!!! सपना बिक्रिमा छ.!!!
!!!!सपना बिक्रीमा छ!!!
!!!!सपना बिक्रीमा छ!!!
संगै हुर्केको,
संगै बढेको,
धुलौटे माटोमा लड़ी बुडी खेलेको….मेरो सपनाले
सपनाको रुख चढ्यो …
जिन्दगीको दूख खप्यो
जवानीको जंघार तरयो !!
काडै काडा हिड़्नु पर्छ भन्दा सपनाले कहिल्यै नाई भनेन
लामो बाटो काटनु पर्छ भन्दा चौतारो खोजेन
भोकाउदा सपनाले मिठो मसिनो रोजेन
संगै हिडेको
मसंगै हुर्केको
सपनाले अक्षरहरु चिन्यो,
जीबनहरू बुझ्यो,
साथी संगीसंग "को भन्दा को कम" खेल्यो,
खेल्दा खेल्दै एक दिन म संगै गाउ छाड़ी शहर पसेको सपनाले
उकालो चढेन की…
ओरालो झरेन…
न दिन भन्यो न रात!
सपनाले कहिल्यै आँखा चिम्लेन
सुंदर फूलहरु जस्तो देखिने सपना..
सधै फक्रिन लागे जस्तो देखिन्थ्यो
उचाईमा टेकनै आटे जस्तो लाग्थ्यो,
गहिराई भेट्नै लागे जस्तो देखिन्थ्यो,
त्यहि उचाई र त्यहि गहिराई पछ्याउदा .. पछ्याउदा
मेरो सपनाले ठेस खाएन की
हरेश खाएन
एकदिन सागर तर्यो सपना…
देश छाड्यो सपना…
माया मार्यो सपना….
सगै हुर्केको….
सगै बढेको सपना
आज म भन्दा पनी ठुलो हुदै छ.
उचाई भन्दा माथि कहिल्यै उक्लेन पहाड़
गहिराई भन्दा कहिल्यै गहिरिएन सागर !
तर मेरो सपना दिन -रात चुलियो
डर छ अब सपना एकदिन आकासिएला र
म चुम्न नसकुला!
आफै संग हुर्केको
आफै संग खेलेको सपना पराई हुदै छ.
अब सपनाले मलाई न चिन्न पनी सक्छ!
मलाई आफ्नो न भन्न सक्छ!
त्यसैले यी सब हुनु अघिनै
म सपना बिक्री गर्न चाहन्छु,!
संगै कुलेसो तर्दै…धुलौटो खेल्दै…
खोल्सा खोल्सी … र पहाड़ कन्दरा काट्दै…
देशबाट टाढिएर महा- देश र महा- सागरको किनारामा स्वतंत्र उभिएको
ठुलो सपना म बिक्री गर्दै छु..
हो आज मेरो सपना बिक्रीमा छ.
सपना बिक्रीमा छ!!!
By @sahadev

dai jindagi ko sapana kahi katai bikkne chai na yeha sapana ka kheti garne haru tapai ko sapana lai pani dalali gari tukra tukra nabhayinjal samma moltol gari rakne chan,mann ko boli ra midho sabda ko lagi dhanyabad.
Comment by bal — December 17, 2008 @ 3:32 am