के भो के भो
आज भोली खोइ किन हो अली बढी पिउन थाल्या छु
झुस झुसे छोटो छोटो दारी पाल्या छु
दु:ख पर्या छ भनौ भने एक्लै हास्या छु
तिमी गए देखी म त तेसै तेसै टोलाउन लाग्या छु
आज भोली खोइ किन हो रात को निन्द्रा हरा’को छ,
भ’को एउटा मन पनि तेसै तेसै डरा’को छ
चोट लाग्या छ भनौ भने आफै मन बोले’को छ
तिमी गए देखी मेरा अँखा तेसै तेसै भिझे’को छ
आजभोलि खोइ किन हो पुग्नु नपर्ने ठाउमा पुगेको छु
भिड देखी जानी नजानी लुकेको छु
खान पिउन छाडेरै होला अली अली सुकेको छु
तिमी गए देखी म त संसार सँग पुरै झुकेको छु
