सहदेव र श्रृजना ~World of Words by Sahadev~

June 26, 2008

म त छदै छु नि,

Filed under: Poem

म त छदै छु नि,


आफ्नो ख्याल  गर्नु तिमी
आफ्नो बाटो रोज्नु
लडेउ भने कही कतै
आफ्नै उठ्न सिक्नु
"दुख्यो भने तिमीलाई  ….अइयाss  भन्ने म त छदै छु नि,"

आफ्नो खुशी गर्नु तिमी
आफ्नो हासो हास्नु
रोयौ भने कहिले कही
आँशु नलुकाउनु
"आँशु झरे आँखा बाट …पुछी दिने म त छ्दै छु नि,"

आफ्नो मान्छे रोज्नु तिमी
आफ्नो संसार खोज्नु
धोका भए कही कतै
आफै सम्हालिनु
"दुख  पायौ जिन्दगी  भने…..आफ्नै ठान्ने म त छदै छु नि,"

बिर्सेउ भने मलाई तिमी
चित्त नदुखाउनु
झझल्कोमा आए भने एकान्तमा बस्नु..
यादहरु हराए खोजी नहिड्नु
"तिमीले बिर्सी गए पनि ….मनमा राख्ने म त छदै छु नि,"

 

June 1, 2008

जराहरू

Filed under: Poem

जराहरू


घर अगाडी एउटा बुढो रुख थियो-काटियो
यतिखेर रुख ढलेको छ
के के हराए जस्तो भएको छ
गुमाए जस्तो भएको छ
तर घरले छितिज  देखेको छ

हिजो  रुखहरूले झपक्क ढाकेका/थिचिएकाहरु  आज जुर्मुराएका  छन
बर्षौ बर्ष छेकिएको न्यानो घाम  आँगनमा ओर्लने  आशा जगाएका छन
सायद अब आँखाहरुले  पहाड़ कन्दरा सम्म देख्ने छन!

सीतलता र छाहरी भन्दै रुखको ओसमा बस्दा बस्दा 
रुखका जराहरूले घर,पर्खाल चिरा पारेको थाहै भएन  छ
आज बल्ल बल्ल एउटा बुढो रुख ढालिएको छ!
चौतारो बन्न नसकेको रुख काटिएको छ ,

अब,
भित्र भित्र  जकडीएका जराहरू निकाल्नु छ
जराहरूले चिरेका घरका भित्ता,पर्खाल र जगहरू
पुनर्निमाण गर्नु छ.
अब रुखहरुको ठाउँमा फूलहरु रोप्नु छ!

तर साबधान!!
बुढा रुखका जराहरू सुक्न नपाउदै मुडाहरुबाट टुसा पलाउन सक्छ
बुढा रुखहरुको  बिरोधमा  जन्मेका नया रुखहरूले ज़रा गाड़न सक्छ
र फेरी पनि सीतलता र छाहरीको भ्रममा उजेलो छेक्न सक्छ!!

त्यसैले..
घर अगाडी अब  कहिल्यै  रुख रोप्नु भएन
जराहरूले राज गर्न सक्छ…
चट्याङ पार्न सक्छ
जराहरू जमिनलाई सुहाउछ
जराहरूले देशलाई सुकाउछ
रुखले घरको सुन्दरता छेकाउछ

अब रुखको दुःख होइन फूलहरुको  सुख खोजौ
फूलहरूले कसैलाई दुखाउदैन
फूलहरुले कहिल्यै गहिरो जरा गाडदैन
फूलहरूले बगैचाका अन्य फूलहरुको बिरोध गर्दैन
तर …
के  तिमी फूल बनेर घरको शोभा बढाउन  सक्छौ?






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham

Creative Commons License
Sahadev's Creation by Sahadev Poudel is licensed under a Creative Commons Attribution-Noncommercial-No Derivative Works 3.0 United States License.