सहदेव र श्रृजना ~World of Words by Sahadev~

May 13, 2007

तिमिलाइ समर्पणा

Filed under: Poem

नया बर्श को नया सब्द गर्छु तिमिलाइ समर्पणा,
मेरो माया को जिन्दगि हो  गर्छु तिमिलाइ अर्पणा,
आखा भरि तिमि नै  छौ  सपनामा तिम्रै दर्पणा,
नया बर्शको नया सब्द  गर्छु तिमिलाइ  समर्पणा

ज्योति बनि आएुउ तिमि मेरो अध्यारोमा,
मोति बनि बस तिमि मेरो ह्रदयमा,
मेरो नया जिन्दगि हो गर्छु तिमिलाइ अर्पणा,

नया बर्शको नया सब्द गर्छु तिमिलाइ समर्पणा,
माया प्रेम् सद् भाव् एस्तै नै हो जीबन को दर्शना,
आखा भरि तिमिनै छौ सपनामा तिम्रै दर्पणा,
नया बर्श को नया सब्द गर्छु तिमिलाइ समर्पणा,
 

May 9, 2007

आफ्नो भन्ने

Filed under: Poem

 आफ्नो भन्ने कोही भै दिए
सबै भन्दा ठुलो स्वर् ले बोलाउथे
आफ्नै सुन्दर् घरमा बसाउथे
जहाँ भए पनि खोजी लेराउथे


आफ्नो भन्ने कोही भै दिए

अन्ध् कार् मै भए पनि चिन्थे
लाखौं भिड् हरुमा खोज्थे
जहाँ भए पनि अन्गालोमा सजाउथे


आफ्नो भन्ने कोही भै दिए

डाडा पाखामा  खोज्थे
देश् बिदेश् नै डुल्थे
जहाँ भए पनि मेरै संसारमा बोलाउथे

आफ्नो भन्ने कोही भै दिए

आकाशका ताराहरुलाई सोध्थे
संसार सारा  खोज्थे
जहाँ भए पनि मायाको गीत सुनाउथे

आफ्नो भन्ने कोही भै दिए

रन् गी चन् ङि रङ बर्साउथे
धेरै धेरै माया गर्थे
एुटा सानो घर् बसाउथे

मनको कुरा

Filed under: Poem

 मनको कुरा
by Sahadev Poudel

मनको कुरा सुनाउन  आफै सङ बोल्छु आजभोली
के भयो कता दुख्यो आफैलाई सोध्छु घरिघरी!

दोबाटोमा  आफैलाई कुर्छु निकै बेर
आउने  कोही छैनन् भनी ले ‘को छैन पीर!

आफै सँग बोल्ने मेरो बानी परि  सक्यो
जीबनको फूलबारीबाट  पात झरी सक्यो!

मन को कुरा सुनाउन  आफै संग बोल्छु आजभोली
के भयो कता दुख्यो आफैलाई सोध्छु घरिघरी!

 

हरेक    रात  आफै आउछु  आफ्नै सपनीमा
कल्पनाका तस्वीर साची राखे आफ्नै सिरानिमा!

आज् आफै प्रीय बने आफनैका  माझ
यस्तो लाग्छ कहिले काही   बनी दिउकी साँझ !

मनको कुरा सुनाउन  आफै सँग बोल्छु आजभोलि
के भयो कता दुख्यो आफैलाई सोध्छु घरिघरी!!

हे मेरी मन कि रानी

Filed under: Poem

हे मेरी  मन कि रानी

तिमी  मेरी माया कि खानि

मन पराउन थाले मैले जानी नजानी

तिमी मेरी मन कि रानी

आ उ  लेखौ मिलिजुली मायाको कहाँनी

तिमी मेरो द्रिस्य हौ ,आखाको नानी

मन पराउन थाले मैले जानी नजानी

तिमी मेरी मन कि रानी

 

नहोस् हाम्रो माया आगो र पानी

जुनि जुनि सँगै  बिताउला हाम्रो जिन्दगानि

मन पराउन थाले मैले जानी नजानी

तिमी मेरी मन कि रानी

हे मेरी  मन कि रानी

कति मिठो तिम्रो बानी

मन पराउन थाले मैले जानी नजानी

झार् हु

Filed under: Poem

म   झार हु

पाखा  पर्बत  हु

 घन घोर जंगल हु

 फुंग  उड्ने  धुलो हु
म  गोठालो हु

म पसिना हु,
हातको ठेला हु

टन्टलापुर् घाम  हु
चिट चिट पशिना हु
 आशाको भारी को
भबिष्यको भकारी हु
भत्केको चौतारी हु..
म पट पट फुटेको खाली खुट्टा हु

धेरै ठाउँमा  टालेको  कपडा हु

म गाउ हु ,
म गाउले हु

घास् सेउला हु

फुंग  उड्ने धुलो माटो हु

खेतको हिलो हु
मनको अमिलो हु..
मनको काडा हु
मनको डडेलो हु.
म बास्तबमा  तिमी हु..
हो तिमी..हु

तिमीले बोलाउदा म नबोले

Filed under: Poem

तिमीले बोलाउदा म नबोले

तिम्रो मन् कत्ति  दुख्दो हो

तिमीले हेर्दा मैले नहेरे

तिम्रो आखा कत्ति रुदो हो

पर्खि बस्छौ  बाटो हेरि म

न् आउदा तिमी कत्ती आत्तिदो हो

 

तिमिले सम्झिदा मैले नसम्झे

तिम्रो आसा कति मर्दो हो

तिम्ले माया गरेको मैले नबुझे

तिम्रो भावना मा कत्ति चोट् पर्दो हो

पर्खि बस्छौ बाटो हेरि म

न् आ उदा तिमी कती आत्तिदो हो

 

तिमिले मन् मा सजाउदा म नबसे

तिमी कत्ति निराश् हुदो हो

तिमिले सन्सार् दिदा मैले नलिए

तिम्ले साथ् छोड् दो हो

पर्खि बस्छौ  बाटो हेरि म

न् आ उदा तिमी कती आत्तिदो हो

भन किन

Filed under: Poem

भन किन पछि लाग्यौ
उडाई लाने हुरिको
नजिक किन हुन खोज्छौ
बढी जाने दुरिको
भन किन पर्खि बस्छौ
नफर्किने निस्ठुरिको
दुबो किन बिछाइ दिन्छौ
 ओई लाई जाने साटोमा
 मल जल किन छर्छौ खडेरी यो  माटोमा !
भन किन हासी दिन्छौ
रुआही जाने सँग
आफ्नै जस्तो किन बन्छौ
पराही हुने सँग 

May 8, 2007

तिमीलाई

Filed under: Poem

मैले भन्दा फुल् ले तिमीलाई धेरै माया गर्दओ रै’छ,
चन्द्रमा ले तिमीलाई हरेक् साझ् चुम्दो रै’छे
तर मेरो मन सधैं तिम्रै वारीपरी घुम्दो रै’छ!

मैले भन्दा जुन् ले तिमीलाई अङगलो हाल्दो रै’छ,
सपना ले हरेक् साझ् तिमीलाई भेट्दो रै’छ,
तर मेरो मन सधैं तिम्रै वारीपरी घुम्दो रै’छ!

मैले भ्न्दा ताराले तिमीलाई हेरी बस्दो रै’छ,
सीतले हरेक् साझ् तिम्रो सट्टा आफ्नो आशु झार्दो रै’छ,
तर मेरो मन सधैं तिम्रै वारीपरी घुम्दो रै’छ!

मैले भ्न्दा साराले तिमीलाई बुझ्दो रै’छ
संसारले हरेक् साझ् आफ्नो खुशी दिदो रै’छ,
 तर मेरो मन सधैं तिम्रै वारीपरी घुम्दो रै’छ!

मैले भन्दा कबिताले तिमीलाई पढ्दो रै छ
कथाले हरेक् साझ् आफो बेथा भन्दो रै’छ
 तर मेरो मन सधैं तिम्रै वारीपरी घुम्दो रै’छ!

मैले भन्दा ढुक् ढुकिले तिमीलाई खोज्दो रै’छ,
छातीले हरेक् साझ् तिमीलाई आफ्नो  नजिक् खोज्दो रै’छ,
तर मेरो मन सधैं तिम्रै वारीपरी घुम्दो रै’छ!

मैले भन्दा आकाशले मन को कुरा खोल्दो रै’छ
सुर्यले तिमीलाई हरेक् साझ् सितलता दिदो रै’छ,
तर मेरो मन सधैं तिम्रै वारीपरी घुम्दो रै’छ!

म भित्र को म ले भ् न्दा तिमीभित्रको म ले आफ्नो जस्तो ठान्दो रै’छ,
आँखाले तिमीलाई हरेक् साझ् अन्धेरी मा खोज्दो रै’छ
तर मेरो मन सधैं वारी तिम्रै वारीपरी घुम्दो रै’छ,






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham

Creative Commons License
Sahadev's Creation by Sahadev Poudel is licensed under a Creative Commons Attribution-Noncommercial-No Derivative Works 3.0 United States License.