यो कस्तो प्रेम तिम्रो!
यो कस्तो प्रेम तिम्रो!
By Sahadev Poudel
हाम्रो मिलन असम्भब छैन भन्ने देखाउनतिमीले सेती संग मीत गासेछौ,
सेतीले तिमीलाई बादालू संग परिचय गराईछ,
बाद्लुले तिमीलाई आकाश संसारमा पुराईछ,
आकाशलाई तिमीले निर्धक्क संग हाम्रो प्रेम गाथा सुनाइछौ,
हाम्रो प्रेमगाथा सुनेर आकाश खुशिले गडगडाएछ,
आकाशले तिमीलाई म सम्म पुग्ने बाटो देखाई दिए पछि ,
तिमी हतारिदै हतारिदै ,
चर्को घामका किरणलाई पनि पन्छाउदै पन्छाउदै ,
मलाई भेट्न आई पुगेछौ.
म तिम्रो आगमनको खुशिले आज निथ्रुक्क भिजेको छु,
यो कस्तो प्रेम-बर्षा तिम्रो!
