सहदेव र श्रृजना ~World of Words by Sahadev~

July 29, 2007

तिमी नभए र के भो र?

Filed under: Poem

तिमी आइनौ त के भो र?
तारा आए हुल बाधी
चन्द्रमा आइन माया साची
सपना बसिन साथ मेरो निधार मा रुमाल राखी

तिमीले बोलाइनौ त के भो र?
चरा चुरुङी ले चिर वीर गर्दै बिउझाए
बगैचाको फुलले मधुर सुबाश  पठाए
उजेलो प्रकाश छिर्यो कोठामा  मलाई नयाँ शक्ती थापाए

तिमीले सम्झिनौ त के भो र?
बटुवा हरुले चासो राखे
पराइहरुले आफ्नो ठाने
मायाको कोशेली बोकी मेरो दिर्घायु को कामना गरे

तिमीले गरिनौ त के भो र?

के भो के भो

Filed under: Poem

आज भोली खोइ किन हो अली बढी पिउन थाल्या छु
झुस झुसे छोटो छोटो दारी पाल्या छु
 दु:ख पर्या छ भनौ भने  एक्लै हास्या छु
तिमी गए देखी म त तेसै तेसै टोलाउन लाग्या छु

आज भोली  खोइ किन हो रात को निन्द्रा हरा’को छ,
भ’को एउटा मन पनि तेसै तेसै डरा’को छ
चोट लाग्या छ भनौ भने आफै मन बोले’को छ
तिमी गए देखी मेरा अँखा तेसै तेसै भिझे’को छ

आजभोलि खोइ किन हो पुग्नु नपर्ने  ठाउमा पुगेको छु
भिड देखी जानी   नजानी लुकेको छु
खान पिउन छाडेरै होला  अली अली सुकेको छु
तिमी गए देखी म त संसार सँग पुरै झुकेको छु

कस्ती भै’छौ तिमी त

Filed under: Poem

 कस्ती भै’छौ तिमी त
सहदेव पौडेल

कस्ती भै’छौ तिमी त,
फुङ उडेको धुलो जस्ती,
बर्षौ देखी सुकेको कुलो जस्ती,
सुकिलो मन थियो तिम्रो,
भै’छौ तिमी धमिलो जुन जस्ती

कस्ती  भै’छौ  तिमी त
रसरङ हराएको रोधी घर जस्ती
स्याहर सम्भार  नभएको मुलघर  जस्ती
उजेलो अनुहार थियो तिम्रो,
भै’छौ तिमी सुनसान    बगर जस्ती

कस्ती भै’छौ तिमी त
संगीत हराएको तानपुरा जस्ती
नदी बिनाको किनारा जस्ती,
निश्चल जिबन थियो तिम्रो,
 भै’छौ तिमी अन्धेरी रात जस्ती

July 5, 2007

फेरी घरको याद आयो

Filed under: Poem

फेरी घर को याद आयो

काठे पुल तर्दै धुलौटे माटो मा खेल्न मन लाग्यो
घासे चौर मा उफ्रदै बगर् बगर् दौडन मन लाग्यो
फुल्दै   गएको मेरी  आमा को कालो कपाल केलाउन मन लाग्यो
यसपटक फेरि घर को याद आयो

बाक्लिदै गएको मेरो गाउ ,पातलीदै गएको परिवार भेट्न मन लाग्यो 
एकै छिन घर गोठ को स्याहर सम्भार् गर्न मन लाग्यो
कमजोर बन्दै गएको मेरा बा को आखा को दीर्श्य बन्न मन लाग्यो
यसपटक फेरि घर को याद आयो

उकाली ओराली चड्दै बनको काडा बिझाउन मन लाग्यो
को हो को हो गर्दै गीत गाउने कोएली चरी लाइ जिस्काउन मन लाग्यो
छाना भरि रमाएका परेवालाइ भुर्‍र् उडाउन मन लाग्यो 
यस पटक फेरि  घर को याद आयो

पीर्कामा बसेर मीलीजुली तातो भात खान मन लाग्यो
गाइ बाख्रा को म्या म्या बा बा सुन्न मन लाग्यो
फैलिदै गयेको शान्ती र बाटो हेरि बसेका लाइ भेट्न मन लग्यो
यस पटक फेरी घर को याद आयो,

हात खुट्टा हिलो मैलो बनाउन मन लाग्यो
अलीकती पसीना मेरै माटो मा चुहाउन मन लाग्यो
एकै छिन भए पनि मेरै गीतमा नाच्न मान लग्यो,
यस पटक फेरि घर को याद आयो

आज कसैको मेलो मा जान मन लाग्यो
पालाको पैचो तीर्न मन लाग्यो
पर्खी बसेकी मेरीउनी लाइ पछाडि बाट आखा छोपन मन लाग्यो
बिर्सदै गएका हरुलाइ सम्झदै गाउ पुग्न मन लाग्यो
छुन मन लाग्यो,
पसिनाले निधार धुन मन लाग्यो,
जुन सगै एकै छीन खेल्न मन लाग्यो
यस पटक फेरी घरको याद आयो

By Sahadev Poudel






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham

Creative Commons License
Sahadev's Creation by Sahadev Poudel is licensed under a Creative Commons Attribution-Noncommercial-No Derivative Works 3.0 United States License.