म आउदै छु
By Sahadev Poudel
पर्ख, नेपाल आमा! म आउदै छु
थाहा छ तिमीले कुरेको धेरै भो,
औशीको रातमा हराएकी पनि बर्षौ भो,
कोही आउलानकि भनी बाटो हेरेकी उहेल्यै हो,
पर्ख म आउदै छु !
तिमीलाई पूर्ण चंद्रको उजेलो ल्याउदै छु
पाखा पखेरामा बिकास फुलाउने योजना बुंन्दै छु
तिम्रा बादलु निधारमा आशाको बिऊ उमार्दै छ
पर्ख अब म आउदै छु
गाउबेशिलाई जोड़ने पुलको समस्या सुल्झाउने छु
रोई बसेकी सबै आमालाई सुम्सुमाउने छु
ओइलाएकि फुलबारीलाइ गोड्मेलगरी बिउताउने छु
हो त्यसैले त भन्दै छु म नेपाल आउदै छु
मेरा जान बुझका अनुभव तिम्रो पखामा रोप्ने छु
पहाड़को ढ़ुन्गा माटोमा राम्रो नेपाल खोप्ने छु
बर्शौदेखी भुलेको तिम्रो काखमा रमाउदै
म तिम्रो आँखा वारी परी नाच्ने छु
लौ अब चिन्ता नगर म आउदै छु
बहिरा हेर त हो म …. उ त्यो चन्द्रमा झै
पूर्ण चन्द्र भएर तिम्रो अँधेरी रातलाई जुनेली बनाउदै
एता उता हराएका ताराहरुलाई आऊ है आउ है चम्क भन्दै
म नेपाल आउदै छु
