बोल
तीम्रो ढोकामा उभीएको छु
मुटू दुक दुक गरीरहेछ
सुनेकी छौ भने —बोल
तीम्रो आंखामा छाएको छु
मन फर्फराई रहेछ
बुझेकी छौ भने —बोल
तीम्रो संसार मा देखीएको छु
शरीर हड्बड़ाई रहेछ
संझेकी छौ भने ….बोल
तीम्रो मुटुको किनारा मा कुरेको छु
ओठ ल्र्बराई रहेछ
अन्गालेकी छौ भने —बोल
