कस्ती भै’छौ तिमी त
कस्ती भै’छौ तिमी त
सहदेव पौडेल
कस्ती भै’छौ तिमी त,
फुङ उडेको धुलो जस्ती,
बर्षौ देखी सुकेको कुलो जस्ती,
सुकिलो मन थियो तिम्रो,
भै’छौ तिमी धमिलो जुन जस्ती
कस्ती भै’छौ तिमी त
रसरङ हराएको रोधी घर जस्ती
स्याहर सम्भार नभएको मुलघर जस्ती
उजेलो अनुहार थियो तिम्रो,
भै’छौ तिमी सुनसान बगर जस्ती
कस्ती भै’छौ तिमी त
संगीत हराएको तानपुरा जस्ती
नदी बिनाको किनारा जस्ती,
निश्चल जिबन थियो तिम्रो,
भै’छौ तिमी अन्धेरी रात जस्ती
