जस्तो सुकै आबस्थामा पणि फुल्नुनै पर्छ

जब हिलो नै हिलो को बिचमा कमल नाचेको  देख्छु

लग्छ जिन्दगि को खुशि हरु हरेक कुन कुना म छन् आखा आखा म छन्

मुस्कुरायेको कमल ले के हिलो लाइ घृणा गर्ला र?

पाखा पखेरा मा  झुलि रहेको गुरास लाइ नै हेरु

सुन्दर् हावा को  झोका सङै खेलि रहन्छ

लाग्छ जिन्दगि एउटा  अप्ठेरो पाखा पखेरा हो

अनि हामि गुरास जस्तो सपना   देख्छौ

अनि पाखा पखेरा को माया रोज्छौ

जब लग्छ  म  हिलो हु या पाखा पखेरा वा काडा अनि  सपना लाग्छ सुन्दर् फुल्!

छमा पाउ

Filed under: Poem

 ~छमा पाउ ~

By Sahadev

आफ्नै ठानी तिमीलाई  मन भित्र सजाएछु
नजिक सम्झी तिमीलाई आँखा भित्र बसाएछु
गल्ती भयो छमा पाउ माया भनी बोलाएछु

सिरानीमा तिमीलाई राखी भुसुक्क निदाएछु
सपनीमा तिमीलाइ देखि बारम्बार बिउझेछु
गल्ती भयो छमा पाउ माया भनी बोलाएछु।

लगन गाठो जुर्ला भनि सिन्दुर् पोते मगाएछु
तिमीले साथ छोड़ी दिदा मैले संसार गुमाएछु
  गल्ति भयो क्षमा पाउ माया भनी बोलाएछु।

म गोरु! हामी गोरु!!

Filed under: Poem
म गोरु! हामी गोरु!!

फोन बास्छ घडी बास्छ
उजेलो हुन न्पाउदै कुखुरि काsss भनेजस्तो गर्छ!
बटुवाहरु टया टया टु टु कराउछन्,
आखा मिच्दै आन्ग तान्दै म जर्याक जुरुक उठ्छु
नुवाइ धुवाई गर्नु पर्यो भनि म धारा पन्धेरा तिर लाग्छु
म थाकेका गोरु गाई बाख्रा बाख्री पर्खि रहेको देख्छु
म गोरु खेतमा जान हतारिन्छु
घोडा जस्तो दौड्न्छु।
गधा जस्तो मेहनत गर्छु।अनि गोरु जस्तो थाक्छु!

बिहान यसो तातो पानी खोले खानु पर्यो भन्ठान्छु।।।।।
फेरि हतारिन्छु नारिनलाई जोतीनलाई
एकबिहानै म मेलोमा पुग्छु।।
हाइ हेल्लो गर्छु मन निराश भएपनि ओठका दुई छेउलाई बारम्बार तन्काउछु
ज्यानलाई सन्चै छ भन्छु।।।।
यता दौड्न्छु उउता दौडन्छु।।।।
म दाइगरिरहन्छु>>>>।>
घास्; सालद खन्छु।।।
पराल जस्तो चुइगम चपाउछु।

लुकिछिपि कुनाकाप्चामा जिउ बिसाउछु!!
लामो श्वास फेर्छु
फ़ेरी म दौडन्छु खेत जोत्छु।
घडी घुमे जस्तै घुमी रहन्छु!
साझको समयमा:

बिहान यसै सम्यमा घडि करायेथ्यो थियो कुखुरा बासे झै मलाई बिउझाएथ्यो

म अन्य गोरु सँग साँझ भन्दा ढिलो मध्यरात भन्दा अघि
लुखुर लुखुर गोठ तिर लम्कन्छु
यात्रा भरि म थाकेको गोरु गधाहरुलाई भेट्छु
लखतरान परेका हरुको दिन सम्झन्छु
म साढे झै बुरुक बुरुक उफ्रदै मातिइदै
म बाटामा देखेको गाई लाई हानि हाल्छु जस्तो गर्छु
म गोठ म पुग्छु।।।

गोठ मा म थाकेको आरु गोरु हरु को रमिता देख्छु।।
गोरु हरु गोरु हरुको जात्र पर्ब मा रमेएको देख्छु
म गोरु एकै छिन आज को ज्याला गन्छु।।
भोलि को घडी हेर्छु।।
एकै छिन देश बिदेशको रमिता हेर्छु साथीहरुको चर्तिकला पढछु।।।।
हेर्दा हेर्दै म भुसुक्क निदाउछु ।।
बारम्बार म झुकिन्छु कुखुरा बस्यो कि भनेर मेलो मा जान ढिलो भयो कि भनेर
म गोरु फेरि भुसुक्क निदौछु।।
थाहा नै नपाइ फेरि भोलि जोतीन तयार हुन्छु।।।।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham

Creative Commons License
Sahadev's Creation by Sahadev Poudel is licensed under a Creative Commons Attribution-Noncommercial-No Derivative Works 3.0 United States License.