तिमी नभए र के भो र?
तिमी आइनौ त के भो र?
तारा आए हुल बाधी
चन्द्रमा आइन माया साची
सपना बसिन साथ मेरो निधार मा रुमाल राखी
तिमीले बोलाइनौ त के भो र?
चरा चुरुङी ले चिर वीर गर्दै बिउझाए
बगैचाको फुलले मधुर सुबाश पठाए
उजेलो प्रकाश छिर्यो कोठामा मलाई नयाँ शक्ती थापाए
तिमीले सम्झिनौ त के भो र?
बटुवा हरुले चासो राखे
पराइहरुले आफ्नो ठाने
मायाको कोशेली बोकी मेरो दिर्घायु को कामना गरे
तिमीले गरिनौ त के भो र?
