ख्याल
ख्याल
श्रिन्गार बीनै राम्री छौ किन लाउछौ गाज़ल ?
मातीन सक्छ जोबन ….ख्याल गारी सम्हाल
बिझ्ला है कांडा जथाभाबी खुट्टा नचाल
श्रिन्गार बीनै राम्री छौ………
न नाचेकै राम्री छौ किन मर्काउछौ कम्मर ?
लाग्न सक्छ दुनियाको कर्के नजर
लडौली है बिचमै जथाभाबी आंख नछर
न नाचेकै राम्री छौ……………
मुस्कान बीनै राम्री छौ किन निकाल्छौ हासो?
नजिक हुन सक्छ्न जुकाहरु बड्न सक्छ चासो
रुनु पर्ला है जीबनमा होला गला पासो
मुस्कान बीनै राम्री छौ………
