रुख र पातहरु
रुख र पातहरु
जब म तिम्रा अन्तर कून्तरबाट
पालुवा बनि पलाए,
मुना बनी मुस्कुराए ,
र त तिमीले जीबन पायौ!
तिम्रो छाहरिमा बस्नेले तिम्रो गुणगान गाए,
थाक्नेहरूले पसीना सुकाए,
कबिहरूले कबिता गुनाए,
म थिए र त तिम्रो सुख थियो
हरियाली र खुसियाली थियो
झ्यांगिएको तिम्रो जोबन थियो!!
तिमीमा अलीकती मात्रै प्रेम भै’दिएको भए
अलीकती मात्रै भावना भरिएको भए,
म यसरी हुरी बतास र झरिहरुको प्रभाबबाट तिमीसंग छुटिनु पर्दैन थियो,
तिम्रो अंगालोमा बिश्वास भै’दिएको भए
जस्तै बिपत्तिमा पनी तिम्रा अन्तर कुन्तर बाट सुसेल्दै म हाम्रो लागी लड़ने थिए,
चराचुरुंगीलाई डाकने थिए
तिम्रा खस्रा मनहरुमा प्रेमको कोमलपन भै’दिएको भए
मसंगको बिछोड्मा तिम्रो मन रसाउनु पर्थ्यो!
तर मेरा दुख मै संग रहे
मनको बह कसलाई कहे?!
तिम्रो प्रेमबिहीन बाहुमा मैले मेरा सारा यौबनका पालुवाहरू सुकाए,
मेरा जीबनका सुस्केरा र सुशेलीहरू सेलाए,
अहिले म प्रेमहीन बिरंगी हुदै तिमी बाट पत्र पत्र अलग्गिदै छु!!
थाहा छ, म न हुदा तिमी पनी बेढंगी हुने छौ,
जिङ्रिग पर्ने छौ र जीबनहीन हुने छौ!
देख्यौ त , प्रेममा सद्दभाब न हुदा कस्तो जीबन बाच्नु पर्दों रहेछ!
@सहदेव
