कसरी?
कसरी?
तिमी हास्नु भन्छौ म हासु कसरी?
जीबनका गीतहरु म गाऊ कसरी?
एक्लै हिड़्दा हराउछु म जहिले पनि
भीड़हरुमा तिमीलाई खोजू कसरी?
दुख पीडा बिर्सनु भन्छौ म बिर्सु कसरी?
अँध्यारोमा आंशुहरु म लुकाऊ कसरी?
एक्लै हिड्दा हराउछु म जहिले पनि
भीड़हरुमा तिमीलाई खोजू कसरी?
जे हुन्छ राम्रै हुन्छ भन्छौ तर हुन्छ कसरी?
ख़ुशीहरु बसाई सरिसके फर्कन्छन कसरी?
एक्लै हिड्दा हराउछु म जहिले पनि
भीड़हरुमा तिमीलाई खोजू कसरी?
By Sahadev Poudel
http://www.nepaliradio.org
