सहदेव र श्रृजना ~World of Words by Sahadev~

November 22, 2008

मेरो बिम्ब-मेरो प्रतिबिम्ब !

Filed under: Poem

मेरो बिम्ब-मेरो प्रतिबिम्ब !

ओ हो !
आज म के देख्दै छू!
मेरो बिम्ब-मेरो प्रतिबिम्ब !
दूर दर्शी मेरा आँखाहरु,
जस्तै कोलाहल र चिच्चाहट सुन्ने मेरा कानहरु,
संघर्षको मौसममा एक्लै पाहड चढेका मेरा पैतालाहरू,
दुख सुख चपाउने मेरा दातहरू,
भाग्यमानी भनिएका मेरा निधारहरू,
यौबनले भरिएका मेरा सुडौला पाखुराहरू
संसार जित्नु छ भन्ने मेरा बल र उत्साहहरू!
ओ हो !
आज यी सबै डाडापारिका घाम भएछन!
सपना पनि चाउरिएछ!
सम्झनाहरु पनि बिर्सिएछ!
साथहरु पनी छुटेछ!

हजारौका हात बनेको म,
मेरो साथ बनेको छ एउटा नीरस लौरो..
जो न सुन्छ…न बोल्छ..
तर म संगै बगि रहेछ!
कस्तो स्वार्थी भएछ संसार!
म अझै बाटो हेरी बस्छु
कान थापी सुन्छु
सायद कोही आउलान..र
जीबन रूपी लौरो बनी देलान!

धेरै उकाली ओराली गर्नु छ अझै..
मलाई त्यो डाडा परिको घाम हुनु छैन!
के तिमी सक्छौ मलाई मध्यदिनको  जोबन  दिन?
सायद सक्दैनौ होला!
सक्दैनौ भने के ही छैन ….
म डाडा परिको घामनै सही!
जुन दिन म अस्ताउला  ..
 हरेक साँझ  तारा बनेरै भएपनी
तिम्रो आकाशमाथि चम्की रहनेछु र
सकेको  उजेलो मेरो धर्तीमाथि फिजाईरहने छु..
फिजाईरहने छु…….

November 17, 2008

रुख र पातहरु

Filed under: Poem

रुख र पातहरु

जब म तिम्रा अन्तर कून्तरबाट
पालुवा बनि पलाए,
मुना बनी मुस्कुराए ,
र त तिमीले जीबन पायौ!

तिम्रो छाहरिमा बस्नेले तिम्रो गुणगान गाए,
थाक्नेहरूले पसीना सुकाए,
कबिहरूले कबिता गुनाए,
म थिए र त तिम्रो सुख थियो
हरियाली र खुसियाली थियो
झ्यांगिएको तिम्रो जोबन थियो!!

तिमीमा अलीकती मात्रै प्रेम भै’दिएको भए
अलीकती मात्रै  भावना भरिएको भए,
म यसरी हुरी बतास र झरिहरुको प्रभाबबाट तिमीसंग छुटिनु पर्दैन थियो,
तिम्रो अंगालोमा बिश्वास भै’दिएको भए
जस्तै बिपत्तिमा पनी तिम्रा अन्तर कुन्तर बाट सुसेल्दै म हाम्रो  लागी लड़ने थिए,
चराचुरुंगीलाई डाकने थिए
तिम्रा खस्रा मनहरुमा प्रेमको कोमलपन भै’दिएको भए
मसंगको बिछोड्मा तिम्रो मन रसाउनु पर्थ्यो!
तर मेरा दुख मै संग  रहे
मनको बह कसलाई कहे?!

तिम्रो प्रेमबिहीन बाहुमा मैले मेरा सारा  यौबनका पालुवाहरू सुकाए,
मेरा जीबनका सुस्केरा र सुशेलीहरू  सेलाए,
अहिले म प्रेमहीन  बिरंगी हुदै  तिमी बाट पत्र पत्र  अलग्गिदै छु!!
थाहा छ, म न हुदा तिमी पनी बेढंगी हुने छौ,
जिङ्रिग पर्ने छौ र जीबनहीन हुने छौ!

 देख्यौ त  , प्रेममा सद्दभाब    न हुदा कस्तो जीबन बाच्नु  पर्दों रहेछ!
@सहदेव






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham

Creative Commons License
Sahadev's Creation by Sahadev Poudel is licensed under a Creative Commons Attribution-Noncommercial-No Derivative Works 3.0 United States License.